10/19/2026
आदिवासी रंगशाला नै कायम गरौँ! आदिवासी पहिचान र अस्तित्वको सम्मान गरौँ!
झापाको कमल गाउँपालिकामा आदिवासी जनजाति रंगशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको परियोजनालाई पछि मदन भण्डारी रंगशालाका रूपमा अघि बढाइएपछि विवाद उत्पन्न भएको हो। सयौँ आदिवासी जनजातिका पुर्खाहरूको समाधिस्थल रहेको उक्त ठाउँलाई खनेर रंगशाला निर्माण गरिएको विषय आदिवासी समुदायको इतिहास, संस्कृति, आस्था र पहिचानसँग जोडिएको छ। त्यसैले उक्त रंगशालालाई पुनः आदिवासी रंगशाला नामकरण गर्नुपर्ने आवाज उठाउँदै आउनुभएकी माननीय सांसद यज्ञमणिज्युको पहल स्वागतयोग्य छ। नयाँ सरकारले आदिवासी जनजातिको पहिचान र भावनाको सम्मान गर्दै यस रंगशालाको नाम आदिवासी रंगशाला नै कायम गर्नुपर्छ।
संसारभरिका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई यस अभियानमा एकजुट भएर आवाज उठाउन हार्दिक आह्वान गर्दछौँ। हामी आदिवासी जनजातिहरू आफ्नो पुर्खाको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको यस स्थललाई मदन भण्डारी रंगशालाका रूपमा स्वीकार गर्दैनौँ। यो कुनै व्यक्तिविशेषप्रतिको विरोध होइन, आदिवासी पहिचान र ऐतिहासिक अस्तित्वको सम्मानका लागि उठाइएको आवाज हो। आउनुहोस्, संसारभरिका आदिवासी जनजाति एकजुट बनौँ र सशक्त रूपमा समर्थन गरौँ। हाम्रो पहिचान, हाम्रो गौरव आदिवासी रंगशाला कायम गर!