09/09/2025
हिजो मिति २०८२ भाद्र २३ गते जेनजी आन्दोलनका क्रममा कलीला विद्यार्थीहरू माथि भएको बर्बर दमानको महिला सशक्तिकरण तथा महिला जागरण नेपाल घोर निन्दा र भत्सरना गर्दछ। कुनै पनि राजनीतिक ब्यानरमा नभएको स्वत स्फुर्त भ्रष्टाचार विरोधी सुशासन कायम गर्ने माग राखेर गरिएको आन्दोलनमा प्रहरीको गोली लागि धेरै भविष्यका कर्णाधारहरूले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद अवस्था हो। यो आन्दोलनमा दमन गर्ने दोषीहरूमाथि विश्वसनीय छानबिन गरी कडा कारबाही होस्। जेन्जीहरूले उठाएका मागहरू यथाशीघ्र सम्बोधन गरियोस्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली।