07/09/2026
आज Rotary Club of Rupandehi को पहल तथा तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा निर्माण भएको जमुना घाट शवदाह गृहको अवलोकन तथा जानकारी आदान–प्रदान गर्ने अवसर प्राप्त भयो।
कार्यक्रममा District Governor Rtn. Vishnu Karki, First Lady Niru Mam, AG Rtn. Om Jaishi, PP तथा Club Mentor Rtn. Raju Kherel, PP तथा President Council Chair Rtn. Suraj Khatri, PP तथा Zone 28 का AG Rtn. Pramod Panthi, PP Rtn. Gopal Prasad Neupane, PE Rtn. Om Prakash Shrestha, Rtn. Yubraj Regmi, Membership Chair Rtn. Rishi Ram Pandey, Rtn. Purushottam Gaire लगायत जमुना घाट व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा Rotary Club of Rupandehi का अध्यक्ष Rtn. Vikram Rijal ले जमुना घाटको महत्व, निर्माणको पृष्ठभूमि तथा यस परियोजनाले समाजमा पुर्याउने योगदानबारे जानकारी गराउनुभयो। साथै, व्यवस्थापन समितिका तर्फबाट घाटलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक थप पूर्वाधार तथा व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो।
District Governor Rtn. Vishnu Karki ले Rotary का मूल्यमान्यता, सेवाभाव र सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्दै यस महत्वपूर्ण परियोजनालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जमुना घाट शवदाह गृह केवल एउटा भौतिक संरचना मात्र होइन, मानवीय संवेदना, सामाजिक जिम्मेवारी र सेवाको भावनासँग जोडिएको महत्वपूर्ण सामाजिक परियोजना हो। यसलाई अझ व्यवस्थित र नमुना परियोजनाका रूपमा विकास गर्न सबैको निरन्तर साथ, सहयोग र सहकार्य आवश्यक छ।
Service Above Self — सेवा नै हाम्रो पहिचान।
Create Lasting Impact through Service.
Rtn. Vikram Rijal
President
Rotary Club of Rupandehi