15/08/2024
हार्दिक आभार !
रामपुर युवा क्लव र ट्राभल डेन्ट्रिस्टी नेपालद्धारा मानवीयता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर “रोगसंगै भोकबाट पनि बाच्नु पर्छ” भन्ने मुल उद्देश्यले रामपुर अस्पतालमा भर्ना भएका कोभिड बिरामी तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई बिहान बेलुका निशुल्क खाना वितरण कार्यक्रम ११९ दिन पूरा भएको छ । कोभिड बिरामीको संख्यामा कमी र स्थिति केही सहज भएकाले खाना वितरण कार्य हाललाई स्थगित गरेका छौं । हामीलाई स्वदेश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण नागरिक, युवा, व्यवसायी, उद्दमी, सामाजसेवी, संघसंस्था, राजनीतिकर्मी, संचारकर्मी, पत्रकार मित्रहरू, रामपुर अस्पताल, वडा अध्यक्ष, रामपुर नगरप्रमुख, क्लबका सदस्यहरू, सल्लाहकारहरू तथा शुभेच्छुक साथिहरू ज्यूहरू सबैप्रति हार्दिक कृतज्ञ छौं ।