तामाङ समाज पोर्तुगल Tamang Association Portugal

तामाङ समाज पोर्तुगल Tamang Association Portugal Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de तामाङ समाज पोर्तुगल Tamang Association Portugal, Organização comunitária, Rua Lucinda Simões 9, Lisbon.
(1)

हाम्रो तामाङ जातिको मौलिक भाषा ,धर्म ,संस्कार संस्कृति र भेष भूषालाई प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले ''तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढीकरण'' भन्ने मुल नाराका साथ ई.स.२०११ मा स्थापना भएको संस्था तामाङ समाज पोर्तुगल ।🇳🇵🇵🇹🙏

केवा रेला ज्याबाडान्बा 🎂जन्मदिनको शुभकामना 🎉तामाङ समाज पोर्तुगलका सक्रिय सदस्य  श्री पुजा मोक्तान तामाङज्यूलाई आज पर्न ग...
27/08/2026

केवा रेला ज्याबाडान्बा 🎂
जन्मदिनको शुभकामना 🎉

तामाङ समाज पोर्तुगलका सक्रिय सदस्य श्री पुजा मोक्तान तामाङज्यूलाई आज पर्न गएको जन्मदिनको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। तपाईंका हरेक सपना तथा चाहनाहरू पूरा हुँदै जाऊन् र समाजप्रतिको तपाईंको सक्रियता एवं योगदान अझ निरन्तर रहिरहोस् भन्ने कामना गर्दछौँ।
🎈🎊 जन्मदिनको धेरै धेरै शुभकामना! 🎊🎈

सहयोग लागि हार्दिक अपिल यस दुःखद विपत घडीमा सबैले व्यक्तिगत र संस्थागत तवरले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दा...
27/08/2026

सहयोग लागि हार्दिक अपिल यस दुःखद विपत घडीमा सबैले व्यक्तिगत र संस्थागत तवरले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दाछौं।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

🪔विपत घटना प्रति दुःख व्यक्त तथा हार्दिक समवेदना🕯️आज बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसु...
26/08/2026

🪔विपत घटना प्रति दुःख व्यक्त तथा हार्दिक समवेदना🕯️

आज बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपुर जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले तामाङ समाज पोर्तुगल अत्यन्त मर्माहत भएको छौं।
यस प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति तामाङ समाज पोर्तुगल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। यस विपद्को बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा सकुशल उद्धारका लागि सम्पूर्ण सरोकारवाला निकायलाई उद्धार तथा राहत कार्यलाई तीव्र, प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन हार्दिक अपिल गर्दछौँ।
तामाङ समाज पोर्तुगल यस दुःखद घडीमा नेपालमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत बाढी प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्धता व्यक्त गर्दछ। पोर्तुगलका सम्पूर्ण संघसंस्था, व्यवसायी, नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ।
प्राकृतिक विपत्तिको यस कठिन समयमा “पीडितको उद्धार, राहतमा सहयोग र पुनर्स्थापनामा सहकार्य” लागि तामाङ समाज पोर्तुगल तात्काल विपद् प्रभावित नागरिकको सहयोग तथा मानवीय सेवाका लागि आवश्यक पहल र सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछ।
तामाङ समाज पोर्तुगल परिवार

तामाङ समाज पोर्चुगलका आदरणीय अध्यक्ष श्री कुमार सिंह बलज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 💐✨🎂🎉❤️🙏​भगवान बुद्धको...
25/08/2026

तामाङ समाज पोर्चुगलका आदरणीय अध्यक्ष श्री कुमार सिंह बलज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 💐✨🎂🎉❤️🙏
​भगवान बुद्धको आशीर्वादले हजुरलाई सधैँ सुस्वास्थ्य, शान्ति र समृद्धि प्राप्त होस्। प्रवासमा रहेका सम्पूर्ण नेपाली तथा तामाङ समुदायलाई जोड्ने हजुरको यो अभियान निरन्तर अघि बढोस्। हजुरको ऊर्जाशील र कुशल नेतृत्वले समाजलाई सधैँ नयाँ उचाइमा पुर्‍याइरहोस्।
​थुजेछे लास्सो 'फ्याफुल्ला' / धन्यवाद! 🙏
—तामाङ समाज पोर्चुगल परिवार

शुभ जन्मदिनको हार्दिक शुभकामनातामाङ समाज पोर्तुगलका संरक्षक सल्लाहकार श्री दावा साङ लामा ज्यूलाई आज पर्न गएको यहाँको शुभ...
21/08/2026

शुभ जन्मदिनको हार्दिक शुभकामना
तामाङ समाज पोर्तुगलका संरक्षक सल्लाहकार श्री दावा साङ लामा ज्यूलाई आज पर्न गएको यहाँको शुभ जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको जीवन सधैँ खुशी, उमंग र सफलताले भरिपूर्ण रहोस्। समाजप्रतिको यहाँको निरन्तर योगदान, मार्गदर्शन र अभिभावकीय भूमिकाले आगामी दिनमा अझै निरन्तरता पाओस् भन्ने कामनासहित जन्मदिनको धेरै–धेरै शुभकामना व्यक्त गर्दछौँ।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉🙏
तामाङ समाज पोर्तुगल परिवार

🎼💐हार्दिक धन्यवाद तथा आभार🙏🥀तामाङ समाज पोर्तुगलद्वारा पोर्तुगलमा पहिलो पटक आयोजित ऐतिहासिक सांस्कृतिक कार्यक्रम “डम्फु स...
18/08/2026

