** जातिय सदभावका साथ सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाधेर सिङ्गो नेपाल काएम गर्ने आजको आवश्यकता **
खस क्षेत्रीको ऐतिहासिक साँस्कृतिक धार्मिक जातीय पृष्ठभूमि
आदीवासी÷जनजातिमा सूचिकृत र खसान राज्यको माग
खस क्षेत्रीका विषयमा आन्दोलन एक विवेचना नामक आफ्नो पुस्तकमा
खस जातिका विषयमा अध्ययन गर्दा धार्मिक ग्रन्थमा उल्लेखित मिथकीय प्रस्तुतिलाई विश्वास गर्न नसकिए पनि त्यहाँ उल्लेखित जातिको नाम बसाई
र वर्णनले ऐतिहासिक सामग्रीको काम गर्दछ । प्रस्तुत लेखमा पौराणिक ग्रन्थ पश्चिमा इतिहासकार बि्रटिश भारतीय गजेटर नेपाली इतिहासकार र समाजशास्त्रीले खस जातिका विषयमा टिप्पणी गरेको उल्लेख छ । मनुस्मृतिमा खस जातिलाई किरात लगायत अनार्य जातिलाई एकै ठाउँमा राख्दै संस्कारबाट खसेको गायत्री मन्त्र जप नगर्ने वृषल या सुद्र भाव प्राप्त गरेको क्षत्रीयका रुपमा चिनाउन खोजेको पाइन्छ भनेर उहाँ भन्नुहुन्छ ।
खसका विषयमा शोध गर्ने भारतीय विद्वानमा अग्रस्थानमा डा। लक्ष्मीदत्त जोशी पर्दछन् । उनको अनुसन्धानात्मक पुस्तक द खसस फेमिली ल मा खस ककेसस जातिका मानिस हुन् जो वेद ग्रन्थ या वैदिक रिति रिवाज विकास हुनु पूर्व उत्तर भारतमा आए । वैदिक रिति रिवाज भन्दा खसका जो रिति रिवाज फरक छन भन्दै घर ज्वाईं झडकेलो सौतवांड टेकुवा जस्ता खसका सामाजिक मान्यता छ ।
डोरबहादुर विष्टका अनुसार आज भन्दा ६ हजारदेखि १० हजार वर्ष पहिले खस नेपालको पश्चिमी पहाडि भूमागमा आएको हुनु पर्दछ । डा।सूर्यमणि अधिकारीका अनुसार खस साम्राज्य नेपालको इतिहाँसमा सबैभन्दा ठूलो साम्राज्य थियो । यसले वीर योद्धा जातिको किर्तिमान नै कायम गरेको थियो । नेपालीहरुले यहाँ आफनो वाणी विकास गरेका थिए । यो साम्राज्य नै नेपालीपनको निर्माता थियो । त्यसैगरी उहाँले खस जातिको आफ्नै खरोष्ट लिपी रहेकेा विशिष्ट धार्मिक एवं साँस्कृतिक मान्यताहरु रहेको उल्लेख गर्नु भएको छ ।
खस क्षेत्री एकता समाज के हो
खस क्षेत्री एकता समाज पनि निश्चित रुपमा एउटा जातीय संगठन नै हो । जाति भन्नाले नेपाली भाषाको शब्दले थुप्रै अर्थ बुझाउँदछ । जस्तै कि अनुवांसिकी जात जसलाई अंग्रेजीमा Race भनिन्छ । त्यस्तै वर्ण व्यवस्थाको जात जसलाई अंग्रेजीमा caste भनिन्छ । त्यस्तै समाज विकासको एउटा अवस्था जसलाई अंग्रेजीमा Nation नेपालीमा राष्ट्र भनिन्छ । हामीले उठाएको जातीय सवाल भनेको यही Nation या Nationality को सवाल हो । यो विशुद्ध नृस्संवितृय जात Race या वर्ण व्यवस्थाको जात caste को सवाल होइन ।
खस क्षेत्री वा क्षेत्री मात्रै
