28/04/2026
भावपूर्ण श्रद्धाञ्जली
स्व. पूर्ण माया सुकुभटु
स्वर्गारोहण: २०८३/०१/१०
यस द लायन्स् अफ नंखेल परिवारका सक्रिय सदस्य श्री सृष्ठि सुकुभटुज्यूकी ममतामयी हजुरआमा पूर्ण माया सुकुभटुज्यूको असामयिक एवं दुःखद निधनको खबरले हामी सम्पूर्ण क्लव परिवार स्तब्ध र मर्माहत भएका छौं।
यस दुःखद घडीमा, हामी द लायन्स् अफ नंखेल का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
शोकसन्तप्त परिवारजनमा पर्न गएको यो अपार दुःख सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी प्रार्थना गर्दछौं। यस कठिन समयमा हामी क्लब परिवार तपाईंहरूको साथमा छौं।