15/09/2026
''Professor/Lecturer Performance Evaluation Campaign - प्राध्यापक /उप-प्राध्यापक कार्यसम्पादन मुल्यांकन अभियान'' सम्बन्धमा
उपरोक्त विषय सम्बन्धमा कैलाली बहुमुखी क्याम्पसका विभिन्न संकाय तथा कार्यक्रममा अध्यनरत विद्यार्थीहरु बाट यस क्याम्पसमा अध्यापन गराउने केहि प्राध्यापक, सह-प्राध्यापक, उप-प्राध्यापक, शिक्षण सहायक र विषय करारहरु प्रति लामो समय देखि अध्यापन गुणस्तरमा कमि, कोर्ष सम्पन्न नगर्ने, प्रयोगात्मक तथा अतिरिक्त क्रियाकलाप नगराउने, धेरै बिदामा बस्ने, क्रेडिट आवरको उलंघन गर्ने, विद्यार्थी हित प्रतिकुल व्यावहार गर्ने, अनुचित दबाब तथा चाप सिर्जना गर्ने आदि जस्ता थुप्रै गुनासोहरु प्राप्त हुने गरेकाले यस स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पस द्वारा ''Professor/Lecturer Performance Evaluation Campaign - प्राध्यापक /उप-प्राध्यापक कार्यसम्पादन मुल्यांकन अभियान'' संचालन गरिएको छ। तसर्थ कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्नु हुने तपाईलाई पनि माथि उल्लेखित वा अन्य केहि गुनासो तथा सुझाव छ भने यस सुचना साथ् राखिएको QR Code Scan गरि निवेदन पेश गर्नु हुन् हार्दिक अनुरोध गर्दछौ।
नोट :- यस फारमद्वारा प्राप्त हुने सम्पूर्ण गुनासो तथा सुझाबहरु पूर्ण रुपमा गोप्य रहनेछन। कहिँ कतै कुनै विद्यार्थीको परिचय खुल्ने वा अहित हुने गरि प्रयोग नगरिने समेत स्पष्ट पार्दछौ।
फारम भर्ने Link :- https://forms.gle/VgARxTAGGD5rBwpR8
Free Student Union, KMC स्व.वि.यु कैलाली बहुमुखी क्याम्पस, धनगढी