Nepal Scouts

Nepal Scouts This is the official page of Nepal Scouts. Nepal Scouts is open to all..
(2)

📢 Open Call for Participation! 📢🇧🇩 12th National Rover Moot, Bangladesh 2026 🇧🇩⚜️ Nepal Scouts का इच्छुक रोभर/रेन्जर स्क...
14/08/2026

📢 Open Call for Participation! 📢
🇧🇩 12th National Rover Moot, Bangladesh 2026 🇧🇩

⚜️ Nepal Scouts का इच्छुक रोभर/रेन्जर स्काउट र स्काउट लिडरहरूका लागि सहभागिताको अवसर!

👥 Patrol Composition
८ जना रोभर स्काउट (१८–२५ वर्ष) + १ जना वयस्क रोभर स्काउट लिडर र महिला पेट्रोल/युनिटका लागि महिला रेन्जर लिडर अनिवार्य हुनेछ।

👉 General Information: https://shorturl.at/7DsMG
👉 आवेदन फाराम: https://forms.cloud.microsoft/r/fkhHayDbTi
👉 Deadline: 2083 Bhadra 5

🎒 सहभागीहरूले ल्याउनुपर्ने सामग्री

⛺ Camping Equipment | 🧥 Warm & Rain Gear | ⚜️ Rover Scout Uniform & Flags | 👗 Traditional Dress | 🩹 First-aid & Personal Medicines | 🌏 Cultural Exhibition Materials

Expression of Interest (EOI) का लागि पुनः आह्वाननेपाल स्काउटले फिनल्यान्ड–नेपाल साझेदारी परियोजना (FNPP) अन्तर्गत सञ्चाल...
12/08/2026

Expression of Interest (EOI) का लागि पुनः आह्वान

नेपाल स्काउटले फिनल्यान्ड–नेपाल साझेदारी परियोजना (FNPP) अन्तर्गत सञ्चालित स्काउट्स, शान्ति तथा सुरक्षा (SPS) परियोजनाको अन्तिम मूल्याङ्कन गर्न योग्य संस्था तथा व्यक्तिगत परामर्शदाताहरूबाट आशयपत्र (EOI) का लागि पुनः आह्वान गरेको छ।

आवेदकसँग परियोजना मूल्याङ्कन तथा शान्ति निर्माणसम्बन्धी कार्यको प्रमाणित अनुभव हुनुपर्नेछ।

आवेदन पेश गर्ने अन्तिम मिति: १६ अगस्ट २०२६

विस्तृत कार्यशर्त (ToR) तथा आवेदनसम्बन्धी मार्गदर्शनका लागि QR Code स्क्यान गर्नुहोस् वा [email protected] मा सम्पर्क गर्नुहोस्।

विस्तृत ToR: https://drive.google.com/file/d/1voiLISTbmTjVZTQ4FYcR5aGQa_FDtfGL/view?usp=sharing

🌏 Asia-Pacific Youth Programme Webinar Series📢 You’re Invited!Join the 2nd Webinar Series organised under the auspices o...
12/08/2026

🌏 Asia-Pacific Youth Programme Webinar Series

📢 You’re Invited!

Join the 2nd Webinar Series organised under the auspices of the Asia-Pacific Educational Programme Sub-Committee, designed to increase awareness and understanding of WOSM Initiatives across the Asia-Pacific Region.

📅 Date: 29 August 2026 (Saturday)
💻 Venue: Online
⏰ Time: 2:00 PM (GMT+8)
⏳ Duration: Maximum 3 hours
🔗 Register Now: https://forms.gle/u3kFpa6XwiPv6uLa9

🌟 Open to Everyone!
Don’t miss this opportunity to learn, connect and strengthen your understanding of WOSM Initiatives and Youth Programme across the Region.

सूचना !हालका दिनहरूमा नेपालका विभिन्न स्थानहरूमा नेपाल स्काउटको मूल्य, मान्यता, सिद्धान्त तथा निर्धारित मापदण्डविपरीत के...
06/08/2026

सूचना !

