01/09/2026
रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ साल भाद्र १० गते आएको भीषण बाढीले विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको घटनाले प्लानेटरी हेल्थ रिसर्च सेन्टर परिवारलाई स्तब्ध एवं मर्माहत बनाएको छ । यस विपत्तिमा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति हाम्रो संस्थाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोज तथा उद्धार, उपयुक्त व्यवस्थापन, र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ । यस दुखद् घडीमा प्रभावित क्षेत्रमा खटिई उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहनुभएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सहयोगी निकायहरूलाई हार्दिक आभार प्रकट गर्दछौँ ।
प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनर्स्थापना कार्यमा टेवा पुर्याउने उद्देश्यले हाम्रो प्लानेटरी हेल्थ रिसर्च सेन्टरले रू. १,०१,०००/- (एक लाख एक हजार रूपैयाँ) “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा आर्थिक सहयोग प्रदान गरेको छ । हामी सबैलाई आ–आफ्नो क्षमता अनुसार एकअर्कालाई साथ, सहयोग र सहकार्य गर्न हार्दिक अपिल गर्दछौँ ।
- प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पिएचआरसी), नेपाल परिवार
, Planetary Health Alliance