कुमाल विद्यार्थी समाज Kumal Student Society

  • Home
  • Nepal
  • Kathmandu
  • कुमाल विद्यार्थी समाज Kumal Student Society

कुमाल विद्यार्थी समाज Kumal Student Society कुमाल विद्यार्थी समाज The society also places a strong emphasis on community service and social welfare.

ntroduction for the Kumal Student Society :

The Kumal Student Society is a vibrant and inclusive student organization dedicated to the empowerment and upliftment of students belonging to the Kumal community in Nepal. Founded with a vision to foster educational, social, and cultural development among Kumal students, the society serves as a platform for collective growth and unity in 1999 AD . The

Kumal Student Society Nepal aims to provide support and guidance to Kumal students in their academic journey, helping them excel in their studies and pursue higher education opportunities. The society organizes various educational programs, workshops, and mentoring sessions to enhance the academic skills and knowledge base of its members. Beyond academics, the Kumal Student Society recognizes the importance of holistic development and encourages its members to engage in extracurricular activities. They organize cultural events, sports tournaments, and social initiatives that celebrate the rich heritage and traditions of the Kumal community. Through volunteer work and philanthropic initiatives, the Kumal Student Society actively contributes to addressing local issues, supporting underprivileged sections of society, and creating a positive impact in their communities. One of the core values of the Kumal Student Society Nepal is unity. They strive to foster a sense of belonging and camaraderie among Kumal students, creating a supportive network where individuals can share their experiences, challenges, and aspirations. By nurturing a strong bond within the community, the society aims to create lifelong connections and a sense of pride in one’s identity. In summary, the Kumal Student Society is a student organization committed to the academic, cultural, and social development of Kumal students in Nepal. Through its diverse range of programs and initiatives, the society aims to empower its members, strengthen their sense of identity, and contribute positively to society.

22/05/2026

कुमाल पाउधुरे गीत रेकर्डिङ अन्तिम चरणमा

काठमाडौं । नेपाल कुमाल समाज केन्द्रको पहलमा कुमाल जातिको मौलिक तथा राष्ट्रिय पहिचान बोकेको “पाउधुरे” नाच तथा गीतको संरक्षण र प्रवर्द्धनका लागि पहिलो पटक काठमाडौंमा विशेष गीत रेकर्डिङ कार्य अन्तिम चरणमा पुगेको छ ।

कुमाल समुदायको लोपोन्मुख सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यसहित सुरु गरिएको यस अभियानलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ । परम्परागत कला, संस्कृति र मौलिक पहिचान जोगाउने लक्ष्यसहित नेपाल कुमाल समाज केन्द्रले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

रेकर्ड गरिएको गीतमा कुमाल समाजका अग्रज गायक दल बहादुर कुमाल, कृष्ण रेउले ,चर्चित लोकदोहोरी गायिका रिता कुमाल तथा विमला कुमाललगायत कलाकारहरूको स्वर रहेको छ । गीतमा पाउधुरे नाचको मौलिकता, कुमाल समुदायको इतिहास, संस्कृति तथा सामाजिक जीवनलाई समेटिएको बताइएको छ ।

यसैबीच, गीतको छायांकन पनि चाँडै नेपालका विभिन्न जिल्लामा गर्ने तयारी भइरहेको जानकारी समाजले दिएको छ । छायांकनमार्फत कुमाल समुदाय बसोबास गर्ने क्षेत्रका मौलिक संस्कृति, भेषभूषा, परम्परा र पाउधुरे नाचका विविध पक्षलाई दृश्य माध्यमबाट प्रस्तुत गरिनेछ ।

नेपालका विभिन्न स्थानमा कुमाल समुदायले पाउधुरे नाच संरक्षणका लागि पछिल्लो समय सक्रिय पहल गर्दै आएका छन् । पाउधुरे नाच कुमाल समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा चिनिन्छ ।

संस्कृति संरक्षणमा समर्पित यो अभियानले कुमाल समुदायको मौलिक कला र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

22/05/2026

कुमाल समाज नेपाल केन्द्रिय समिति, काठमाडौंको तर्फबाट हार्दिक धन्यवाद 🙏

कुमाल समाजका पूर्व केन्द्रिय सदस्य तथा एकता महाधिवेशन विधान मसौदा समिति संयोजक तथा विभिन्न विद्यालयहरू मा लामो समयसम्म शिक्षण सेवा प्रदान गर्नु भएका आदरणीय धर्मा कुमाल सरको स्वास्थ्य उपचार सहयोगार्थ आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। ❤️

तपाईंहरूको सानो सहयोगले पनि कठिन परिस्थितिमा ठूलो आशा, हौसला र ऊर्जा प्रदान गरेको छ।

💰 सहयोग रकम विवरण:

🌏 विदेशबाट प्राप्त सहयोग:
• Susmita Kumal (New Zealand) – 100 NZD
• Manisha Kumal (New Zealand) – 40 NZD
• Sishir Acharya (New Zealand) – 20 NZD
• Bindu Subedi (New Zealand) – 10 NZD
• Kkumal (New Zealand) – 15 NZD
• Devraj gurung (New zealand)- 55 NZD
rajan and sumita kumal (new zealand)= 80 NZD
➡️ जम्मा: 185 NZD (करिब रु. 28225)

🇳🇵 अन्य सहयोग रकम:
• Navin Timilsina (New Zealand) – रु. 1,000
• Neeta Kumal (Nepal) – रु. 1,000
• Samikshya Kumal (UK) – रु. 12,057
• Ishwor Salina (New Zealand) – रु. 2,000
• Umesh Kumal (New Zealand) – रु. 2,500
• Subhechksha Kumal (Finland) – रु. 4,200
• Amrit Kumal (Romania) – रु. 3,000
manidra kumal (kaski) रू - 5,000

➡️ कुल जम्मा सहयोग रकम: रु. 58,982

🙏 सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।
धर्मा सरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। ❤️

— कुमाल समाज नेपाल केन्द्रिय समिति, काठमाडौं

14/04/2026

Happy New Year 2083

हार्दिक बधाई तथा शुभकामना! 💐नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशनबाट उप-महासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको...
22/03/2026

हार्दिक बधाई तथा शुभकामना! 💐
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशनबाट उप-महासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा कुमाल समाज नेपाल केन्द्रीय महासचिव इन्जिनियर गणेश कुमाल ज्यूलाई धेरै धेरै बधाई। तपाईँको नयाँ जिम्मेवारीले कुमाल समाज र समग्र जनजाति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्ने पूर्ण विश्वास का साथ सफल कार्यकालको सुखद शुभकामना ।

19/03/2026
कुमाल विद्यार्थी समाज केन्द्रीय उपाध्यक्ष अमृत कुमाल ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।अमृत पोलङे कुमाल
22/02/2026

कुमाल विद्यार्थी समाज केन्द्रीय उपाध्यक्ष अमृत कुमाल ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।
अमृत पोलङे कुमाल

08/01/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when कुमाल विद्यार्थी समाज Kumal Student Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share