AAGSU Udalguri District Committee

AAGSU Udalguri District Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AAGSU Udalguri District Committee, Community Organization, Udalguri.

आज हरिसिङ्गा आञ्चलिक अन्तर्गत ३नं लिसिङ प्राथमिक विद्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको ४३औ प्रतिन...
16/08/2026

आज हरिसिङ्गा आञ्चलिक अन्तर्गत ३नं लिसिङ प्राथमिक विद्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको ४३औ प्रतिनिधि सभा सुचारू रूपले अनुष्ठित गर्नको निम्ति एक शक्तिशाली स्वागतकारिणी समिति गठन हुन्छ।

आजको सभाले आग्सु उदालगुडी जिल्ला समितिको ४३औ द्वि-वार्षिक प्रतिनिधि सभा आगामी २०सेप्टेम्बर,२०२६ हरिसिङ्गा आञ्चलिक अन्तर्गत ३नं लिसिङ प्राथमिक विद्यालय प्रांगणमा अनुष्ठित गर्ने प्रस्ताव पारित गर्दछ र साथै प्रतिनिधि सभा सफल रूपले समापन गर्नको निम्ति आजको सभाले देवराज नेउपाने ज्यूलाई सभापति लीलानाथ दाहाललाई कार्यकारी सभापति र नवीन दाहाल ज्यूलाई मूलसचिव को दायित्व दिँदै एउटा दर्बिलो स्वागतकारिणी समिति गठन गर्दछ।

आजको सभा सभापतित्व गर्नुहुन्छ आग्सु उदालगुडी जिल्ला समितिका सम्माननीय भारप्राप्त सभापति किशोर काश्यप ज्यूले र सभा सञ्चालन गर्नुहुन्छ जिल्ला समितिका मान्यवर मूलसचिव किशोर सिर्पाली ज्यूले।

आजको सभामा उपस्थित हुनुहुन्थ्यो आग्सु केन्द्रीय समितिका सम्माननीय सांस्कृतिक सचिव त्रिदेव विष्टज्यू,अगोस उदालगुडी जिल्ला समितिका सम्माननीय उप-सभापति देवराज नेउपाने ज्यू,आग्सु उदालगुडी जिल्ला समितिका उप-सभापति सञ्जीव चोैहान ज्यू,सञ्जीव खतिवडा ज्यू,किरण सिग्देल ज्यू सचिव हेमराज छेत्री ज्यू सांगठनिक सचिव पवन खनाल ज्यू,इन्द्र प्रधान ज्यू शिक्षा सचिव रूपम आत्रेय ज्यू प्रचार सचिव तिलक गोैतम ज्यू,नव शर्मा ज्यू,वित्त सचिव खगेन गोैतम ज्यू,जिल्ला कार्यकारिणी सदस्य विकाश भट्टराई ज्यू,मनोज राउट ज्यू ,उदालगुडी जिल्ला अन्तर्गत विभिन्न आञ्चलिक समितिका सम्माननीय सभापति,मूलसचिव लगायत सदस्यवृन्द,हरिसिङ्गा आञ्चलिक अन्तर्गत विभिन्न शाखा समितिका सम्माननीय सभापति मूलसचिव लगायत पदाधिकारीगण ,विभिन्न संस्था संगठनका नेतृत्ववर्ग,अभिभावकवर्ग, शिक्षकगण र स्थानीय समाज ।
All Assam Gorkha Students' Union
अखिल असम गोर्खा छात्र संघ,
उदालगुडी जिल्ला समिति ।
मिति:१६/८/२०२६

आज अंग्रेजी१३/८/२०२६ को दिन जिल्ला कार्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको एउटा वर्धित कार्यकारिणी ...
13/08/2026

आज अंग्रेजी१३/८/२०२६ को दिन जिल्ला कार्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको एउटा वर्धित कार्यकारिणी सभा सु- सम्पन्न हुन्छ ।

