Tarangini Foundation

Tarangini Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarangini Foundation, Nonprofit Organization, Kumarigal, Kharibot Gaurighat, Kathmandu.

Tarangini Mahila Adhikar Prashikshyen Kendra (Tarangini Foundation), established in 2017, is a feminist organization dedicated to advancing gender justice through advocacy, documentation and movement-building.

18/08/2026

अंक २: २० वर्ष उमेर नपुगी विवाह गरेमा कानूनले के भन्छ?

पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाक्रमका सन्दर्भमा गोपनीयताको अधिकार, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको जवा...
15/08/2026

पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाक्रमका सन्दर्भमा गोपनीयताको अधिकार, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको जवाफदेहिता तथा राज्यशक्तिको प्रयोग सम्बन्धमा तरङ्गिनी फाउन्डेसनको धारणा समेटिएको प्रेस विज्ञप्ति यसैसाथ साझा गरेका छौँ।

WE’RE LOOKING FOR INTERN! ✊🏽📚Curious about feminist research, legal & policy research, gender justice, and community-bas...
12/08/2026

WE’RE LOOKING FOR INTERN! ✊🏽📚

Curious about feminist research, legal & policy research, gender justice, and community-based work? Want to move beyond the classroom and learn how research, advocacy, and community engagement come together to create social change?

Tarangini Foundation is inviting applications from students and young people who want to learn, question, create, and contribute. 🌱

As an intern, you’ll get to work on:
✦ Research, writing & documentation
✦ Workshops, field activities & community engagement
✦ Feminist legal and policy research
✦ Creative projects, storytelling & campaigns
✦ Reporting, coordination & programme implementation
✦ Working alongside partners and community groups

If you care about gender justice and transformative social change, we’d love to hear from you.

📩 Send your CV + a short note/portfolio to [email protected]
🗓️ Deadline: 17 August 2026

Come learn with us. Come question things. Come do the work. 💜

Research. Amplify. Transform.

12/08/2026

Happy Birthday to our beloved Dr. Renu Adhikari Didi! ❤️ Your presence in our journey has been a source of courage, warmth, wisdom, and hope.

We are deeply grateful for the trust you place in us, the lessons you share, and the way you nurture and encourage us to become stronger in our own journeys. On this special day, we celebrate not only the incredible person you are, but also the countless lives and dreams you have touched along the way.

May the years ahead bring you the same love, strength, and joy that you have so generously given to others. Wishing you a very Happy Birthday-with heartfelt love and gratitude. 🌸❤️✨

युवा अब भविष्य होइन, वर्तमान हो। युवा नेतृत्व कुनै सपना होइन, परिवर्तनको आवश्यकता हो। नेपालमा युवाहरू राजनीतिक नेतृत्वदे...
12/08/2026

युवा अब भविष्य होइन, वर्तमान हो। युवा नेतृत्व कुनै सपना होइन, परिवर्तनको आवश्यकता हो।

नेपालमा युवाहरू राजनीतिक नेतृत्वदेखि सामाजिक परिवर्तनसम्म आफ्नो उपस्थिति र क्षमता प्रमाणित गरिरहेका छन्। अब युवालाई नेतृत्वका लागि तयार गर्ने मात्र होइन, नेतृत्व गर्ने ठाउँ दिनुपर्ने समय हो।

अवसर, निर्णय र स्रोतमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरौँ-विशेषगरी युवा महिला र सीमान्तकृत समुदायका युवाहरूको। किनकि परिवर्तन तब मात्र दिगो हुन्छ, जब युवाको आवाज सुनिन्छ, उनीहरूको नेतृत्व स्वीकारिन्छ र उनीहरूलाई निर्णयको केन्द्रमा राखिन्छ। ✊🏽🌱

हाम्रा अभ्यासहरु  प्रभावकारी भइरहेका छन् कि छैनन् भन्ने प्रश्नसँगै कुन अभ्यास सफल रह्यो र कुन रहेन ? भन्ने आत्मसमीक्षा प...
10/08/2026

हाम्रा अभ्यासहरु प्रभावकारी भइरहेका छन् कि छैनन् भन्ने प्रश्नसँगै कुन अभ्यास सफल रह्यो र कुन रहेन ? भन्ने आत्मसमीक्षा पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छ। हामी समुदायको मुद्दा र आवश्यकता आधारित अभियानमा विश्वास गर्ने संस्था भएकाले, हाम्रा कामबाट सिक्नु, कमजोरी पहिचान गर्नु र आवश्यकताअनुसार आफूलाई सुधार्दै अघि बढ्नु हाम्रो निरन्तर प्रक्रिया हो। यही उद्देश्यका साथ तरंगिनी फाउन्डेसन परिवार एकसाथ भेला भई ३ दिने अर्धवार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न गर्‍यौँ।

