Hindu Swayamsevak Sangh NEPAL

Hindu Swayamsevak Sangh NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hindu Swayamsevak Sangh NEPAL, Nonprofit Organization, Gaurighat, Kathmandu.

Hindu Swayamsevak Sangh (HSS) Nepal is a voluntary, non-profit, social and cultural organization which aims to organize the Hindu community in order to preserve, practice and promote Hindu ideals and values. समग्र समाजलाई आफ्ना आदर्श एवं जीवनमूल्य (मानवमूल्य)का आधारमा संगठीत गरेर समृद्ध, समर्थ एवं चैतन्ययुक्त बनाउने उद्देश्यका साथ वि.सं.२०४८ मा स्थापित हिन्दू स्वयंसेवक संघ नेपाल एक गैर सरकारी, गैर-नाफामूलक, सामाजिक तथा सांस्कृतिक संस्था हो ।
हिन्दू विचार-दर्शनलाई आफ्नो वैचारिक अधिष्ठान मान्दै व्यक्ति निर्माणको माध्यमबाट समाज र राष्ट्रलाई परमवैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएर हिन्दू स्वयंसेवक संघ निरन्तर राष्ट्र कार्यमा लागिरहेको छ।
समता, ममता र बन्धुभाव सबैमा जागृत हुन सक्यो भने मात्र हिन्दू समाज बलियो हुन सक्छ भन्ने विश्वास संघले राखेको छ।

हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग 🪔 प्रारम्भिक वर्ग विशेष–२०८३📍 केशव धाम, विराटनगर🎊 उद्घाटन सत्र🚩 हिन्दू स्वयंसेवक ...
11/09/2026

हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
🪔 प्रारम्भिक वर्ग विशेष–२०८३
📍 केशव धाम, विराटनगर
🎊 उद्घाटन सत्र
🚩 हिन्दू स्वयंसेवक संघ
🙏 संस्कार • सेवा • संगठन • राष्ट्रभक्ति 🇳🇵🚩
Hindu Swayamsevak Sangh NEPAL

भोटेकोशीमा आएको  बाढीले नुवाकोट र रसुवा जिल्लामा बाढीपहिरोबाट आफ्नो ज्यान गुमाउनु भएकाको सम्पूर्ण नागरिकहरूको दिवंगत आत्...
07/09/2026

भोटेकोशीमा आएको बाढीले नुवाकोट र रसुवा जिल्लामा बाढीपहिरोबाट आफ्नो ज्यान गुमाउनु भएकाको सम्पूर्ण नागरिकहरूको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आज धादिङ जिल्लाको गल्छीमा भएको प्रज्वलन कार्यक्रम।

07/09/2026

हार्दिक श्रद्धासुमन अर्पण.. 🙏🌷

हिन्दू स्वयंसेवक संघ नेपाल, विचार परिवारका संगठनहरू विश्व हिन्दु परिषद् नेपाल जनजाति कल्याण आश्रम नेपाल सेवा इन्टरनेसनल ...
07/09/2026

हिन्दू स्वयंसेवक संघ नेपाल, विचार परिवारका संगठनहरू
विश्व हिन्दु परिषद् नेपाल
जनजाति कल्याण आश्रम नेपाल
सेवा इन्टरनेसनल नेपाल
एकल अभियान नेपाल
राष्ट्र सेविका नेपाल
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल
लगायतका संगठनका कार्यकर्ताहरूद्वारा नुवाकोट हिन्दू स्वयंसेवक संघ नेपाल,विचार परिवारका संगठनहरुद्वारा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ को गैरीगाउँ, पसल टोल र खाल्टेमा विश्वु हिन्दू परिषद् विराटनगर युवा विभागद्वारा सङ्कलित राहत सामग्री आज बाढी पीडितका लागि पाल एवं राहत किट वितरण गरिएको सेवा कार्यको दृश्य ।

सेवा इन्टरनेशनल नेपाल र नेपाल सि.एम.ए. संघको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमार्फत बाढी प्रभावित समुदायलाई न...
07/09/2026

सेवा इन्टरनेशनल नेपाल र नेपाल सि.एम.ए. संघको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमार्फत बाढी प्रभावित समुदायलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि वितरण गरिएको छ।