हालका दिनहरूमा नेपालका विभिन्न स्थानहरूमा नेपाल स्काउटको मूल्य, मान्यता, सिद्धान्त तथा निर्धारित मापदण्डविपरीत केवल बजेट खर्च गर्ने उद्देश्यले स्काउटिङ गतिविधि, तालिम तथा अन्य कार्यक्रमहरू सञ्चालन गरिएको वा सञ्चालन गर्ने तयारी भइरहेको भन्ने जानकारी नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ।

यस सम्बन्धमा नेपाल स्काउटका सम्पूर्ण निकाय, पदाधिकारी, सदस्य तथा सम्बन्धित सरोकारवालाहरूलाई नेपाल स्काउटको नाम, लोगो, पहिचान वा अन्य आधिकारिक चिन्ह प्रयोग गरी सञ्चालन गरिने कुनै पनि स्काउटिङ गतिविधि, तालिम, गोष्ठी, कार्यशाला, शिविर तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्नुअघि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, सम्बन्धित प्रदेश स्काउट कार्यालय वा सम्बन्धित स्थानीय स्काउट समितिबाट आवश्यक स्वीकृति तथा अनुमति प्राप्त गर्न अनुरोध गरिन्छ।

नेपाल स्काउटको पूर्वस्वीकृति तथा अनुमतिविना सञ्चालन गरिएका कुनै पनि गतिविधि, तालिम वा कार्यक्रमलाई नेपाल स्काउटको आधिकारिक कार्यक्रमको रूपमा मान्यता प्रदान गरिने छैन। साथै, त्यस्ता कार्यक्रमबाट उत्पन्न हुने कानुनी, प्रशासनिक, आर्थिक तथा अन्य सम्पूर्ण जिम्मेवारी सम्बन्धित आयोजक वा आयोजक संस्थाले स्वयं वहन गर्नुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।

नेपाल स्काउटको गरिमा, विश्वसनीयता, संस्थागत अनुशासन तथा गुणस्तरीय स्काउटिङ अभ्यासको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणका लागि सम्पूर्ण निकाय, पदाधिकारी, सदस्य तथा सम्बन्धित सरोकारवालाहरूको पूर्ण सहयोग, समन्वय तथा प्रतिबद्धताको अपेक्षा गरिएको छ।

नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यालय

सूचना: प्रदेश तदर्थ समिति गठन गरिएको बारे ।सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षकज्यूको नेपाल स्काउट ऐन २०५०...
05/08/2026

सूचना:
प्रदेश तदर्थ समिति गठन गरिएको बारे ।

सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षकज्यूको नेपाल स्काउट ऐन २०५० संसोधन २०७२ को दफा १४(२) बमोजिमको निर्देशन तथा माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउटज्यूको मिति २०८३/०४/०५ गतेको निर्णयअनुसार सातवटै प्रदेशका प्रदेश परिषद्, स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिहरू विघटन गरी निर्वाचन गराउने प्रयोजनका लागि नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यसमिति गठन गरिएको तथा उक्त कार्यसमितिलाई आवश्यक निर्देशन प्रदान गरिएको छ।
अन्तरिम राष्ट्रिय कार्यसमितिको मिति २०८३/०४/०८ गतेको बैठकबाट प्रदेश परिषद्को निर्वाचन सम्पन्न गर्ने उद्देश्यले २०८३ सालको माघ महिनाभित्र स्थानीय तथा प्रदेश परिषद्को निर्वाचन तथा २०८३ साल फाल्गुण २१ गते राष्ट्रिय परिषद्को निर्वाचन सम्पन्न गर्ने निर्वाचन कार्यतालिका घोषणा गरी सोहीअनुसार आवश्यक तयारी अगाडि बढाइएको छ।

निर्वाचन सम्पन्न नहुँदासम्म आवश्यक समन्वय, जानकारी प्रवाह तथा कार्यान्वयनमा सहजीकरण गरिदिनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मिति २०८३/०४/१८ गते पत्राचार गरेको तथा सम्बन्धित स्थानीय तहहरूलाई समेत आवश्यक जानकारी गराइएको जानकारी प्राप्त भएको छ।

तसर्थ देहाय बमोजिमका कार्यहरू गर्नका निम्ति नेपाल स्काउट नियम, २०७७ संसोधन २०८२ को परिच्छेद ८, नियम २७ बमोजिम मिति २०८३/०४/०८ को नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको निर्णय नं. १२ तथा मिति २०८३/०४/२० गतेको नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिका संयोजकको निर्णयअनुसार सातै प्रदेशमा संलग्न सूचीबमोजिमको प्रदेश तदर्थ समिति गठन गरिएको जानकारी गराइन्छ।

१. आगामी २०८३ साल माघ महिनाभित्र नेपाल स्काउटका प्रदेश परिषद् तथा स्थानीय परिषद्को निर्वाचन सम्पन्न गराउन केन्द्र तथा सम्बन्धित स्थानीय तहका तदर्थ समितिसँग समन्वय, सहकार्य तथा सहजीकरण गर्दै सक्रिय भूमिका निर्वाह गर्ने।

२. नेपाल स्काउट ऐन तथा नियमावलीबमोजिम प्रदेश परिषद् र प्रदेश समितिलाई प्राप्त अधिकार प्रयोग गरी नियमित कार्यसम्पादन गर्ने।

