29/09/2026
📢 महत्त्वपूर्ण सूचना | पढ्दै कमाउँदै कार्यक्रम
सूर्यविनायक नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको “पढ्दै कमाउँदै कार्यक्रम” सम्बन्धमा विद्यार्थी तथा संघ–संस्था/उद्योग–व्यवसायिक प्रतिष्ठानका लागि आवेदन आह्वान गरिएको छ।
🎓 विद्यार्थीका लागि:
नगरपालिकाभित्र स्थायी बसोबास भएका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक विद्यार्थीले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन पेश गर्न सक्नेछन्। कार्यक्रमअन्तर्गत २० जना विद्यार्थी छनोट गरिनेछ र छनोट विधि अन्तर्वार्ता हुनेछ।
🏢 संघ–संस्था/उद्योग/फर्म/कम्पनीका लागि:
विद्यार्थीलाई Internship/कार्यअनुभव, सीप तथा कार्यसम्बन्धी व्यावहारिक ज्ञान उपलब्ध गराउन इच्छुक संस्थाहरूले आवश्यक विवरण तथा कागजातसहित २०८३/०७/१२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्।
📍 आवेदन पेश गर्ने स्थान:
सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, श्रम, रोजगार तथा पर्यटन प्रवर्द्धन शाखा तथा उद्योग, व्यवसाय प्रवर्द्धन तथा उपभोक्ता हक हित संरक्षण शाखा।
📄 आवेदन फाराम नगरपालिकाको वेबसाइटबाट ( https://www.suryabinayakmun.gov.np ) निःशुल्क प्राप्त गर्न सकिनेछ।
☎️ सम्पर्क: ०१-६६१९६२५
#सूर्यविनायकनगरपालिका #पढ्दैकमाउँदै #रोजगार #सीपविकास #युवारोजगार #अवसर