25/09/2026
Animal Nepal को महत्वपूर्ण सूचना
लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण हाम्रो उद्धार तथा फिल्डमा खटिने क्षमतामा केही असर पर्न सक्छ। हाम्रो टोलीले सकेसम्म आकस्मिक अवस्थामा परेका पशुहरूको उद्धार तथा उपचारका लागि काम गरिरहनेछ, तर प्रभावित स्थानसम्म पुग्न केही ढिलाइ हुन सक्छ।
हाम्रो चोभार डग ट्रीटमेन्ट सेन्टर भने खुला रहनेछ र त्यहाँ रहेका पशुहरूको नियमित हेरचाह तथा सम्भव भएसम्म आकस्मिक उपचार जारी रहनेछ।
पशुको सुरक्षालाई ध्यानमा राख्दै यस अवधिमा तय गरिएका नियमित शल्यक्रियाहरू पनि केही समयका लागि स्थगित गरिनेछन्। मौसम र आवतजावतको अवस्था सुरक्षित भएपछि शल्यक्रिया पुनः सुरु गरिनेछ।
यसबीच, हामी सबैलाई आफ्नो वरपर रहेका समुदायका पशुहरूको विशेष ख्याल गर्न अनुरोध गर्दछौँ। सम्भव भए उनीहरूलाई पानीबाट सुरक्षित र सुख्खा ठाउँमा बस्ने व्यवस्था गर्नुहोस् र सफा पानी तथा खाना उपलब्ध गराउनुहोस्।
आफू पनि सुरक्षित रहनुहोस्, एकअर्काको ख्याल गर्नुहोस् र हाम्रो समुदायमा हामीमाथि निर्भर पशुहरूको पनि ख्याल राख्नुहोस्।
Due to the heavy rainfall and challenging weather conditions, our field response and rescue capabilities may be affected. Our team will continue responding to urgent cases as safely as possible, but there may be delays in reaching animals who need help.
Our Chobhar Dog Treatment Centre remains open and continues to provide care to animals already at the centre and receive urgent cases where possible.
For the safety of the animals, scheduled surgeries will also be postponed during this period. We will resume routine surgeries as soon as weather and access conditions are safe.
In the meantime, we ask everyone to please look out for community animals in your neighbourhood. If possible, provide them with a safe, dry place to shelter, along with clean drinking water and food.
Please stay safe, take care of one another, and keep an eye out for the animals who depend on our communities for care 🤍