स्वाराको जङ्गल, नुवाकोट वेत्रावति बाट विस्तापित भएर आएका परिवारहरु
🩺 निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण
सेवा इन्टरनेशनल नेपाल 🤝 नेपाल सि.एम.ए. संघ

मानव सेवामा समर्पित हाम्रो अभियान निरन्तर…

नेपाल सि.एम.ए. संघले Sewa International Nepal  को सहकार्यमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा शुक्र...
05/09/2026

नेपाल सि.एम.ए. संघले Sewa International Nepal को सहकार्यमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। Hindu Swayamsevak Sangh NEPAL ले आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र सहजीकरणमा सहयोग पुर्‍याएको छ।

नेपाल सि.एम.ए. संघले सेवा इन्टरनेशनल नेपालको सहकार्यमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा श....

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सेवा र परोपकारको सङ्कल्प! ✨🦚सनातन धर्ममा भगवान श्री कृष्णलाई संकटमोचक, उद्धारक र दीन...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सेवा र परोपकारको सङ्कल्प! ✨🦚

सनातन धर्ममा भगवान श्री कृष्णलाई संकटमोचक, उद्धारक र दीनदुःखीहरूको परम सहायकका रूपमा पुजिन्छ। कंशको अत्याचारबाट मुक्ति दिलाउन होस् वा द्रौपदीको लाज बचाउन, अनि गोवर्द्धन धारण गरी बाढी-विपत्ति बाट गोकुलवासीको रक्षा गर्न—भगवान कृष्णले सधैं संकटमा परेकाहरूलाई उद्धार र सहयोग गर्नुभयो।

आज हाम्रो समाजमा पनि लगातारको वर्षा र बाढीपहिरोका कारण हाम्रा धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरू संकटमा पर्नुभएको छ। धेरैको घरबार विहीन भएको छ भने कयौँ आधारभूत आवश्यकताबाट वञ्चित हुनुभएको छ। यस्तो संवेदनशील घडीमा उहाँहरूको उद्धार, राहत र सहयोग गर्नु नै सच्चा 'कृष्ण भक्ति' र मानव धर्म हो।

भगवान कृष्णको 'कर्मयोग' को सन्देशलाई आत्मसात् गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल विपद्‌मा परेका सम्पूर्ण नागरिकहरूको घाउमा मलम लगाउन, उद्धार कार्यमा जुट्न र राहत सामग्री पुर्‍याउन प्रतिबद्ध छ।

आउनुहोस्, हामी सबै एकजुट भएर यो संकटको घडीमा बाढी पीडितहरूको सारथि बनौँ। साना-ठूला जस्तोसुकै सहयोग गरेर मानवताको रक्षा गरौँ।"नर सेवा नै नारायण सेवा हो।" 🤝❤️

नेपाल सीएमए संघ र सेवा इन्टरनेशनल नेपालले  सामूहिक प्रयासमा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निःशुल्क ...
03/09/2026

नेपाल सीएमए संघ र सेवा इन्टरनेशनल नेपालले सामूहिक प्रयासमा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

नेपाल सीएमए संघका पदाधिकारीहरू केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय, कार्यवाहक महासचिव ईश्वर चापागाईं तथा रुपन्देही सीएमए संघका अध्यक्ष शशिकान्त उपाध्यायले प्रभावित क्षेत्रका विभिन्न स्थानमा रोटेसन समूह परिचालन गरी नियमित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी गराउनुभएको छ। स्वास्थ्य शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र सहजीकरणमा हिन्दू स्वयंसेवक संघ नेपालले सहयोग गर्ने भएको छ।

यस सहकार्यले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई समयमै आवश्यक स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने छ

सेवा नै धर्म 🙏🚩रसुवा, कालिका गाउँपालिकामा खाद्यान्न र मेडिकल सामग्री हस्तान्तरण।
02/09/2026

सेवा नै धर्म 🙏🚩
रसुवा, कालिका गाउँपालिकामा
खाद्यान्न र मेडिकल सामग्री हस्तान्तरण।

Address

Gaurighat
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hindu Swayamsevak Sangh NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hindu Swayamsevak Sangh NEPAL:

Shortcuts

Share