Kalpa Empower Women Nepal

Kalpa Empower Women Nepal WHERE WE EMPOWER
Raising voices. Creating leaders. Changing lives.

Through:
She Leads Icon | She Can | Save Motherhood Campaign | YWLS
Women in Politics | Health | Leadership
Be part of the impact
https://linktr.ee/kalpaempowerwomannepal

18/06/2026

SHE CAN : उनी सक्छिन् परियोजना अन्तर्गत सिरानचोक गाउँपालिकामा सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रममा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष तथा She Leads Icon पहिलो संस्करणकि प्रेरणादायी महिला जनप्रतिनिधि श्री रीता देबकोटाज्यूले अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा किशोरीहरूलाई सम्बोधन गर्नु भएको भिडियो हेर्नुहोस्।

उहाँ पहिलो पटक २०७४ र त्यसपछि निरन्तर दोस्रो कार्यकालका लागि २०७९ सालको स्थानीय तह निर्वाचनमा सिरानचोक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

#उनीसक्छिन्

15/06/2026

कल्प इम्पावर वेमेन नेपाल र ठाकुरबाबा नगरपालिका, बर्दियाको सहकार्यमा मिति २०८३ साल जेठ २९ र ३० गते ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको "SHE CAN : उनी सक्छिन्" कार्यक्रममा आफ्नो प्रतिक्रिया राख्दै कार्यक्रम सहभागी किशोरी

"SHE CAN : उनी सक्छिन्" : ठाकुरबाबा नगरपालिका

ठाकुरबाबा नगरपालिका, सैनवार बर्दिया-Thakurbaba Municipality Bina Bhattarai Puza Koirala Cela Magar

#उनीसक्छिन्

15/06/2026

कल्प इम्पावर वेमेन नेपाल र ठाकुरबाबा नगरपालिका, बर्दियाको सहकार्यमा मिति २०८३ साल जेठ २९ र ३० गते ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको "SHE CAN : उनी सक्छिन्" कार्यक्रम अन्तर्गत आयोजित "किशोरीसँग जनप्रतिनिधि" सत्रमा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख श्रीमती विना कुमारी भट्टराई ज्यूले किशोरीहरूसँग अन्तरक्रिया गर्दै आफ्ना विचार व्यक्त गर्नुभयो।

उहाँले किशोरीहरूलाई नेतृत्व विकास, शिक्षा, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिताका लागि प्रेरित गर्दै ठाकुरबाबा नगरपालिकाले सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा अवसरहरूमा सहभागी हुन अनुरोध गर्नुभयो।
ठाकुरबाबा नगरपालिका, सैनवार बर्दिया-Thakurbaba Municipality
Bina Bhattarai

कल्प इम्पावर वेमेन नेपाल र ठाकुरबाबा नगरपालिका, बर्दियाको सहकार्यमा मिति २०८३ साल जेठ २९ र ३० गते ठाकुरबाबा नगरपालिकाका ...
14/06/2026

कल्प इम्पावर वेमेन नेपाल र ठाकुरबाबा नगरपालिका, बर्दियाको सहकार्यमा मिति २०८३ साल जेठ २९ र ३० गते ठाकुरबाबा नगरपालिकाका सबै वडाबाट प्रतिनिधित्वमूलक सहभागिता भएका किशोरीहरूलाई लक्षित गरी "SHE CAN : उनी सक्छिन्" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ठाकुरबाबा नगरपालिकाका प्रमुख, उपप्रमुख, राष्ट्रसेवक कर्मचारीहरू तथा सम्पूर्ण ठाकुरबाबा नगरपालिका परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यस कार्यक्रममा सहभागी किशोरीहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा उपयोग गर्दै आगामी दिनमा ठाकुरबाबा नगरपालिकाका विभिन्न सामाजिक तथा विकासका मुद्दाहरूमा रचनात्मक रूपमा आफ्नो राय, विचार र नेतृत्व प्रस्तुत गर्नेछन् भन्ने विश्वास लिइएको छ। साथै, उनीहरू आफ्नो अधिकार, जिम्मेवारी र अवसरप्रति अझ सचेत भई सशक्त नागरिकका रूपमा अघि बढ्नेछन् भन्ने अपेक्षा गरिएको छ।

धन्यवाद।

#उनीसक्छिन्

12/06/2026

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयद्वारा “मातृत्व जोगाउने अभियान” को पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कल्प इम्पावर वेमेन नेपालसँगको सहकार्यमा यही असार ८, ९ र १० गते कोशी प्रदेशको मोरङ जिल्लास्थित सुन्दरहरैचा नगरपालिकाका वडा नं. २ र १२ मा “मातृत्व जोगाउने अभियान” सञ्चालन गर्दैछ।