३. प्रचलित ऐन तथा नियमावली बमोजिम केन्द्रसँग समन्वय गरी मिति २०८३ साल भदौ ७ गतेभित्र प्रदेशअन्तर्गतका प्रत्येक स्थानीय तहमा बढीमा पाँच सदस्यीय स्थानीय तदर्थ समिति गठनका लागि नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा स्वीकृतिका लागि सिफारिस गरी पठाउने।

४. राष्ट्रिय प्रधान कार्यालय तथा अन्तरिम राष्ट्रिय कार्यसमितिसँग नियमित सम्पर्क र समन्वयमा रही स्काउटिङ गतिविधि, दैनिक प्रशासन तथा संगठनात्मक कार्यहरू प्रचलित कानुनबमोजिम प्रभावकारी रूपमा सञ्चालन गर्ने।

५. नेपाल स्काउटअन्तर्गत प्रदेशभित्र रहेका चल तथा अचल सम्पत्तिको अभिलेखीकरण, संरक्षण, व्यवस्थापन तथा उपयोगका सम्बन्धमा केन्द्रसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्ने।

📢 RE-CALL FOR EXPRESSION OF INTEREST (EOI)Nepal Scouts re-calls for EOIs from qualified firms and individual consultants...
04/08/2026

📢 RE-CALL FOR EXPRESSION OF INTEREST (EOI)

Nepal Scouts re-calls for EOIs from qualified firms and individual consultants for the Final Evaluation of the Scouts, Peace and Security (SPS) Project under the Finland–Nepal Partnership Project (FNPP).

Applicants must have demonstrated experience in project evaluation and peacebuilding.

📅 Submission Deadline: 11 August 2026

📄 For the detailed ToR and application guidelines ( https://drive.google.com/file/d/1voiLISTbmTjVZTQ4FYcR5aGQa_FDtfGL/view?usp=sharing), please scan the QR code or contact [email protected].

Nepal Scouts National Headquarters, Lainchaur, Kathmandu

मिति: २०८३/०४/१९श्री प्रदेश स्काउट कार्यालय सबै,श्री स्थानीय स्काउट कार्यालय सबै,श्री स्काउट एकाइहरू सबै,सम्पूर्ण स्काउट...
04/08/2026

मिति: २०८३/०४/१९

श्री प्रदेश स्काउट कार्यालय सबै,
श्री स्थानीय स्काउट कार्यालय सबै,
श्री स्काउट एकाइहरू सबै,
सम्पूर्ण स्काउट सदस्यज्यूहरू।

विषयः स्काउट स्कार्फ प्रयोगसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने बारे।

नेपाल स्काउटमा विगतदेखि प्याक, स्काउट ट्रुप तथा रोभर/रेन्जर क्र्यूहरूले आफ्नो छुट्टै पहिचान झल्कने स्कार्फ प्रयोग गर्दै आएकोमा केही वर्षअघि लागू गरिएको व्यवस्थाअनुसार सम्पूर्ण सदस्यहरूले एउटै राष्ट्रिय स्कार्फ प्रयोग गर्दै आएका छन्।
राष्ट्रिय स्कार्फ ( National Scarf) नेपालको राष्ट्रिय झण्डाको रङ, चन्द्र र सूर्य अंकित, राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी नेपाल स्काउटका स्काउटहरुले नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पहिरिनका लागि निर्माण गरिएको विशेष स्कार्फ हो। पछिल्लो समय स्कार्फको प्रयोग सम्बन्धी स्पष्ट मापदण्डको अभाव तथा विभिन्न तहका नियमित गतिविधिहरूमा समेत राष्ट्रिय स्कार्फ प्रयोग हुँदै आएको अवस्थालाई दृष्टिगत गर्दै राष्ट्रिय स्कार्फको गरिमा, विशिष्टता तथा राष्ट्रिय प्रतीकको सम्मान कायम राख्न आवश्यक देखिएको छ।
यसै सन्दर्भमा नेपाल स्काउट राष्ट्रिय संयोजकबाट मिति २०८३/०४/१९ मा भएको निर्णयअनुसार देहाय बमोजिमको व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइएको व्यहोरा सम्पूर्ण स्काउट सदस्य, प्रदेश स्काउट समिति, स्थानीय स्काउट समिति, स्काउट समूह, ट्रुप, प्याक तथा क्र्यूहरूलाई जानकारी गराइन्छ।
निर्णय तथा व्यवस्थाहरू:
१. नेपाल स्काउटको राष्ट्रिय स्कार्फ अबदेखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको स्वीकृति लिई अन्तर्राष्ट्रिय प्रतिनिधित्वका कार्यक्रमहरूमा नेपाल वा विदेशमा मात्र प्रयोग गरिनेछ।
२. यो परिपत्र जारी भएको मितिदेखि राष्ट्रिय स्कार्फ कुनै पनि प्याक, ट्रप, क्र्यू, स्काउट लिडर, प्रदेश वा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले नियमित कार्यक्रम, तालिम, बैठक, समारोह तथा गतिविधिहरूमा प्रयोग गर्न पाउने छैनन्।
३. प्रत्येक प्रदेश स्काउट समितिले आफ्नो प्रदेशको भौगोलिक, सांस्कृतिक तथा संस्थागत पहिचान झल्कने गरी प्रदेश स्कार्फको डिजाइन तयार गरी स्वीकृतिका लागि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा पेश गर्नुपर्नेछ।
४. राष्ट्रिय प्रधान कार्यालयबाट स्वीकृत प्रदेश स्कार्फ सम्बन्धित प्रदेशका सदस्यहरूले प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय कार्यक्रमहरूमा प्रयोग गर्न सक्नेछन्।