बैठकमा हामीले पछिल्लो अवधिका उपलब्धि, राम्रा अभ्यास, सिकाइ, चुनौती, के प्रभावकारी भयो र के हुन सकेन भन्ने विषयमा खुलेर छलफल गर्‍यौँ। सफलतामा मात्र होइन, काम गर्दा देखिएका कठिनाइ र अपेक्षित परिणाम नआएका पक्षलाई पनि स्वीकार गर्दै त्यसबाट सिक्ने प्रयास गर्‍यौँ। यी छलफलले आगामी अवधिका गतिविधिहरूलाई अझ मुद्दा, आवश्यकता र समुदायको वास्तविकतासँग जोडेर योजना बनाउन महत्वपूर्ण आधार प्रदान गरेको छ।

सधैँझैँ हाम्रो यात्रामा साथ, मार्गदर्शन र हौसला प्रदान गर्नुहुने हाम्रो संस्थापक अध्यक्ष डा. रेणु अधिकारी, अध्यक्ष गोमावती पुन मगर (सिर्जना) तथा बोर्ड सदस्यहरू शुभलक्ष्मी कोइराला र सरिता दाहालसँगको उपस्थितिले यो समीक्षा र योजना प्रक्रियालाई अझ अर्थपूर्ण बनायो।

आज मिति २०८३/४/१४ गते कागेश्वरी मनोहरा नगरपालिका र तरङ्गिनी फाउण्डेसनको संयुक्त आयोजनामा घरेलु श्रमिकको पहिचान, अधिकार र...
31/07/2026

आज मिति २०८३/४/१४ गते कागेश्वरी मनोहरा नगरपालिका र तरङ्गिनी फाउण्डेसनको संयुक्त आयोजनामा घरेलु श्रमिकको पहिचान, अधिकार र पहिचानका बिषयमा समीक्षा तथा आगामी योजनासम्बन्धी छलफल सम्पन्न भयो।
अब चाँडै:
घरेलु तथा अनौपचारिक क्षेत्रका श्रमिक साथीहरूका लागि 'श्रमिक कार्ड' वितरण र 'श्रम डेस्क' सञ्चालनमा आउँदैछ। साथै, घरभित्र महिलाले गर्ने श्रमलाई पनि उचित सम्मान र पहिचान दिने सङ्कल्प गरिएको छ...🙏🙏🙏

प्रेस विज्ञप्ति
31/07/2026

प्रेस विज्ञप्ति

काठमाडौं महानगरपालिका वडा नं. ९ र तरंगिनी फाउन्डेसनको संयुक्त आयोजनामा घरेलु श्रमिक तथा महिला समूहका लागि मानसिक स्वास्थ...
29/07/2026

काठमाडौं महानगरपालिका वडा नं. ९ र तरंगिनी फाउन्डेसनको संयुक्त आयोजनामा घरेलु श्रमिक तथा महिला समूहका लागि मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमले मानसिक स्वास्थ्यप्रति सचेतना, स्व-हेरचाह र तनाव व्यवस्थापनका व्यावहारिक उपायहरूबारे सहभागीहरूलाई जानकारी प्रदान गर्यो। सहभागीहरूले खुला अन्तरक्रियामार्फत आफ्ना अनुभव र जिज्ञासाहरू साझा गर्दै मानसिक स्वास्थ्यबारे सकारात्मक दृष्टिकोण विकास गरे।

मिति २०८३ साल साउन ९ गते (जुलाई २५) का दिन तरंगिनी फाउन्डेसनको आयोजनामा सिस्ने गाउँपालिकाको  वडा नं. ८ र ९ का महिलाहरूका...
29/07/2026

मिति २०८३ साल साउन ९ गते (जुलाई २५) का दिन तरंगिनी फाउन्डेसनको आयोजनामा सिस्ने गाउँपालिकाको वडा नं. ८ र ९ का महिलाहरूका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा सहभागी महिलाहरूलाई मानसिक स्वास्थ्यको महत्त्व, मानसिक समस्याका लक्षणहरूको पहिचान, समयमै सहयोग तथा उपचारको आवश्यकता, र मनोविमर्श सेवाको पहुँच तथा उपयोगिताबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले सहभागीहरूमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकास गर्नुका साथै आवश्यक पर्दा सेवा लिन प्रोत्साहित गरेको छ।

Address

Kumarigal, Kharibot Gaurighat
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tarangini Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tarangini Foundation:

Shortcuts

Share