Nepal Bank Limited परिवार प्रति धन्यवाद ।

#मातृत्वजोगाउनेअभियान

10/06/2026

SHE CAN : उनी सक्छिन् परियोजना अन्तर्गत सिरानचोक गाउँपालिकामा सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी किशोरीहरूले समूहगत रूपमा आफ्नो समुदायभित्र रहेका शिक्षासम्बन्धी समस्या, चुनौती तथा तिनका सम्भावित समाधानहरू बारे प्रस्तुति दिएका थिए।

यस अभ्यासले किशोरीहरूलाई आफ्नो समुदायका वास्तविक समस्याहरू पहिचान गर्न, विश्लेषण गर्न र समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

#उनीसक्छिन्

10/06/2026

SHE CAN : उनी सक्छिन् परियोजना अन्तर्गत सिरानचोक गाउँपालिकामा सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रम पश्चात् सहभागी किशोरी अंशु तिवारीले कार्यक्रमबाट प्राप्त सिकाइ र अनुभवबारे आफ्ना धारणा व्यक्त गर्नुहुँदै। Anshu Tiwari

#उनीसक्छिन्

10/06/2026

At JK Associates, we believe that meaningful development extends beyond infrastructure and construction. It also means contributing to the health, dignity, and well-being of communities.

JK Associates is proud to serve as the Title Sponsor of the Save Motherhood Campaign, an initiative dedicated to raising cervical cancer awareness and promoting women’s health, organized in collaboration with Kalpa Empower Women Nepal.

The campaign was successfully conducted from May 24 to 27, 2026, at Malika Rural Municipality, Myagdi District, Gandaki Province. It included the SHE CAN Orientation Program, Community Health Literacy Campaign, and a Cervical Cancer Free Health Camp, reaching and empowering women through awareness, education, and access to essential health services.

Through our support for this initiative, we reaffirm our commitment to safer motherhood, preventive healthcare, and the well-being of communities across Nepal. We are honored to contribute to a cause that promotes healthier lives, empowers women, and creates lasting positive impact for future generations.

🌐https://jkassoct.com/
☎+977-1-5706831
📧 [email protected]
📍 Bhakti Thapa Sadak, Kathmandu

२०८३ साल जेठ २३ गते सिरानचोक गाउँपालिका वडा नं. ०६ स्थित मण्डली माध्यमिक विद्यालयमा कल्प इम्पावर वेमेन नेपाल र सिरानचोक ...
09/06/2026

२०८३ साल जेठ २३ गते सिरानचोक गाउँपालिका वडा नं. ०६ स्थित मण्डली माध्यमिक विद्यालयमा कल्प इम्पावर वेमेन नेपाल र सिरानचोक गाउँपालिकाको सहकार्यमा सञ्चालित "SHE CAN : उनी सक्छिन्" कार्यक्रमको पहिलो दिन कार्यक्रममा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष श्री रीता देवकोटा तथा महिला तथा बालबालिका (सामाजिक विकास) शाखा प्रमुख श्री शारदा ढकाल ज्यूले सहभागी किशोरीहरू, कल्प इम्पावर वेमेन नेपालको टोली तथा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

साथै केपी देवकोटा ज्यूले डिजिटल माध्यमबाट सिर्जना हुने अवसरहरू तथा आत्मनिर्भर बन्न सकिने विभिन्न सम्भावनाका विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।

#उनीसक्छिन्

२०८३ साल जेठ २३ गते सिरानचोक गाउँपालिका वडा नं. ०६ स्थित मण्डली माध्यमिक विद्यालयमा कल्प इम्पावर वेमेन नेपाल र सिरानचोक ...
09/06/2026

२०८३ साल जेठ २३ गते सिरानचोक गाउँपालिका वडा नं. ०६ स्थित मण्डली माध्यमिक विद्यालयमा कल्प इम्पावर वेमेन नेपाल र सिरानचोक गाउँपालिकाको सहकार्यमा सञ्चालित "SHE CAN : उनी सक्छिन्" कार्यक्रमको पहिलो दिनको कार्यक्रमको परिचयात्मक सत्र तथा पहिलो सत्र "किशोरी मनोभावना" सम्बन्धी प्रशिक्षण कल्प इम्पावर वेमेन नेपालका अध्यक्ष पूजा कोइरालाज्यूले सहजीकरण गर्नुभएको थियो।

सत्रमा किशोरीहरूको मानसिक स्वास्थ्य, आत्मविश्वास अभिवृद्धि, भावनात्मक व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।

#उनीसक्छिन्

Address

Itahari Province One
Itahari

Telephone

+9779826318624

Website

Alerts

Be the first to know and let us send you an email when Kalpa Empower Women Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalpa Empower Women Nepal:

Share