03/06/2025
कक्षा १२ को परीक्षा दिएर बसेका अधिकांश विद्यार्थीहरुमा त्यसपछिको पढाईलाई कसरी अगाडी बढाउने द्विविधा रहेको पाइन्छ । खासगरी, स्नातक (ब्याचलर) तहमा कुन विषय पढ्ने ? कस्तो कलेजमा पढ्ने र कसरी करियर अगाडी बढाउने भन्ने सवालमा प्रश्नहरु उठिरहेका हुन्छन् जुन अस्वभाविक पनि होइन । पछिल्लो समय हेर्ने हो भने, विज्ञान तथा गणित विषय लिएर अध्ययन गरेका विद्यार्थीहरुले प्राविधिक विषयलाई प्राथमिकता दिएको पाइन्छ । प्राविधिक विषयमा पनि इन्जिनियरिङ प्रति विद्यार्थीहरुको बढी नै चासो र रुचि देखिएको नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी बताउनु हुन्छ । इन्जिनियरिङ विषयमा पनि विद्यार्थीहरुले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, आर्किटेक्ट जस्ता विषयमा रुचि भएको उहाँको भनाई छ । नेपालमा इन्जिनियरिङ विषयको संभावना र अवसर कस्तो छ ? नेपाली कलेजहरुमा इन्जिनियरिङ विधाका कस्ता विषयहरु अध्ययन गर्न सकिन्छ ? के नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न योग्य छ ? इन्जिनियरिङ गर्न चाहनेहरुले कसरी अगाडी बढ्ने ? लगायतका विषयमा गरिएको कुराकानीको संक्षेपः