Our Story
पश्चिमी नेपालको स्याङ्जा जिल्लामा रहेको चापाकोट नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा स्याङ्जामा साविक चापाकोट, कुवाकोट र रत्नपुर गाउँ विकास समितिहरू समावेस गरि चापाकोटलाई नगरपालिका घोषणा गरिएको थियो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई चापाकोट नगरपालिकामा गाभिएको छ । चापाकोटको वडा नम्बर ९, सुन्तलीटारलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।
परिचय
जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा पर्ने चापाकोट नेपालको अति नै रमणीय, सुन्दर, शान्त ठाउँहरु मध्यको एक हो। चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत्यकाको रुपमा लिन सकिन्छ। विशेष गरि दक्षिण भागमा बग्ने कालीगण्डकी नदी जसलाई शालिग्राम शिलाको खानीको रुपमा चिनिन्छ, त्यसले अझ चापाकोटको सुन्दरतालाई बयान गर्दछ ।
ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । प्राय गरि चापाकोट गाविसको उत्तरी भाग जुन केवारे भञ्ज्याङ संग सिमाना जोडिएको छ त्यो क्षेत्रमा सार्की तथा ठकुरी जातिको बाहुल्यता छ भने पुर्बी भाग जुन सेखाम गाविस संग सिमाना जोडिएको छ त्यो क्षेत्रमा प्राय नेवार तथा विश्वकर्मा लगायतका जातिहरुको बाहुल्यता पाईन्छ । त्यस्तै गरि दक्षिण भाग जुन कालीगण्डकी लाई सिमाना बनाउदै पाल्पा संग छुट्टिएको छ। अनि पश्चिमी भाग जुन पकवादी गाविस संग सिमाना जोडिएको छ त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरु बसोबास गर्ने गर्दछन् । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरु दसैं, तिहार, तीज लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन् ।
जनसङ्ख्या
विसं २०७१ वैशाख २५ मा चापाकोट,कुवाकोट र रत्नपुर गाविसहरूलाई मिलाएर चापाकोट नगरपालिका बनाइएको थियो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसंख्याको योगफल १२,७४२ रहेको थियो ।विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा प्रदेश स्थित स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाविसहरूलाई मिलाएर चापाकोट नगरपालिका लागू भए संगै यसको कुल जनसंख्या २६,०४२ रहेको छ ।
पूर्ण साक्षर
चापाकोट नगरपालिकाको आयोजना तथा जिल्ला शिक्षा कार्यालय स्याङ्जाको सहयोग र चापाकोट सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापनमा चापाकोट नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ ।
संचार
रेडियो चापाकोट ९१.६ मेघाहर्ज