क्षेत्री शब्द परम्परागत वर्ण व्यवस्थाको क्षत्रीयकै नेपालीकरण हो । नेपालका खस क्षेत्रीहरुले १२ औं शताब्दीदेखि मात्र वर्ण व्यवस्था अपनाएर क्षेत्री बनेका हुन । यस भूमिमा उनीहरु ह्जारौं वर्षसम्म रहँदा वस्दा खस नामले मात्र सुपरिचित थिए । मात्र क्षेत्री शब्दले भूमिसँगको यस्तो यो हज्जारौं वर्ष पुरानो गौरवपूर्ण इतिहासलाई इन्कार गरेर खस क्षेत्रीको परिचय अधुरो अस्पष्ट र भ्रामक हुन पुग्दछ । यसैले क्षेत्री मात्र भनेर पूर्ण परिचय दिन नमिल्ने हुनाले खस क्षेत्री भन्नैपर्दछ । क्षेत्री शब्दले वर्ण व्यवस्थाको वर्ण वा जात बुझाउने खसले यहाँको भूमिको रैथाने समुदाय अर्थात आदिवासी÷जनजाति बुझाउने भएकाले समूहगत पूर्ण परिचय र अस्तित्व पहिचानका लागि खस क्षेत्रीनै भन्नुपर्छ ।
खस भनेको के हो
हुनत संस्कृतका पुस्तकमा खस भनेको व्रात्य पापी यक्ष म्लेच्छ जस्ता नामले चिनाउने कोशिस गरेको पाइन्छ । अझ मनुस्मृतिमा संस्कार खसेको या तल झरेको जाति पनि भनिएको छ । त्यसैले कतिपय मानिस खस भनेको आर्यबाट संस्कार खस्केको जाति भनेर चिनाउन रुचाउँदछन । वास्तवमा संस्कृतका पण्डितले जे जस्तो व्याख्या गरेता पनि खसको अर्थ मानवीय जात नै बुझिन्छ । मानवशास्त्रीले संसारमा थुप्रै मानवीय जात भएको बताए तापनि मोटामोटी रुपमा ककेसाइट जाति मंगोलाइट जाति र नेग्रोआइट जाति भनी ३ जातिको व्याख्या गरेका छन् । वैदिक सोचको विकास हुनुपूर्व ककेसाइट जातिका एक समूह काशगिरदेखि खसियापर्वतसम्म वस्दै आए त्यसजातिलाई खस भनिन्छ । नेपालको सन्दर्भमा १२ औं शताब्दितिर नागराजाले तिब्बतको खारी प्रदेशदेखि लिएर कुमाउ गढवालसम्मको भूभाग मिलाइ विशाल खस साम्राज्य स्थापना गर्दा त्यस भूभागमा बस्ने आदिवासीलाई खस भनिन्छ ।
खस क्षेत्री आदिवासी मात्रै हुन कि जनजाति पनि
आदिवासी÷जनजाति सम्बन्धि हाम्रो संगठनले उठाएको सवाल सुचिकृतसँग सम्बन्धित छ । पहिलो कुरा त्यस्तो आदिवासी मात्र या जनजाति मात्र सुचिकृत हुने व्यवस्था नै छैन । दोस्रो कुरा आदिवासी÷जनजातिको सवाल दुई वेग्लै प्रकृतिको समाजको सवाल हैन । यसको अर्थ अंग्रेजीमा इन्डिजिनियस पिपलु हो । यसलाई संसारका अनेक वेग्लावेग्लै देशमा वेग्लावेग्लै शब्दले बुझिन्छ । किहं मात्र आदिवासी शब्दले त किहं जनजाति शब्दले त कतिपय देशमा मुलवासी ( First person) indigineous, hunter-gatherer, hill people, nomads, tribe, minoeroties, जस्ता थुप्रै शब्दले उही अर्थ बुझाउँछ । यस कुरालाई व्यवस्थित गर्ने हाम्रो ऐनको नाम आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ रहेको छ । हामीले उक्त ऐनमा त्यसकै परिभाषा अन्तर्गत सुचिकृत हुने कुरा उठाएका छौं ।
हामी व्यक्तिलाई नागरिकताको प्रमाण पत्रको आवश्यक परे जस्तै हाम्रो समूहगत वैधानिक पहिचान अर्थात वैधानिक अस्तित्वका लागि सुचिकृत हुन माग गरेका हौं । यो समूहगत मानव अधिकार र जातीय विभेदको अन्त्यसँगै अधिकार स्थापनाको प्रश्न हो । तेस्रो कुरा जो सायद सबभन्दा महत्वपूर्ण छ त्यो हो आरक्षणको ग्यारेण्टीको व्यवस्थाको लागि ।
