26/06/2026
२९औं लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसमा आज गृह मन्त्रालय लागु औषध शाखा द्वारा सम्पन्न पुरस्कार वितरण र सम्मान कार्यक्रमा उत्कृष्ट कार्य सम्पादनको लागि पुरस्कार र सम्मान पत्र ग्रहण गर्दै यस संस्थाका संस्थापक अध्यक्ष श्री कुमार लामा ज्यु।
यस पुरस्कार र सम्मान को लागि गृह मन्त्रालय लागु औषध शाखा र जिल्ला प्रशाशन कार्यालय ललितपुरलाई विशेष धन्यवाद दिन चाहन्छौं।
पुनर्स्थापना केन्द्रहरुको छाता संगठन Fddr Nepal लाई पनि मार्गदर्शन,साथ,सहयोग र सुझावको लागि विशेष धन्यवाद दिन चाहन्छौं।
पुनर्स्थापना केन्द्रका संचालक साथीहरू,सहयोगी संस्थाहरु र यस संस्था कन्ट्रोल एडिक्सनका सबै सहकर्मीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छौं।
सहयोग र साथका लागि सधैं आभारी रहने छौं र आगामि दिनमा पनि साथ,सहयोग र सुझावको लागि अपेक्षा गर्दछौं।
कन्ट्रोल एडिक्सन परिवार।