तामाङ समाज पोर्तुगल Tamang Samaj Portugal

Como chegar Website

तामाङ समाज पोर्तुगल Tamang Samaj Portugal Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de तामाङ समाज पोर्तुगल Tamang Samaj Portugal, Organização comunitária, Rua Lucinda Simões 9, Lisboa.
(1)

हाम्रो तामाङ जातिको मौलिक भाषा ,धर्म ,संस्कार संस्कृति र भेष भूषालाई प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले ''तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढीकरण'' भन्ने मुल नाराका साथ ई.स.२०११ मा स्थापना भएको संस्था तामाङ समाज पोर्तुगल ।🇳🇵🇵🇹🙏

🙏जन्मदिनको शुभकामना🎁🎉🎂     🙏केवा रेला ज्याबाडान्बा 💐हाम्रो गौरवमय संस्था तामाङ समाज पोर्तुगलका कोषाध्यक्ष श्रीमती मिलन ल...
28/10/2026

🙏जन्मदिनको शुभकामना🎁🎉🎂
🙏केवा रेला ज्याबाडान्बा 💐
हाम्रो गौरवमय संस्था तामाङ समाज पोर्तुगलका कोषाध्यक्ष श्रीमती मिलन लामा तामाङ ज्यू को आज पर्न गएको शुभ जन्मदिनको सुखद अवसरमा उहाँप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

साथै, सामाजिक सेवाप्रतिको यहाँको योगदान, सक्रियता र समर्पण अझ सशक्त हुँदै जाओस् भन्ने कामना गर्दछौँ।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

📢सूचना       सूचना        सूचना📢🙏🇵🇹सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२७ सम्बन्धमामिति ५...
27/10/2026

📢सूचना सूचना सूचना📢🙏🇵🇹

सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२७ सम्बन्धमा

मिति ५ अक्टोबर २०२६ का दिन बसेको तामाङ समाज पोर्तुगलका पदाधिकारी तथा सल्लाहकार समितिको बैठकको निर्णयअनुसार आगामी ७ फेब्रुअरी २०२७, आइतबारका दिन पोर्तुगलको लिस्बनमा तामाङ जातिको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मञ्जुश्री संवत् २८६३ ल्हुग/घ्यू ल्हो (भेडा वर्ग) को पावन अवसरमा सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२७ आयोजना गरी भव्यताका साथ सोनाम ल्होछार मनाउने निर्णय भएको व्यहोरा सम्पूर्ण तामाङ समुदाय तथा पोर्तुगलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराउँदछौँ।

यस कार्यक्रमले हाम्रो मौलिक भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

विशेष अनुरोध तथा अपिल
आगामी ७ फेब्रुअरी २०२७, आइतबारका दिन पोर्तुगलमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक संघ–संस्था तथा विभिन्न सांस्कृतिक एवं व्यावसायिक कार्यक्रम आयोजना गर्ने आयोजकहरूलाई उक्त दिन अन्य कार्यक्रमहरू नजुधाई तामाङ समाज पोर्तुगलद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रमलाई सफल बनाउन सहयोग, समन्वय र सहकार्य गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

🙏 विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 🙏हिजो मिति १९ अक्टोबर २०२६, सोमबारका दिन पोर्तुगलको लिस्बनस्थित एभ...
20/10/2026

🙏 विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 🙏
हिजो मिति १९ अक्टोबर २०२६, सोमबारका दिन पोर्तुगलको लिस्बनस्थित एभरेष्ट रेष्टुरेन्टमा लेखक तथा अनुसन्धानकर्ता डा. भोजविक्रम बुढामगर ज्यूसँग एक विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा उहाँको लेखन, अनुसन्धान, अनुभव तथा विभिन्न आदिवासीका राजनीतिक सवाल ,सामाजिक, सांस्कृतिक र बौद्धिक विषयहरूमा विचार–विमर्श तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा आफ्नो अमूल्य समय, विचार तथा अनुभव साझा गरिदिनुभएकोमा लेखक तथा अनुसन्धानकर्ता डा. भोजविक्रम बुढामगर ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै, कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तामाङ समाज पोर्तुगल
हार्दिक धन्यवाद