चौथो कुरा आइएलओक्षीइ नं।१६९ मा व्यक्त अग्राधिकार प्राप्तिका लागि । आइएलओ १६९ को धारा २१ ले व्यवसायिक तालिम धारा २४ ले सामाजिक सुरक्षा तथा स्वास्थ्य धारा २७३१ ले शिक्षा धारा ४ ७ १५ २० ३२ ले वातावरण सम्बन्धि संयुक्त राष्ट्र संघीय दृष्टिकोण तय गरेको छ । त्यस्तै कन्भेन्स नं। १०७ र १७३ ले जमिन एवं प्राकृतिक स्रोत साधनमाथिको पुस्तैनी अधिकारको हकलाई सुरक्षा प्रदान गरी परम्परागत पुर्खौली जग्गा जमिन तथा प्राकृतिक स्रोत साधनको उपयोग तथा परिचालनमाथि आदिवासी ÷जनजातिको अधिकारको ग्यारेण्टी गरेको छ । उक्त घोषणा नं। १६९ लाई हाम्रो सरकारले हस्ताक्षर र संसदले अनुमोदनसमेत गरिसकेको छ । यस्तो अवस्थामा माथि उल्लेखित अग्र अधिकारका लागि जो हाम्रा लागि नैसर्गिक रुपमा आवश्यक छन आदिवासी÷जनजातिमा सुचिकृत हुनुको विकल्प नै छैन । यस अभिसन्धीले राजनीति र नीति निर्माणमा आदिवासी जनजातिको समानुपातिक सहभागिता र अवसरमा पहुँचको व्यवस्था गर्दछ ।
केही विद्वानहरुका पुस्तकका केही अंश नियालौं
डोरबहादुर विष्ट सबै जातको फुलबारी हामी खसुबाट
यस अघिसम्म त खस भन्ने जाति नेपालमा छँदै छैन भनेर हामी नै जिद्धि गरेर िहंडिरहेका थियौं । हामीजस्ता सर्वसाधारण मानिस मात्रै कहाँ हो र हाम्रा थुप्रै खस दाजुभाइहरुले आफू सफल सम्पन्न र ठूला मानिस भएका बेला ठकुरी क्षेत्री बनेर बाँकी हामीजस्ता गरिब अशिक्षित मानिसहरुलाई आफन्तै भए पनि खसेको मतवाली भन्दै ुतल्ला जातुमा खसालेर राख्न त खस पावैु भन्ने अपमानजनक शब्द प्रयोग गर्दै आएका थिए । त्यसैकारणले हामीहरुलाई पनि आफू खस हौं भनेर स्वीकार गर्न धेरै लाज लाग्थ्यो । कसैले हामीलाई खस भनेमा रिसाउने र चित्त दुखाउने गर्दै आएका थियौं । त्यसो त आज पनि थुप्रै खसहरुलाई आफू खस हौं भनी स्वीकार गर्न लाज र असजिलो लाग्छ ।
दक्षिणा र दान लिनका लागि बाहुनहरुले हाम्रा पुर्खाहरुलाई फकाएर उनीहरुलाई मतवाली छेत्री भन्न सिकाएछन् । घरघरमा जाँडरक्सी बनाउने र कुखुराको मासु खाने भएकाले आफना सबै देवतालाई पनि जाँडरक्सी र कुखुराको मासु चढाउने चलन भएका हामी खसहरुलाई क्षेत्री शब्दले परिभाषित गर्न मिल्ने कुरा त थिएन । तर आफूले ठगिखान सजिलो हुने हुनाले हामीलाई क्षेत्री भनेर बाहुनहरुले फकाएछन् । यसो गरेर बाहुनले ठूलो गुन लाएको ठानेर हाम्रा सोझा लाटा पुर्खाले उनीहरुलाई दान दक्षिणा दिदै ढोग दर्शन गदै आएछन् । बाहुनले चाहि हामीजस्ता मतवालीका घरमा कर्मकाण्ड गर्न पस्यो भने आफू अपवित्र होइन्छ भनेर हाम्रो घरमा विवाह ब्रतबन्ध सुत्केरी न्वारान पास्नी हुँदा वा मर्दा र काजकिरिया गर्दा कुनै बेला पनि पुरेतको काम गर्न आउने गरेका छैनन् । तैपनि हामीचािहं हामीलाई झुक्याएर थांगनामा सुताउने ती बाहुनलाई आजसम्म गोडामा ढोग्ने र वर्षमा एकपल्ट उठ्ती उठाउन आएका बेला राडी फेरुवा देउ पाखी बाछी पाडी पाठा र खसीका साँप्रा आदि महंगा सामानको दान र नगद दक्षिणा दिने गरिआएकै छौं । हाम्रो मुख्य पेसा पशुपालन खेती भएको हुनाले बाहुनलाई दान दिने सबै सामान आफनो पसिना र परिश्रमद्वारा उत्पादित वस्तु हुन्छन् ।