आजको सभा सभापतित्व गर्नुहुन्छ आग्सु उदालगुडी जिल्ला समितिका सम्माननीय भारप्राप्त सभापति किशोर काश्यप ज्यूले र सभा सञ्चालन गर्नुहुन्छ उदालगुडी जिल्ला समितिका मान्यवर मूलसचिव किशोर सिर्पाली ज्यूले।आजको सभामा उपस्थित हुनुहुन्थ्यो आग्सुका सम्माननीय कार्यनिर्वाहक सदस्य राम छेत्री ज्यू र उदालगुडी जिल्ला अन्तर्गत११वटा आञ्चलिक समितिका सभापति मूलसचिव लगायत सम्माननीय सदस्यगण।

आजको सभाले सर्वसम्मतिले निम्न उल्लेखित प्रस्ताव पारित गर्दछ।

१)आजको सभाले हरिसिङ्गामा आग्सु उदालगुडी जिल्ला समितिको ४३ओैं प्रतिनिधि सभा आगामी २० सेप्टेम्बर २०२६ मा अनुष्ठित गर्ने प्रस्ताव पारित गर्दछ।

अखिल असम गोर्खा छात्र संघ,
उदालगुडी जिल्ला समिति ।
All Assam Gorkha Students' Union

आज अंग्रेजी११/८/२०२६ को दिन जिल्ला कार्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको एउटा कार्यकारिणी सभा सु-...
11/08/2026

आज अंग्रेजी११/८/२०२६ को दिन जिल्ला कार्यालयमा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको एउटा कार्यकारिणी सभा सु- सम्पन्न हुन्छ ।

आजको सभा सभापतित्व गर्नुहुन्छ आग्सु उदालगुडी जिल्ला समितिका सम्माननीय भारप्राप्त सभापति किशोर काश्यप ज्यूले र सभा सञ्चालन गर्नुहुन्छ उदालगुडी जिल्ला समितिका मान्यवर मूलसचिव किशोर सिर्पाली ज्यूले।

आजको सभाले आगामी असम गोर्खा सम्मेलनको केन्द्रीय अधिवेशन र वर्तमानको परिस्थिति लाई मध्यनजर राख्देै अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको ४३ ओं प्रतिनिधि सभा मार्फत नया समिति चयन गर्नुपर्ने विषयमा चिन्ता चर्चा गर्दछ र अधिवेशन अनुष्ठित नगर्ने सिद्धान्त ग्रहण गर्दछ।

आजको सभाले सर्वसम्मतिले निम्न उल्लेखित प्रस्ताव पारित गर्दछ।

१)आजको सभाले आग्सु उदालगुडी जिल्ला समितिको ४३ओैं प्रतिनिधि सभा आगामी २० सेप्टेम्बर २०२६ मा अनुष्ठित गर्ने प्रस्ताव पारित गर्दछ।

२)आजको सभाले आगामी प्रतिनिधि सभामा 'प्रभात' विमोचनको निम्ति मुखपात्र सम्पादक धर्मेन्द्र गोैतम र सचिव को रूपमा तिलक गोैतम,रूपम आत्रेय,दीपक अधिकारी र नव शर्मालाई दायित्व प्रदान गर्दछ।

अखिल असम गोर्खा छात्र संघ,
उदालगुडी जिल्ला समिति ।
All Assam Gorkha Students' Union

आज अंग्रेजी १०/८/२०२६ को दिन आग्सु खोैरांङ आञ्चलिक समितिको उद्योगमा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको स्मृतिमा ...
09/08/2026

आज अंग्रेजी १०/८/२०२६ को दिन आग्सु खोैरांङ आञ्चलिक समितिको उद्योगमा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको स्मृतिमा आयोजित १२ओं फुटबल प्रतियोगिता मनपुर खेलमैदानमा शुभारम्भ हुन्छ । आजको पहिलो खेल GALAXY FC र ROYAL ADEN CLUB को बीच अनुष्ठित हुन्छ जहाँ Royal Aden Club ले Galaxy FC लाई 3-0
गोल को अन्तरमा पराजित गर्दछ। आजको खेल उद्घाटन गर्नुहुन्छ अखिल असम गोर्खा छात्र उदालगुडी जिल्ला समितिका सम्माननीय भारप्राप्त सभापति किशोर काश्यप ज्यूले।आजको अनुष्ठानमा टि एल सी सी अध्यक्ष सोमेश्वर वारी ,आग्सु बि टि आर क्षेत्रीय समितिका मान्यवर उप सभापति पूर्ण विष्ट ज्यू जिल्ला समितिका कार्यकर्ता र अनिश्चित दर्शकहरूको उपस्थितिमा साथै आञ्चलिक समिति र परिचालना समितिको आतिथ्यमा आजको खेल तथा अनुष्ठान सफल रूपले सम्पन्न हुन्छ।