५. प्रत्येक स्थानीय स्काउट समितिले आवश्यकता ठानेमा आफ्नो स्थानीय तहको भौगोलिक, सांस्कृतिक तथा संस्थागत पहिचान झल्कने गरी स्थानीय तहको स्कार्फको डिजाइन तयार गरी स्वीकृतिका लागि नेपाल स्काउट प्रदेश कार्यालयमा पेश गर्नुपर्नेछ।
६. प्रदेश कार्यालयबाट स्वीकृत स्थानीय स्कार्फ सम्बन्धित स्थानीय सदस्यहरूले स्थानीय तहको प्रतिनिधित्व गर्ने प्रदेश स्तरीय कार्यक्रमहरूमा प्रयोग गर्न सक्नेछन्।
७. प्रत्येक स्काउट समूह, ट्रुप, प्याक तथा क्र्यूले आफ्नो छुट्टै पहिचान झल्कने स्कार्फको डिजाइन तयार गरी सम्बन्धित स्थानीय स्काउट समितिबाट स्वीकृत गराउनुपर्नेछ।
८. स्थानीय स्काउट समितिले समूह, ट्रुप, प्याक तथा क्र्यूको स्कार्फ स्वीकृत गर्दा अन्य समूह वा एकाइसँग नदोहोरिने वा मेल नखाने गरी आवश्यक जाँच, अभिलेखीकरण तथा व्यवस्थापन गर्नुपर्नेछ।
९. राष्ट्रिय परिषद् सदस्य, राष्ट्रिय कार्यकारी समिति सदस्य, राष्ट्रिय पदाधिकारी, राष्ट्रिय आयुक्त तथा प्रदेश तथा स्थानीय परिषद् सदस्य र पदाधिकारीहरूले नेपाल स्काउटले तोकेबमोजिमको स्कार्फ मात्र प्रयोग गर्नुपर्नेछ।
१०. नयाँ व्यवस्था पूर्ण रुपमा कार्यान्वयन नभएसम्म बढीमा निर्णय भएको मितिले एक वर्षसम्म सम्बन्धित सदस्यहरूले आफ्नो तालिम, जिम्मेवारी वा युनिट अनुसार प्रयोगमा रहेको स्कार्फ प्रयोग गर्न सक्नेछन्।
११. यस व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक मापदण्ड, डिजाइन स्वीकृति प्रक्रिया तथा कार्यविधि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले तयार गरी सम्बन्धित निकायबाट अनुमोदन पश्चात् लागू गरिनेछ।

सम्पूर्ण स्काउट सदस्य तथा संरचनाहरूलाई उक्त व्यवस्था पालना गरी राष्ट्रिय स्कार्फको गरिमा तथा स्थानीय पहिचानको संरक्षणमा सहयोग पुऱ्याउन अनुरोध गरिन्छ।

Happy World Scarf Day ❤️
01/08/2026

Happy World Scarf Day ❤️

In celebration of the World Scout Scarf Day, 1st August, we, the Nepal Scouts, urge all our Scouts to proudly wear the S...
31/07/2026

In celebration of the World Scout Scarf Day, 1st August, we, the Nepal Scouts, urge all our Scouts to proudly wear the Scout Scarf and celebrate the day wherever you may be.

Do upload your pictures and experiences wearing the Scout Scarf on social media with the tags and .

Nepal Scouts

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट ...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।

गुरुको प्रेरणा र मार्गदर्शनले जिम्मेवार, सेवाभावी र असल नागरिक बन्न सधैँ प्रेरित गरिरहोस्।

सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको मंगलमय शुभकामना!

#गुरुपूर्णिमा #नेपालस्काउट

Address

Lainchaur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714519001

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts:

Shortcuts

Share