Nepal Scotland Association

Nepal Scotland Association We work with local communities to promote social events, justice, racial harmony and protection of environment.

Offical FB page for NSA. “Looking after all Nepalese community, Nepal lovers and supporters, connecting everyone across Scotland ”
(NSA), established in 2004, is a charitable members based organisation based in Scotland. Nepal Scotland Organisation is an OSCR registered charity based in Edinburgh, Scotland, UK run and managed by volunteers who are from Nepal or have some connections with Nepal.

नेपाल स्कटल्यान्ड एसोसिएसन र हिमालयन आर्ट एन्ड कल्चर सेन्टरको संयुक्त आयोजनामा बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण दि...
02/09/2026

नेपाल स्कटल्यान्ड एसोसिएसन र हिमालयन आर्ट एन्ड कल्चर सेन्टरको संयुक्त आयोजनामा बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण दिवङ्गत आत्माहरूको सम्झना र चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्‍यौँ।

यस दुःखद घडीमा साथ, उपस्थिति र सहयोगका लागि सबैप्रति हृदयदेखि धन्यवाद।

बाढी प्रभावित परिवारहरूको सहयोगका लागि सबैले सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ ! सानो–ठूलो हरेक सहयोगले अर्थ राख्छ। 🙏

🔗 Godund me link to support: https://gofund.me/4d53acb6e

शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

Nepal Scotland Association and Himalayan Art & Culture Centre came together to light candles in memory of those who sadly lost their lives in the floods in Nepal.

Our heartfelt condolences go out to all the families who have lost their loved ones. Thank you to everyone who joined us and showed their support.

We are also raising funds to support families affected by the floods. Every contribution, truly matters. 🙏

🔗 Godund me link to support: https://gofund.me/4d53acb6e

May the departed souls rest in peace.

30/08/2026

🙏🙏🙏🙏🙏🙏
नेपाल स्कटल्याण्ड एसोसिएसन

अत्यन्त महत्वपूर्ण सूचना

नेपालमा हालै आएको विनाशकारी बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिले हामी सबैलाई गहिरो दुःखी बनाएको छ। यस दुःखद घडीमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित सबैको सुरक्षित पुनःस्थापनाको कामना गर्दछौँ।

यही परिस्थितिलाई मध्यनजर गर्दै, नेपाल स्कटल्याण्ड एसोसिएसनले यस वर्षको तीज कार्यक्रमलाई पूर्वनिर्धारित उत्सवको स्वरूपमा नभई फरक र संयमित ढङ्गले मनाउने निर्णय गरेको छ।

तीज हाम्रो संस्कृति, परम्परा र आपसी सम्बन्धसँग जोडिएको पर्व हो। यो केवल नाचगान र रमाइलोको अवसर मात्र होइन, आफ्ना सुख–दुःख साट्ने, एकअर्काको पीडामा साथ दिने र परिवार तथा समाजको सुख–शान्तिको कामना गर्ने अवसर पनि हो।

आज मातृभूमि दुःखमा रहेको बेला हामीले आफ्नो खुसीलाई केही समयका लागि संयमित गर्दै, यही अवसरलाई पीडितहरूको दुःखमा साथ दिने दिनका रूपमा मनाउनु उपयुक्त ठानेका छौँ।

त्यसैले निर्धारित दिन हामी सबै समुदायका सदस्यहरू एकै ठाउँमा भेला भई दीप प्रज्वलन, श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम गर्नेछौँ। साथै नेपालका बाढीपीडित परिवारहरूको सहयोगका लागि स्वेच्छिक सहयोग तथा राहत संकलन गरिनेछ।

कार्यक्रममा महिला, पुरुष, बालबालिका तथा सम्पूर्ण समुदायका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ।

कार्यक्रममा उपस्थित सबैका लागि चिया, सेलरोटी, अचार तथा अन्य सामान्य नेपाली खाना/खाजा पनि निःशुल्क उपलब्ध गराइनेछ। यी सबै खानेकुरा NSA का पदाधिकारी, सदस्य, स्वयंसेवक तथा समुदायका सहयोगीहरूले आफ्नै तर्फबाट तयार गरी तथा उपलब्ध गराउँदै हुनुहुन्छ। उहाँहरूको समय, मेहनत र सहयोगप्रति नेपाल स्कटल्याण्ड एसोसिएसन हार्दिक आभार व्यक्त गर्दछ।

यसपटक हाम्रो उद्देश्य ठूलो उत्सव गर्नु होइन।
सँगै बसौँ, दीप बालौँ, दिवंगत आत्माहरूलाई सम्झौँ, पीडित परिवारको दुःख बाँडौँ र आफूले सक्ने सहयोग गरौँ।

हामीले गर्न लागेको सानो सहयोगले कसैको सम्पूर्ण दुःख हटाउन नसक्ला, तर कठिन समयमा उहाँहरू एक्लै हुनुहुन्न भन्ने अनुभूति अवश्य दिन सक्छ।

यस वर्ष तीजको खुसीभन्दा पनि तीजको भावना बाँडौँ।
सुखमा मात्र होइन, दुःखमा पनि सँगै उभिऔँ।

मिति: ३१ अगस्ट २०२६
समय: साँझ ६:०० देखि ८:०० बजेसम्म
स्थान: हिमालयन सेन्टर, एडिनबरा
प्रवेश: सबैका लागि पूर्ण रूपमा निःशुल्क
खाना तथा चियापान: स्वयंसेवकहरूको सहयोगमा सबैका लागि निःशुल्क

सादर,
नेपाल स्कटल्याण्ड एसोसिएसन (NSA)
हिमालयन सेन्टर (HCE)

 🇳🇵 NEPAL FLOOD EMERGENCY APPEAL – PLEASE SUPPORTWe would like to request everyone in our community, our friends, famili...
27/08/2026



🇳🇵 NEPAL FLOOD EMERGENCY APPEAL – PLEASE SUPPORT

We would like to request everyone in our community, our friends, families, businesses and organisations to come together and support the families affected by the devastating floods in Nepal.

Families have lost loved ones, homes and livelihoods. The need for food, clean water, shelter, medicines and emergency assistance is urgent.

Nepal Scotland Association (NSA), serving the community since 2004, in association with Himalayan Centre for Arts & Culture, Edinburgh, has launched this emergency appeal.

At a time like this, every contribution matters. Let us stand together and show that Nepal is not alone.

GoFundMe:
gofund.me/4d53acb6e

🏦 Direct Bank Transfer:
Account: Nepal Scotland Association
Bank: HSBC UK
Sort Code: 40-20-44
Account No: 31479393
IBAN: GB65HBUK40204431479393
BIC/SWIFT: HBUKGB4111M
Reference: NEPALFLOOD

Updates will be provided transparently on how much is raised, where the funds are sent and how they are used to support those affected.

Please donate whatever you can, share this appeal and encourage others to join us.

🇳🇵 The need is urgent. Let us join hands and stand together for Nepal.

Nepal Flood Emergency Appeal – Together for Nepal N… Nepal Scotland Association needs your support for Nepal Flood Emergency Appeal – Help Affected Families

जन्मदिनको शुभकामना🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂आदरणीय तथा समाजसेवी, NSA Treasure एवं NrNA UK Advisor ज्यूलाई जन...
25/08/2026

जन्मदिनको शुभकामना

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂
आदरणीय तथा समाजसेवी, NSA Treasure एवं NrNA UK Advisor ज्यूलाई जन्मदिनको यस शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏

तपाईंको समाजसेवा, नेतृत्वदायी भूमिका र सकारात्मक योगदान सदैव प्रेरणादायी रहोस्। आगामी दिनहरू अझ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहून्। तपाईंका सम्पूर्ण सपना र इच्छाहरू पूरा हुँदै जाऊन्।

जन्मदिनको धेरै–धेरै शुभकामना तथा हार्दिक मंगलमय शुभेच्छा, आदरणीय मोती जी🎂🎉💐🙏

आदरणीय आमा दिदीबैनीहरूनमस्कार!नेपाल स्कटल्याण्ड एसोसिएसनले प्रत्येक वर्ष मनाउँदै आएको हिन्दू महिलाहरूको महान् पर्व हरिता...
10/08/2026

आदरणीय आमा दिदीबैनीहरू
नमस्कार!
नेपाल स्कटल्याण्ड एसोसिएसनले प्रत्येक वर्ष मनाउँदै आएको हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज यस वर्ष पनि NSA महिला समूहको संयोजनमा भव्य रूपमा आयोजना गर्न गइरहेको छ।
यस विशेष अवसरमा सम्पूर्ण आमा दिदीबैनी तथा चेलिबेटीहरूलाई तीजको खुसी साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
साथै यस बर्षको तीज हाम्रा स्थानिय कलाकारहरूको रमाईला प्रस्तुतिबाट भब्यताका साथ मनाईने कुरा पनि अवगत गराउन चाहान्छौं। तसर्थ कार्यक्रममा आफ्ना प्रस्तुति प्रस्तुत गर्न ईच्छुक ब्यक्ति तथा समूहले ढिला नगरीकन NSA महिला समूहसंग सम्पर्क गर्न पनि बिनम्र अनुरेध गर्दछौं।
कार्यक्रम विवरण
मिति: सोमबार, ३१ अगस्ट २०२६
समय: साँझ ४:३० बजेदेखि राति १०:०० बजेसम्म
स्थान: Himalayan Centre, 121 Great Junction Street, Edinburgh, EH6 5JB
प्रवेश:
महिला: निःशुल्क
पुरूष: £10

विशेष आकर्षण:स्थानीय कलाकारहरूको प्रत्यक्ष प्रस्तुति तथा स्वादिष्ट भोजन।
उपस्थित हुन चाहनुहुने महानुभावहरूले कृपया आफ्नो नाम र सदस्य संख्याको अग्रिम रूपमा जानकारी गराइदिनुहोला, ताकि भोजन तथा कार्यक्रम व्यवस्थापन गर्न सहज होस्।
सम्पर्क:
Email: [email protected]
Kamala Shrestha
Rita Gautam
Sharda Dahal
Juna Karki
Ratna KC
Laxmi Devkota
Swastima Karki
तथा NSA महिला समूह ।
सम्पूर्ण आदरणीय नारीहरूमा सुख, शान्ति, समृद्धि तथा पारिवारिक खुसीको कामनासहित हरितालिका तीजको हार्दिक शुभकामना!
अध्यक्ष: Kamala Shrestha
सचिव: Rita Gautam
संयोजक: Sharda Dahal
नेपाल स्कटल्याण्ड एसोसिएसन तथा NSA महिला समूह परिवार 🙏

गुरु पूर्णिमाको हार्दिक शुभकामना!ज्ञान, प्रेरणा र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान🙏🙏🙏गुरु पूर्णिमाक...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना!
ज्ञान, प्रेरणा र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान🙏🙏🙏
गुरु पूर्णिमाको मंगलमय शुभकामना!
🙏🙏🙏👏👏👏

23/06/2026

समर पिकनिक स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपाली स्कटल्याण्ड एसोसिएसन (NSA),
विगत केही दिनदेखि बेलायतका विभिन्न स्थानहरूमा विकसित भइरहेका अप्रिय घटनाक्रम र सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै यो विशेष सूचना जारी गरिएको छ।
हालै उत्तरी आयरल्यान्डमा भएको आप्रवासी विरोधी तनावको प्रत्यक्ष प्रभाव एडिनबरा र ग्लास्गो जस्ता सहरहरूमा पनि देखिन थालेको छ। यसै क्रममा अल्डरसट सहरमा स्थानीय व्यक्तिहरूबाट नेपाली मूलका ब्रिटिश गोर्खाहरू र उहाँहरूका परिवारमाथि अभद्र व्यवहार तथा अपमानजनक कार्यहरू भएका छन्।
यसै गरी, गत शुक्रवार (१९ जुन २०२६) एडिनबराको लिथ (Leith) मा ५ जना एसियाली मूलका विद्यार्थीहरूमाथि छुरा प्रहार भएको दुखद घटना सार्वजनिक भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा संवेदनशीलताका कारण गत २० जुनको राति एडिनबरा विमानस्थल (Edinburgh Airport) समेत पूर्ण रूपमा बन्द गर्नु परेको थियो। हालका दिनहरूमा हाम्रा केही नेपाली दाजुभाइहरूलाई पिछा गर्ने, लखेट्ने र मोबाइल खोस्ने जस्ता गम्भीर प्रकृतिका घटनाहरू निरन्तर भइरहेका छन्।
हामी यतिबेला विदेशी भूमिमा छौ र आप्रवासीहरू विरुद्ध बढ्दै गएको चरमपन्थी सामाजिक प्रभावप्रति सजग हुन जरुरी छ। यस्तो संवेदनशील अवस्थामा हाम्रो पहिलो प्राथमिकता हाम्रा परिवार, बालबच्चा र सिङ्गो समुदायको जीउधनको सुरक्षा हुनुपर्दछ। प्रतिकूल समयलाई धैर्यताका साथ सामना गर्दै स्थिति सामान्य बनेपछि हाम्रा सामाजिक गतिविधिहरूलाई पुनः निरन्तरता दिने नै छौ।
अतः वर्तमान सुरक्षा अवस्थाको गहन र सूक्ष्म विश्लेषण गर्दै यही आउँदो सोमबार २९ जुन २०२६ का दिन NSA द्वारा आयोजना गर्न लागिएको 'Summer Picnic' अर्को सूचना नआउन्जेलका लागि स्थगित गरिएको जानकारी गराउँदछौ।
विशेष अनुरोध:
यस विषम परिस्थितिमा यहाँहरू सबैलाई अत्यावश्यक कामबाहेक जथाभाबी असुरक्षित स्थानहरूमा नजान र विशेष गरी रातको समयमा हिँडडुल गर्दा उच्च सतर्कता अपनाउन हुन हार्दिक अनुरोध गर्दछौ।
सुरक्षित रहौँ, सचेत बनौ।
धन्यवाद।
कार्यसमिति
नेपाल स्कटल्याण्ड एसोसिएसन (NSA)
मिति: २३ जुन २०२६

