08/09/2026
विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ एवम् विपद्मा फसेकाहरूको सुरक्षित उद्धारको कामनासहित आयोजित 'दीप प्रज्वलन कार्यक्रम' आज मिति २०८३ भदौ २२ गते, जेन्जी मार्ग, धनगढीमा सम्पन्न भएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसन, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित भई मानवीय संवेदना र ऐक्यबद्धता प्रकट गर्नुहुने सम्पूर्ण इन्जिनियर साथीहरू, प्राविधिक व्यक्तित्वहरू तथा स्थानीय महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।