🙏हार्दिक बधाई तथा शुभकामना 💐🇵🇹हिजो मिति १८ अक्टोबर २०२६, आइतबारका दिन लिस्बनस्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न धादिङ सम...
19/10/2026

🙏हार्दिक बधाई तथा शुभकामना 💐🇵🇹

हिजो मिति १८ अक्टोबर २०२६, आइतबारका दिन लिस्बनस्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न धादिङ समाज पोर्तुगलको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएका श्री राम चन्द्र घिमिरे ज्यू लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

🙏जन्मदिनको शुभकामना!🙏🎂💐🙏केवा रेला ज्याबाडान्बा 🎂🎁🎉हाम्रो गौरवमय संस्था तामाङ समाज पोर्तुगलका सह–कोषाध्यक्ष श्री जीवन स्य...
18/10/2026

🙏जन्मदिनको शुभकामना!🙏🎂💐
🙏केवा रेला ज्याबाडान्बा 🎂🎁🎉
हाम्रो गौरवमय संस्था तामाङ समाज पोर्तुगलका सह–कोषाध्यक्ष श्री जीवन स्याङतान ज्यू को आज पर्न गएको शुभ जन्मदिनको सुखद अवसरमा उहाँप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनहरूमा यहाँको जीवन सुखमय, सफल र उपलब्धिमूलक बनोस्।
तामाङ समाज पोर्तुगल परिवार

🙏म्हेनिङ तथा विजयादशमी,बडादशैको शुभकामना 🌸🙏तामाङ जातिको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको मौलिक पर्व म्हेनि...
18/10/2026

🙏म्हेनिङ तथा विजयादशमी,बडादशैको शुभकामना 🌸🙏

तामाङ जातिको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको मौलिक पर्व म्हेनिङ तथा सम्पूर्ण नेपालीहरूको महान् चाड विजयादशमी एवं बडादशैँ २०८३ को पावन अवसरमा यस संस्थाका शुभेच्छुक,सल्लाहकार,कार्यसमिति सदस्यहरु लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यी पवित्र पर्वहरूले हामी सबैमा आपसी सद्भाव, भ्रातृत्व, एकता, प्रेम र सहिष्णुता अभिवृद्धि गर्दै आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्न थप प्रेरणा प्रदान गरोस्।

म्हेनिङ तथा विजयादशमी–बडादशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏
तामाङ समाज पोर्तुगल परिवार 🇵🇹

🙏 हार्दिक बधाई तथा शुभकामना 💐हिजो मिति १६ अक्टोबर २०२६ गते सम्पन्न नेपाल तामाङ समाज ओमानको पाँचौं अधिवेशनबाट पुनः अध्यक्...
17/10/2026

🙏 हार्दिक बधाई तथा शुभकामना 💐
हिजो मिति १६ अक्टोबर २०२६ गते सम्पन्न नेपाल तामाङ समाज ओमानको पाँचौं अधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएका श्री पासाङ मोक्तान ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्य ज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
यहाँहरूको नेतृत्वमा तामाङ समाज ओमानले तामाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै संस्थागत विकास, सामाजिक एकता र आपसी भाइचारा अभिवृद्धिमा थप सफलता हासिल गर्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

🇪🇺 हार्दिक निमन्त्रणा 💐🙏युरोपेली तामाङ भेला २०२६CONNECT | PRESERVE | EMPOWERआदरणीय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू,युरोपभ...
16/10/2026

🇪🇺 हार्दिक निमन्त्रणा 💐🙏
युरोपेली तामाङ भेला २०२६

CONNECT | PRESERVE | EMPOWER

आदरणीय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू,
युरोपभरि रहनुभएका सम्पूर्ण तामाङ संघसंस्था, समुदायका अगुवा, युवा, महिला, सामाजिक अभियन्ता तथा शुभेच्छुक महानुभावहरूमा सादर नमस्कार तथा तामाङ अभिवादन! 🙏

युरोपभरि छरिएर रहनुभएका तामाङ समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै हाम्रो मौलिक भाषा, संस्कृति, परम्परा, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ युरोपका सम्पूर्ण क्रियाशील तामाङ संघ संस्थाहरुको संयुक्त आयोजनामा युरोपेली तामाङ भेला २०२६ हुन गइरहेको सहर्ष जानकारी गराउँदछौँ।

