05/11/2026
श्री भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.
भरतपुर-२, पोखरा बसपार्क, नारायणगढ, चितवन
१४औँ वार्षिक साधारण सभाको स्थान र मिति परिवर्तन सम्बन्धी सूचना:-
`````````````````````````````````````````````````````
आदरणीय सम्पूर्ण शेयर सदस्य महानुभावहरू,
श्री भिमसेन बचत तथा ऋण सहकारी संस्था लि. को १४औँ वार्षिक साधारण सभा सम्बन्धी मिति २०८३/०७/०९ मा प्रकाशित सूचनामा साधारण सभा हुने मिति २०८३ साल मंसिर ४ गते शुक्रबार, स्थान: आदर्श आमा समूहको भवन क्षेत्रपुर-२, आलेटोलमा हुने भनी सूचना प्रकाशन भएको तर विविध कारणले गर्दा साधारण सभाको मिति र स्थान परिवर्तन गर्नु परेकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। तपशिलमा उल्लेखित मिति, स्थान र समयमा संस्थाको १४औँ वार्षिक साधारण सभा हुने जानकारी गराइन्छ।
कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
साधारण सभा हुने मिति, समय र स्थान:-
* मिति : २०८३ साल मंसिर ५ गते शनिवार
* स्थान : पर्व बैंक्वेट कमलनगर भरतपुर
महानगरपालिका वडा नं-३, चितवन
* समय : बिहान १० बजेदेखि ।
साधारण सभाका प्रस्तावहरू :
* सञ्चालक समितिको तर्फबाट सचिवको आ.व
२०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा
आगामी वर्ष २०८३/०८४ को लागि प्रस्तावित
कार्यक्रम माथि छलफल गरी पारित गर्ने
सम्बन्धमा।
* कोषाध्यक्षको तर्फबाट आ.व २०८२/०८३ को
प्रगति प्रतिवेदन तथा आ.व २०८३/०८४ को
प्रस्तावित अनुमानित आय व्यय विवरण माथि
छलफल गरी पारित गर्ने सम्बन्धमा।
* आ.व २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन
उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
* सञ्चालक समितिले आ.व २०८२/०८३ मा गरेका
निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा।
* आ.व २०८३/०८४ का लागि लेखापरीक्षक
नियुक्ति गर्ने सम्बन्धमा।
* शेयर सदस्यहरूलाई लाभांश वितरण गर्ने
सम्बन्धमा।
* संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने
सम्बन्धमा।
* साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने
सम्बन्धमा।
* आन्तरिक कार्यविधिहरू संशोधन गर्ने सम्बन्धमा।
* विनियम संशोधन गर्ने तथा पारित गर्ने सम्बन्धमा।
* विविध।
नोट : साधारण सभा सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड एवम् निर्देशिका बमोजिम हुनेछ।
सञ्चालक समितिको निर्णयको आज्ञाले,
पुष्प कुमार श्रेष्ठ
(सचिव)