04/09/2026
भोटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढीमा बेपत्ता पत्रकारहरूको खोजी कार्यलाई तीव्रता दिन तथा बाढीबाट प्रभावित पत्रकार र सञ्चारमाध्यमहरूको पुनःस्थापनालाई प्राथमिकता दिन नेपाल पत्रकार महासंघले नेपाल सरकारसँग जोडदार आग्रह गरेको छ।
यस कठिन घडीमा बेपत्ता पत्रकारहरूको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गर्दै प्रभावित पत्रकार, सञ्चारमाध्यम र परिवारजनप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछौँ।
नेपाल पत्रकार महासंघ बेलायत शाखा