Human Rights Alliance

Human Rights Alliance National Alliance for Human Rights and Social Justice-Nepal (Human Rights Alliance) is a coalition of Nepali non governmental human rights organizations.

National Alliance for Human Rights and Social Justice – Nepal (Human Rights Alliance), a Coalition of Nepali non- governmental human rights organisations dedicated to a cause of freedom, human rights, social justice, and peace in Nepal was established in 1996 in the initiation of some leading human rights NGOs in order for bring together like-minded human rights organisations to build nationwide h

uman rights movement conducive for all to realize their basic rights. Since 1999, Human Rights Alliance was formally registered as an umbrella organisation for human rights and social justice. It envisages a world where people would assert and enjoy all human rights, and thereby experience peace and prosperity. Human Rights Alliance has well practised the inclusion of a wide variety of ethnic, caste, linguistic, religious and other marginalised communities in its organisational structure from the centre to the districts which follow democratic processes for selection of the committee members. This mechanism promotes more collaboration between excluded and others rather than creating just exclusionary groups. It has been envisaged that such a collaborative practice will create harmony among all the groups in the long run and bring policy changes on the issues of human rights. As per the constitution of the Organisation, Human Rights Alliance has conducted three periodic conventions and two national level council’s meetings so far. The umbrella organization, being the largest network of human rights NGOs throughout the country has now more than 1500 member organizations. The Organization has the central office in Kathmandu, five regional offices and 75 district chapters. The number of the organizational members in the centre, region and district depends on the democratic practice of conventions to be organized in all levels as per the Constitution of the Organization.

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको केन्द्रीय समितिको बैठक २०८३ श्रावण १२ गते सम्पन्न भएको छ। बैठकले नेपालमा ...
28/07/2026

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको केन्द्रीय समितिको बैठक २०८३ श्रावण १२ गते सम्पन्न भएको छ। बैठकले नेपालमा मानव अधिकारको पछिल्लो स्थिति भूमिहीन विपद तथा जोखिममा परेका नागरिकहरू, देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना मानवअधिकारका उल्लङ्घन आदिका विषयमा छलफल भएको छ। मानव अधिकारको संरक्षण सम्बर्धनका निम्ति लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास सिविक स्पेसलाई खुम्चाउन नदिन आफ्नो आफ्नो जिल्ला प्रदेशबाट छलफल बहस पैरवी गर्ने निर्णय गरेको छ।

२०८३ साउन १० गतेको घटनाको सन्दर्भमा मानवअधिकार एलायन्स कोशी प्रदेशद्वारा जारी विज्ञप्ति
27/07/2026

२०८३ साउन १० गतेको घटनाको सन्दर्भमा मानवअधिकार एलायन्स कोशी प्रदेशद्वारा जारी विज्ञप्ति

27/07/2026

Press Release

प्रेस विज्ञप्ति
११ साउन, २०८३

सामाजिक सद्भाव कायम राख्न अपील
सुनसरीको देवानगञ्ज घटनाको आयोगले अनुसन्धान गर्ने

सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाको बारेमा जानकारी लिइरहेको छ । आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।

पोलमा झण्डा राख्ने विषयमा दुई समुदाय बिच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ । घाइतेहरुमध्ये ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगलाई जानकारी प्राप्त भएको छ ।

घटनापश्चात घटनाको विरोधमा ठाउँठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका समाग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको छ । कप्तानगञ्जलगायतका स्थानहरुमा हाल स्थिति तनाबग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।

उक्त घटनापश्चात् सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, शान्तिपूर्ण रुपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई अनुरोध गर्दछ ।

……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Link :https://www.nhrcnepal.org/uploads/press_release/NHRC_Nepal_Press_Release-2083-4-11.pdf

27/07/2026
27/07/2026

सुनसरीको देवानगञ्ज मा हिजो भएको घटनाको निष्पक्ष छानबिन र दोषी उपर कारबाहीको निम्ति जोडदार माग गर्दछौं।

25/07/2026

देशमा भइरहेका सबै प्रकारका मानवअधिकार र लोकतन्त्र विरोधी गतिविधिहरूको हामी निन्दा गर्दछौँ।

सहभागिताको निम्ति हार्दिक अनुरोध
22/07/2026

सहभागिताको निम्ति हार्दिक अनुरोध

भावपूर्ण श्रद्धाञ्जली।लोकतन्त्रका योद्धा तथा २०४६ तथा २०६२/६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका ना...
19/07/2026

भावपूर्ण श्रद्धाञ्जली।
लोकतन्त्रका योद्धा तथा २०४६ तथा २०६२/६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका नागरिक समाजका एक आदरणीय ब्यक्तित्व देवेन्द्रराज पाण्डे ज्युको निधनको खबरले हामी स्तब्ध भएका छौं वहाँ नेपाल मानव अधिकार संगठनको संस्थापक उपाध्यक्ष, २०४६ सालको जनआन्दोलनपछि नागरिक समाजको प्रतिनिधित्व गर्दै किसुनजीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा अर्थमन्त्री बन्नु भयो।
२०६२/०६३को जनआन्दोलनलाई सफल पार्न 'नागरिक आन्दोलन'‌ गठनको पहल गरेर सबै नागरिकलाई एक जुट गराउँन समेत उहाँको भूमिका महत्वपूर्ण छ ।
दिवंगत आदरणीय देवेन्द्रराज ज्युको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौंl

https://inseconline.org/insec-activity/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b...
16/07/2026

https://inseconline.org/insec-activity/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%b5-2/

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल (मानव अधिकार एलाइन्स) र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्...

Address

P. O. Box 9993, New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Human Rights Alliance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Rights Alliance:

Shortcuts

Share