यस ऐतिहासिक भेलाले युरोपभरिका तामाङ समुदायबीच आपसी एकता, भाइचारा, सहकार्य र सद्भाव अभिवृद्धि गर्नुका साथै भावी पुस्तामा हाम्रो मौलिक पहिचान हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
यसर्थ, उक्त विशेष भेलामा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। यहाँहरूको सहभागिता, साथ, सहयोग र अमूल्य विचारले हाम्रो साझा अभियानलाई थप सशक्त बनाउनेछ।
पोर्तुगलको लागि कार्यक्रमको बारे जानकारी लिन
तामाङ समाज पोर्तुगलका अध्यक्ष कुमार सिं बल सम्पर्क गर्न अनुरोध गर्दाछौं।

+351 920 405 746 WhatsApp

📅 कार्यक्रमको विवरण
कार्यक्रम: युरोपेली तामाङ भेला २०२६
मिति: शनिबार, २१ नोभेम्बर २०२६
समय: बिहान ९:०० बजेदेखि बेलुका ८:०० बजेसम्म
स्थान: Rua dos Anjos 63, 1150-035, Lisbon, Portugal
आयोजक: तामाङ समाज पोर्चुगल
🤝 यहाँहरूको उपस्थिति नै हाम्रो शक्ति हो!
आउनुहोस्, हातेमालो गरौँ, एकताबद्ध बनौँ,

🌍 एउटै समुदाय। साझा सम्पदा। सामूहिक जिम्मेवारी। सशक्त भविष्य।
हाम्रो एकता, हाम्रो पहिचान!
हाम्रो संस्कृति, हाम्रो गौरव!
यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षासहित पुनः हार्दिक निमन्त्रणा गर्दछौँ।
थुजेछे /धन्यवाद 🙏

🎂 हार्दिक जन्मदिनको शुभकामना! 🎂💐🎂🎉💐केवा रेला ज्याबाडान्बा 💐🎁तामाङ समाज पोर्तुगलका सल्लाहकार तथा गैरआवासीय नेपाली संघ (NR...
16/10/2026

🎂 हार्दिक जन्मदिनको शुभकामना! 🎂💐
🎂🎉💐केवा रेला ज्याबाडान्बा 💐🎁

तामाङ समाज पोर्तुगलका सल्लाहकार तथा गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलका महासचिव श्री गुरु पेमा लामा ज्यूलाई आज पर्न गएको शुभ जन्मदिनको सुखद अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा यहाँको जीवन अझ सुखमय, सफल र उपलब्धिमूलक बनोस्। सामाजिक तथा संस्थागत क्षेत्रमा यहाँले पुर्‍याउँदै आउनुभएको योगदानले निरन्तरता पाओस् र समाजसेवाका हरेक पाइलामा थप सफलता प्राप्त होस् भन्ने कामना गर्दछौँ।
तामाङ समाज पोर्तुगल परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉नेपाल आदिवासी महासंघ पोर्तुगलका सल्लाहकार ,गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलका पूर्व अध...
11/10/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
नेपाल आदिवासी महासंघ पोर्तुगलका सल्लाहकार ,गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलका पूर्व अध्यक्ष तथा शेर्पा किदुक पोर्तुगलका पूर्व अध्यक्ष, समाजसेवी एवं व्यवसायी श्री सोम फुरी शेर्पा ज्यू 8 अक्टोबर 2026 भारतको दार्जिलिङमा सम्मान विश्व शेर्पा संघको तेस्रो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यहाँको नेतृत्वमा विश्वभरिका शेर्पा समुदायबीच एकता, सहकार्य, आपसी सद्भाव र भाइचारा अझ सुदृढ हुँदै जानेछ भन्ने विश्वास लिएका छौँ। साथै, शेर्पा समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यहाँको नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्दछौँ।
यहाँको कार्यकाल सफल, उपलब्धिमूलक एवं ऐतिहासिक बनोस्।
थुजेछे /धन्यवाद
तामाङ समाज पोर्तुगल परिवार

Endereço

Rua Lucinda Simões 9
Lisbon
1900-069

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando तामाङ समाज पोर्तुगल Tamang Samaj Portugal publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Patrocinado

Partilhar

Organizações Sem Fins Lucrativos nas proximidades