22/07/2026
सत्प्रयास का संस्थापक सदस्य
स्वर्गीय रमिता राजभण्डारी ज्युको
श्रद्धाञ्जली सभामा उपस्थित भई
शोकाकुल परिवारलाई समवेदना प्रदान गर्दै
दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुहुने
सम्पूर्ण आफन्तजन, साथीहरु, शुभचिन्तक र
सहयोगी महानुभावहरुप्रति आभारी प्रक्ट गर्दौ सत्प्रयास परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
तपाईंहरुले देखाउनु भएको माया र साथले
हामीलाई यो दुःखको घडीमा ठुलो बल मिलेको छ।
**जानकारी:**
वहाँले जीवनभर देखाउनु भएको "सेवा नै धर्म हो"
भन्ने सन्देशलाई निरन्तरता दिन हामीले
**"स्व. रमिता स्मृति कोष"** स्थापना गरेका छौं।
**कोषको उद्देश्य:**
आर्थिक अवस्था कमजोर भएका
क्यान्सर पिडित महिला तथा बालबालिकालाई
उपचारमा आर्थिक सहयोग गर्ने।
कोषको प्रतिबद्धता:
पहिलो चरणमा १ जना क्यान्सर पिडित महिला तथा बालबालिकालाई
रु. 25,000/- सहयोग गर्ने।
तपाईंहरुको साथ र सहयोगले यो कोषले क्यान्सर महिला तथा बालबालिकाको उपचार गर्न राहत मिल्नेछ भने विश्वास लिएका छौं
जानकारी:
वहाँको स्मृतिमा "स्व. रमिता स्मृति कोष" स्थापना गरि यसैपालि क्यान्सर पिडित निर्मला ठकुरी गुरूङज्युलाई प्रदान गरियो । वहाँको स्वास्थ्यको कामना गर्दछौं ।।