घरमा परेको सामाजिक धार्मिक सांस्कृतिक काम जति सबै हाम्रै धामीबाट गराउने र मष्ट बाँटपल ह्याँगरे गुरा थार्प कालशिल्त दारे बबिरो रुम बुढु म्हावै खापर मरुद्धा लामा आदि कहिलेकहीं बाहुमष्ट भनिने अवैदिक देवता मान्ने हामी खसलाई बाहुनले मान्ने देवताको नामसम्म पनि थाह छैन । तैपनि आफूलाई छेत्री भनाउने रहरमा अघिल्तिर मतवाली भन्ने विशेषण लगाएर भए पनि हाम्रो घरदैलोमा आउने बाहुनलाई महंगा सामान र नगद दान गरिब भए पनि दिदै आएका छौं ।
बाहुन छेत्री ठकुरीबाट संधै तिरष्कृत हुँदै आएपनि आफूलाई छेत्री ठहराउने रहरमा हामीले आजसम्म जनजाति बन्न खोजेनौं । यसो गर्दा हामी घरका न घाटका भयौं ।
कोही कोही ज्यादै ठूलो ख्याति प्राप्त गरी शीर्षस्थ ओहोदामा पुगिसकेका नेपालका मूर्धन्य इतिहासकार त खस भन्ने शब्द सुन्दा मात्रै पनि रिसले रन्थनिने गर्थे भन्ने कुरो हामीले सुनेका छौं । खस भन्ने हुँदै नभएको कुरा हो भनेर जिद्धी गर्थे रे उनी । सायद उनले पनि अरु धेरै मानिसले जस्तै पहिलेका खसजति सबै ठकुरी छेत्री र खसका धामी जति सबै बाहुन बनिसके भन्ने ठानेका थिए होलान । तर यथार्थचाहि त्यस्तो छैन । हामी जस्ता दशौं लाख खस बाँकी नै छौं । हामी अझै छेत्री ठकुरी र बाहुन बनिसकेका छैनौ लेखकले खासगरी कर्णाली भेगमा बस्ने विशुद्ध खसका विषयमा कलम चलाउनु भएको छ ।सं। तैपनि खसका माथिल्ला तहका ठूलाठालूजतिलाई जनै लगाइदिने काम उहिले नै पूरा भइसक्यो भन्ने ठानेर होला केही उपकारी बाहुन पण्डितहरु पूर्वतिर लागेर राई लिम्बू सुनुवार र तामांगहरुलाई व्रतवन्ध गरेर जनै लगाइदिने काममा व्यस्त हुन थालेका छन रे भन्ने कुरा पनि हामीले सुनका छौं …।
खस प्रयोगात्मक नेपाली शब्दकोष अनुसार पश्चिम नेपालको पहाडी भूभागमा प्राचीनकालदेखि बसोबास गर्दै आएको एक जाति खसानको वा खस प्रदेशको बासिन्दा छेत्रीहरुको एक वर्ग ।
खस ः रामायण महाभारतकालेदेखि प्रसिद्ध तथा सातौं आठौं शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति एक प्राचीन जाति खसानको बासिन्दा ।
प्राचीन क्षेत्रियको एक जाति । नेपाली वृहत शब्दकोष
नेपालका क्षेत्रीहरुकोशुद्ध क्षेत्रीहरुको सम्बन्ध नेपालका प्राचीन जाति खससँग रहेको छ । प्रा।डा। के।बि। थापा
प्रा। बालकृष्ण पोख्रेलका अनुसार तथापी अझै पनि विशेष रुपमा भन्नुपर्दा केवल छेत्रीहरुमात्र खस कलाउँछन । यस समूहलाई चार सुक्ष्म भेदमा बाँड्न सकिन्छ । क छेत्री ख खत्री ग ठकुरी घ हमाल ।
प्रा। राजाराम सुवेदी भन्नुहुन्छ वास्तवमा अझै पनि नेपालमा छेत्रीराजन्यलाई मात्रै खस भनिन्छ । खस भन्नाले सबै क्षेत्रीलाई बुझाउँछ ।
