08/09/2026
मिति २०८३ भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी, दुरसंचार क्षेत्रका विज्ञ, नेपाल टेलिकमका पुर्व प्रवन्धक यस ए.आइ.टी. एलुम्नाइ एसोसिएसन नेपाल परिवारका आत्मीय श्री विमल आचार्य (ए.आइ.टी १९९९) र उहाँकी पत्नी सुषमा अर्याल (आचार्य) को असामायिक निधन भएको खबरले समस्त ए.आइ.टी. एलुम्नाइ एसोसिएसन नेपाल परिवार अत्यन्त मर्माहित तथा स्तब्ध भएका छौं ।
यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै, शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षतिलाई सहन गर्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं ।
ए.आइ.टी. एलुम्नाइ एसोसिएसन नेपाल परिवार