आगामी खेलहरू उपभोग गर्न हुन साथै युवा प्रतिभा हरूलाई प्रोत्साहन दिन को निम्ति जिल्ला समितिको तर्फबाट सवैजनालाई हार्दिक अनुरोध टक्राउँदछोैं।

अखिल असम गोर्खा छात्र संघ,
उदालगुडी जिल्ला समिति।

08/08/2026
जन्मदिनको शुभकामना 🎂❣️🍫अखिल असम गोर्खा छात्र संघ बि टि आर क्षेत्रीय समितिका सम्माननीय सभापति रोहित कुमार दाहाल ज्यूलाई ज...
07/08/2026

जन्मदिनको शुभकामना 🎂❣️🍫

अखिल असम गोर्खा छात्र संघ बि टि आर क्षेत्रीय समितिका सम्माननीय सभापति रोहित कुमार दाहाल ज्यूलाई जन्मदिनको पावन अवसरमा उदालगुडी जिल्ला समिति तर्फबाट हार्दिक शुभकामना ज्ञापन गर्दछौं ।

आगामी दिनहरूमा जाति प्रति रहेको हजुरको प्रेम अझ निरन्तर रूपले जारी रहोस् साथै सु-स्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको साथ हजुरको पारिवारिक,सांगठनिक तथा सामाजिक जीवन सुखमय र सुमधुर बनोस् भन्ने कामना गर्दै जिल्ला समिति तर्फबाट पुनः जन्मदिनको असीमित शुभकामना ज्ञापन गर्दछौं ।

अखिल असम गोर्खा छात्र सङ्घ (AAGSU), उदालगुरी आञ्चलिक समिति र जिल्ला समितिको टोली हिजो २५/७/२०२६को दिन दुई विशिष्ट व्यक्त...
26/07/2026

अखिल असम गोर्खा छात्र सङ्घ (AAGSU), उदालगुरी आञ्चलिक समिति र जिल्ला समितिको टोली हिजो २५/७/२०२६को दिन दुई विशिष्ट व्यक्तित्वको निवासमा उपस्थित भई शिक्षा विषयमा PhD उपाधि हासिल गर्नुभएकी डा. लमिता क्षेत्रीज्यूलाई उहाँको उल्लेखनीय शैक्षिक उपलब्धिका लागि हार्दिक बधाई तथा सम्मान व्यक्त गरिन्छ।

त्यसैगरी, डा. सर्वपल्ली राधाकृष्णनको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित “गुरु चरित्र पुरस्कार” बाट सम्मानित हुनुभएका श्री मोहन कुमार राउतज्यूलाई पनि हार्दिक बधाई तथा सम्मान व्यक्त गरिन्छ।

उहाँहरू दुवैको उपलब्धिले उदालगुरी जिल्ला मात्र होइन, सम्पूर्ण गोर्खा समाजलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा पनि शिक्षा, समाज र राष्ट्रप्रति उहाँहरूको योगदान अझ उचाइमा पुगिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सबैजनाको सानो सहयोगले बाढी पीडितहरूको लागि ठुलो सहायता हुनेछ 🙏
25/07/2026

सबैजनाको सानो सहयोगले बाढी पीडितहरूको लागि ठुलो सहायता हुनेछ 🙏

आह्वान।।
Sanjib Chauhan
Numal Chetry
All Assam Gorkha Students' Union

Address

Udalguri
784509

Website

Alerts

Be the first to know and let us send you an email when AAGSU Udalguri District Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to AAGSU Udalguri District Committee:

Shortcuts

Share