10/05/2026
Sudur pashchim province chapterNepal association for the blind
“सबै बालबालिकाको विद्यालयमा सहभागिता,गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता”
विद्यालय भर्ना अभियान २०८३:
के तपाईको घर वा छिमेकमा रहेका अपाङ्गता भएका वा अन्य विभिन्न अवस्थाका बालबालिका विद्यालय/ स्रोत कक्षामा भर्ना भएका छन् ?
नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ।
आफ्ना छोराछोरीका लागि नजिकैको विद्यालयमा भर्ना गराउने यो उत्कृष्ट अवसर हो।
ढिला नगरी आजै आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउनुहोस् । शिक्षा उनीहरुको संवैधानिक अधिकार हो!
विद्यालयमा पाउने सेवा सुविधा ?
• सबैले सिक्ने अवसर पाउँछन्
• निःशुल्क शिक्षा
• निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा र आवश्यक सामग्री
• विशेष छात्रवृत्ति
• तालिम प्राप्त श्रोत शिक्षक
• सामाजिक सहभागिता र आत्मविश्वास बढाउँन
“विद्यालयमा अन्य बालबालिकाका अभिभावकहरूसँग कुराकानी गर्नुहोस्। भर्ना, पठनपाठन र उपलब्ध सुविधाबारे अनुभव आदान-प्रदान गर्नाले तपाईलाई थप जानकारी पाउन र आत्मविश्वास बढाउन सहयोग मिल्छ।”
भर्ना प्रक्रिया:
१. नजिकैको विद्यालयमा सम्पर्क गर्नुहोस्।
२. शिक्षा विकास तथा समन्वय एकाइ, वडा र पालिकामा सम्पर्क गर्नुहोस्।
३. अन्य अभिभावकहरूसँग जोडिनुहोस्।
४. स्थानीय साझेदार संस्थाका प्रतिनिधि र कर्मचारीहरूसँग सम्पर्क गर्नुहोस्।
कानुनी आधार र अधिकार:
• नेपालको संविधान २०७२, धारा ३१ मौलिक हक।
• आधारभूत शिक्षा अनिवार्य र निःशुल्क; दृष्टिविहिनका लागि ब्रेललिपि, बहिराका लागि सांकेतिक भाषामा निःशुल्क शिक्षाको हक सुनिश्चित गरिएको छ ।
• अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४- अपाङ्गता भएका सबै व्यक्तिको समावेशी शिक्षामा पहुँचको हक सुनिश्चित गरिएको छ ।
• CRPD धारा २४ समावेशी शिक्षा – अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी शिक्षा प्रणालीमा सहभागीताको सुनिश्चित गरिएको छ।
आजै कदम चाल्नुहोस्!
नजिकको विद्यालय, स्रोत शिक्षक, वडा कार्यालय वा स्थानीय पालिकामा आजै सम्पर्क गर्नुहोस् र यो शैक्षिक सत्रमा आफ्ना बालबालिकालाई समावेशी गराउनुहोस्। शिक्षा उनीहरुको अधिकार हो र यो सुनिश्चित गर्नु तपाईँको जिम्मेवारी हो!
सहकार्य :
CADiR (COLLECTIVE ACTION FOR DISABILITY RIGHTS)