17/06/2026

नेपाल स्कटल्याण्ड एसोसियसनको वनभोज कार्यक्रम २०२६ को हार्दिक निमन्त्रणा
🙏🙏🙏🙏🎉🙏🙏🙏🙏

आदर्णीय स्कटल्याण्डवासी दाजुभाई तथा दिदीबहिनीहरु🙏

It's on Monday, 29th of June@ Cramond Beach, Edinburgh EH4 6NU

Please book your tickets now.
टिकट दर: Adults: £15
Life Members/Students:
£12
Children (Over 7): £12
Under 7 & Over 65: FREE

अग्रिम बुकिङ) को लागि कृपया:
Nepal Scotland Association
SO: 40-20-44
AC: 31479393
Ref: picnic 2026+ your name

नेपाल स्कटल्याण्ड एसोसिएसनद्वारा प्रत्येक वर्ष मनाउदै आएको एनएसए पिकनिक यस वर्ष पनि बार्वक्यु, बाजा/नाचगानतथा बालबालिकाहरूका लागि खेल तथा बिबिध मनोरञ्जन कार्यक्रमका साथ तल उल्लेखित समय तथा स्थानमा हुन गइरहेको जानकारी गर्दछौ।
कार्यक्रम पिकनिकलाई अझ ब्यबस्थित बनाउन यहाँहरू सम्पुर्ण आदर्णीय महानुभावहरूलाई उपस्थितिको लागी नेपाल स्कटल्याण्ड एसोसिएसन परिवार ह्दय देखि स्वागत गर्दछ र समयमै आफू र आफ्नो परिवारको टिकट अग्रिम बुकिङको लागि हार्दिक अनुरोध गर्दछ।

मिति: २९/०६/२०२६ सोमबार
समय: बिहान ०९:०० बजे देखी
Breakfast, BBQ with snacks,
Please contact
For Football, Manish Khatri picnic co-ordinator: 07479 383866
For more details:
Email: [email protected]

With Breakfast, BBQ with snacks, Dinner, Music, & Dance, volleyball, football, adults/kids games, Raffle and many more.
Please join us.
Contact:

Sharmili lama 07989 366235
Ratna K C. 07493 109173
Sharda Dahal: 07780364313
Juna Bhandari Karki: 07450861957
Swastima Karki Khadka: 07578470334
Samjhana Karki: 07577735732
Laxmi Devkota: 07447928823

धन्यवाद
अध्यक्ष: कमला श्रेष्ठ
सचीव: रीता गौतम कार्की
तथा नेपाल स्कटलैण्ड एसोसिएसन/महिला समूह परिवार 🙏
Email: [email protected]
nepalscotlandassociation.org

For more details please feel free to
Contact:
Vijaya Dongol 07918 559477
Moti kharel 07737 119211
Surendra bam
Bhupal Karki 07773 716588
Shashi Karki 07576 331234

आदरणीय कमला श्रेष्ठ ज्यू,तपाईंको जन्मदिनको यस शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏  एनआरएनए यूके, स्कटल्या...
14/04/2026

आदरणीय कमला श्रेष्ठ ज्यू,
तपाईंको जन्मदिनको यस शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏
एनआरएनए यूके, स्कटल्याण्डबाट पहिलो महिला केन्द्रीय उपाध्यक्ष को रूपमा इतिहास रच्नुभएकोमा र एनएसए जस्तो स्कट्ल्याण्डकै पहिलो नेपाली सस्थामा पहिलो पटक तपाईको नेतृत्व ले हामी सबै आभारी छौ,
तपाईंको सामाजिक सेवाको यो यात्रा हिमाल जस्तै उच्च र अटल रहिरहोस्। आगामी दिनहरूमा तपाईंको सुस्वास्थ्य, दीर्घायु र अझै ठूलो सफलताको कामना गर्दछु। तपाईंको सेवा र सक्रियताले हाम्रो समाजलाई सधैं मार्गदर्शन गरिरहोस्।
जन्मदिनको धेरै - धेरै शुभकामना 🙏

Address

28/1 Springfield Street
Edinburgh
EH65DU

Alerts

Be the first to know and let us send you an email when Nepal Scotland Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to Nepal Scotland Association:

Shortcuts

Share