युवराज कार्कीँ÷बुद्धिबहादुर राउतले खस विद्यार्थी आवाजमा खसका विषयमा यसरी लेख्नु भएको छ-
क खस समाजको मातृभाषाले आज नेपालको सरकारी कामकाजको राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेको छ । पूर्वी पहाडी अर्थात सिाजालीबाट पर्वते गोर्खाली हुँदै नेपाली नामाकरण भएको र मध्य पहाडि अर्थात गढवाली भाषाको संयुक्त र मूल रुपलाई खस कुरा भनिन्थ्यो । आज नेपाली भाषाका रुपमा प्रचलित भाषा नै खस भाषा भएकाले खस क्षेत्रीको आफ्नै समृद्ध भाषा भएको प्रष्ट छ ।
ख खस क्षेत्री समाजको परम्परागत रितिरिवाज अनगिन्ति भएको उदाहरणसहित पेश गर्न सकिन्छ ।
त्यसमध्ये केही यसप्रकार छन् ः तिहारमा लिगे पिग मच्चाउने भैलो र द्यौसी खेल्ने दाजुभाइ र दिदीबहिनी बीच टीका थाप्ने विवाहमा खांडो जगाउने जन्ते बाख्रोको भोज खाने बन्दूक पड्काउँदै हातहतियार प्रदर्शन गर्दै जन्ती जाने रत्यौली खेल्ने दोहोरी कविता गाउने दशैंमा ठूला बडाको हातबाट टीका थाप्ने जमरा लगाउने श्रावण महिना धार्मिक कार्य र सासू बुहारीबीच पानी छल्ने विभिन्न जाति जनजातिका देवताहरुको भाकल गर्ने र धार्मिक यात्रा गर्ने कृषिका सहायक पेसाकर्मीसँग खनवाली प्रथामा काम गर्ने गराउने श्रमको पैंचो पर्म र भोज भतेरको सट्टा श्रम बेठी गर्ने पहिलो पटक मासिक श्राव हुँदा गुफा पस्ने सिन्की गुन्द्रुक तितौरा मसौरा सेल फुलौरा अनरसा असा्र कसार बटार्ने वासी तरुल खाने जस्ता विभिन्न परिकार मौसम र चाडपर्व अनुसार खाने खुवाउने प्रचलन जस्ता अनगिन्ति खस क्षेत्रीका विशिष्ट पहिचानका रुपमा परम्परागत रुपमा रही आएका छन् ।
ग् सांस्कृतिक पहिचानभित्र भेषभुषा धर्म रितिरिवाज कला चाडपर्व र संस्कार मूल्य मान्यता जस्ता विषयवस्तु पर्दछन । भेषभूषामा कछाड भोटो जस्ता आङ ढाक्नेदेखि शिरको ढाका या भादगाउँले टोपीसम्म पुरुषका भेषभूषामा पर्दछन भने गुन्यू चोलो नै महिलाका पहिरन हुन् । बुलाकी तिलहरी टीका चुरा पोते धागो भेषभूषाकै अ¨का रुपमा पर्दछन् । खस समुदाय भेषभूषामा मनग्गे धनी भएको प्रमाण दमाई र कामी जस्ता लुगा सिउने र गहना बनाउने व्यवसायकर्मी खस समुदायसँग मात्र भएबाट प्रष्ट हुन्छ ।
आफ्नो पारम्परिक कलामा नौमती बाजा जसमा नरिसंह कर्नाल सनाई दमाहा ढोलकी ट्याम्के झ्याम्टो तुराई र बाँसुरी पर्दछन् ।
देवाली उँभौली उँधौली गोठपूजा शनिश्चरे माघे सक्रान्ति असार पन्ध्र श्रावण सक्रान्ति स्वस्थानी मातातीर्थ जस्ता अनेक चाडपर्व जसमा बाहुन पुरोहितको आवश्यकता पर्दैन सबै खस क्षेत्रीका मौलिक परम्परागत चाड हुन । जसमा सबभन्दा प्राचीन र महत्वपूर्ण चाहि देवाली हो । सांस्कृतिक सम्मिश्रणका कारण अनुकरण गरिएका सबैजसो हिन्दू चाडपर्वमा पनि केही केही खसको मौलिक पहिचान कायमै रहेको पाइन्छ ।