21/01/2026
💐 सरस्वती पूजा २०८२ को शुभकामना तथा निमन्त्रण 💐
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
यही आउँदो २०८२ को वसन्त पञ्चमी/सरस्वती पूजा तथा साना बाबुनानी हरुको अक्षर शिकाइ आरम्भको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको सम्पुर्ण हिन्दुधर्मावलम्वीहरू नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ।
नेपाल स्कटल्यान्ड एसोसिएसन/महिला समूह/नेपाली कक्षा द्वारा आयोजित तथा हिमालयन सेन्टरको सहयोगमा यहि आउँदो २३/०१/२०२६ मा हिमालयन सेन्टर हलमा सरस्वती पुजा/बसन्त पञ्चमीको शुभ दिनको सुखद उपलक्षयमा सरस्वती पूजाको कार्यक्रममा सहभागिता को लागि हार्दिक निमन्त्रण गर्दछ।
यस शुभ अवसरमा देवी सरस्वती माताको आशीर्वाद, ज्ञानको वर्षा सदैव भइरहोस् तथा तपाईंका सबै इच्छाहरू पूराका हुनका साथै यस पावन अवशरमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछ!
Date: 23/01/2026
Time: Puja starts from 17:30
Venue: Himalayan Centre
121 Great junction Street, EH6 5JB
धन्यवाद।
नेपाल स्कटल्याण्ड एसोसिएसन/एनएसए/महिला समूह/नेपाली कक्षा परिवार 🙏
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥1॥
अर्थ : जो विद्या की देवी भगवती सरस्वती कुन्द को फूल, चन्द्रमा, हिमराशि र मोती को हार को जस्तो श्वेत वर्ण को हुनुहुन्छ र जो श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शंकर शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुन्, उनै सम्पूर्ण जडता र अज्ञानलाई दूर गर्नेबाली माता सरस्वती हामैा रक्षा गर्नुहोला ।
शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्॥
हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने संस्थिताम्।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्॥2॥
अर्थ : शुक्लवर्ण वाली, सम्पूर्ण चराचर जगत् मा व्याप्त, आदिशक्ति, परब्रह्म को विषय मा गरिएको विचार एवं चिन्तन को सार रूप परम उत्कर्ष को धारण गर्नेवाली, सबै भयहरुबाट भयदान दननेवाली, अज्ञान लाई अँध्यरोलाई मेटाउनेवाली, हातमा वीणा, पुस्तक र स्फटिक को माला धारण गर्नेवाली र पद्मासनमा विराजमान् बुद्धि प्रदान गर्नेवाली, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती) लाई म वन्दना गर्दछु।
🇳🇵❤️