16/06/2026
जन्मदिनको विशेष शुभकामना!
"हेल्प फर हेप्पिनेस (HFH), सुदूरपश्चिम प्रदेशकी सदस्य Laxmi Awasthi ज्यूको,जन्मदिनको यो पावन अवसरमा सम्पूर्ण टिमको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको जीवनमा सधैँ सत्कर्म गर्ने प्रेरणा र हरेक चुनौतीलाई अवसरमा बदल्ने अदम्य साहस मिलोस्। प्रगतिपथमा तपाईंका पाइलाहरू कहिल्यै नथाकुन् र ओठमा सधैँ निश्चल मुस्कान छाइरहोस्। आफ्नो कर्तव्य र उत्तरदायित्व निर्वाहमा तपाईं सधैँ झैँ अब्बल र निष्ठावान् रहनुहोला।
तपाईंको निस्वार्थ सेवाभावले हाम्रो संस्था मात्र होइन, सिंगो देश र समाजका थुप्रै दुखेका मनहरूमा खुसीको रङ्ग भर्न सफल हुनुहोस्। तपाईंको उपस्थिति नै धेरैका लागि आशाको किरण बनोस्। जीवनको यात्रामा ठूलो मान्छे भन्दा पनि एक 'असल र महान्' मानिसको रूपमा चिनिनुहोला।
चन्द्रमा झैँ शीतल र सूर्य झैँ तेजस्वी बनेर समाजलाई उज्यालो दिइरहनुहोला।
"तपाईंको ऊर्जा र समर्पणले अरूलाई पनि समाजसेवामा लाग्न प्रेरित गरोस्।"
तपाईंको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको अटुट शुभकामना व्यक्त गर्दछौं।"
"Together we can bring the smile."