🎼💐हार्दिक धन्यवाद तथा आभार🙏🥀
तामाङ समाज पोर्तुगलद्वारा पोर्तुगलमा पहिलो पटक आयोजित ऐतिहासिक सांस्कृतिक कार्यक्रम “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” लाई सफल बनाउन अमूल्य आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण व्यवसायी, उद्योगी तथा व्यवसायी महानुभावहरूप्रति तामाङ समाज पोर्तुगल परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
यस ऐतिहासिक सांस्कृतिक कार्यक्रमप्रति विश्वास राख्दै आफ्नो व्यस्त समयका बाबजुद आर्थिक सहयोग गरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण व्यवसायी तथा सहयोगी मनहरूप्रति हामी हृदयदेखि नै आभारी छौं।
यहाँहरूको सहयोगले तामाङ भाषा, कला, संस्कृति, मौलिक परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। पोर्तुगलमा पहिलो पटक आयोजित यस ऐतिहासिक कार्यक्रमको सफलतामा यहाँहरूको योगदान सदैव स्मरणीय रहनेछ।
आगामी दिनहरूमा पनि तामाङ समाज पोर्तुगलका सामाजिक तथा सांस्कृतिक अभियानहरूमा यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त भइरहने विश्वास लिएका छौं।
सम्पूर्ण व्यवसायी तथा सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद तथा उच्च सम्मान!
तामाङ समाज पोर्तुगल परिवार

📸 ऐतिहासिक “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” का विशेष तस्बिरहरूमिति २०२६ अगस्ट ९, आइतबार तामाङ समाज पोर्तुगलद्वार...
17/08/2026

📸 ऐतिहासिक “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” का विशेष तस्बिरहरू
मिति २०२६ अगस्ट ९, आइतबार तामाङ समाज पोर्तुगलद्वारा पोर्तुगलमा पहिलो पटक आयोजित ऐतिहासिक सांस्कृतिक कार्यक्रम “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” मा तामाङ मौलिक कला, संस्कृति, संगीत र पहिचानलाई पोर्तुगलको भूमिमा प्रस्तुत गरिएको यस ऐतिहासिक कार्यक्रमका विशेष सांस्कृतिक प्रस्तुति तथा कार्यक्रमका केही झलक तस्बिरहरू।
कार्यक्रमलाई भव्य र सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण कलाकार, अतिथि, दाता, व्यवसायी, सहयोगी तथा दर्शकहरूमा हार्दिक धन्यवाद तथा आभार। 🙏
तामाङ समाज पोर्तुगल परिवार

📸 ऐतिहासिक “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” का विशेष तस्बिरहरूमिति २०२६ अगस्ट ९, आइतबार तामाङ समाज पोर्तुगलद्वार...
17/08/2026

📸 ऐतिहासिक “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” का विशेष तस्बिरहरू
मिति २०२६ अगस्ट ९, आइतबार तामाङ समाज पोर्तुगलद्वारा पोर्तुगलमा पहिलो पटक आयोजित ऐतिहासिक सांस्कृतिक कार्यक्रम “डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६” मा नेपालबाट आमन्त्रित चर्चित कलाकार विश्व दोङको शानदार सांस्कृतिक प्रस्तुति सम्पन्न भएको थियो।
🇳🇵🎶 तामाङ मौलिक कला, संस्कृति, संगीत र पहिचानलाई पोर्तुगलको भूमिमा प्रस्तुत गरिएको यस ऐतिहासिक कार्यक्रमका विशेष सांस्कृतिक प्रस्तुति तथा कार्यक्रमका केही झलक तस्बिरहरू।
कार्यक्रमलाई भव्य र सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण कलाकार, अतिथि, दाता, व्यवसायी, सहयोगी तथा दर्शकहरूमा हार्दिक धन्यवाद तथा आभार। 🙏
तामाङ समाज पोर्तुगल परिवार

13/08/2026

तामाङ समाज पोर्तुगल द्वारा आयोजित डम्फु सेलो तथा म्हेन्दो माया साँझ कार्यक्रम 2026 मा डम्फु गीतलाई आफ्नो कला, स्वर र प्रस्तुतिमार्फत जीवन्त बनाउन महत्वपूर्ण योगदान दिनुहुने कलाकारहरू श्री रामबाबु योन्जन , रमित लामा प्रख्यात मोक्तान , भारती तामाङ ,दिपा तामाङ प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

त्यसैगरी, आफ्नो सुमधुर स्वर, उत्कृष्ट वादन, मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई आकर्षक र अविस्मरणीय बनाउनुहुने सम्पूर्ण कलाकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
तपाईंहरूको कला, समर्पण र मेहनतले हाम्रो तामाङ मौलिक संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न थप ऊर्जा प्रदान गरेको छ।

गीतका शब्दमार्फत तामाङ भाषा, संस्कृति, परम्परा, पहिचान र डम्फुको मौलिकतालाई उजागर गर्नुहुने गीतकार जीवन बोम्जन तामाङज्यूप्रति विशेष धन्यवाद।
तामाङ समाज पोर्तुगल
कार्यक्रम :- डम्फु सेलो तथा म्हेन्दो माया साँझ 2026
9 अगष्ट 2026 आइतबार

Endereço

Rua Lucinda Simões 9
Lisbon
1900-069

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando तामाङ समाज पोर्तुगल Tamang Association Portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Em destaque

Compartilhar