08/10/2025
सामाजिक संजालमा सौरभले खोलिदिए पश्चात धेरैलाई लाग्नसक्छ ! को हो " लुसिफर ? " ( पूरा पढ्नुस आजसम्म नखुलेको इतिहाँस ! )
सबैभन्दा पहिले तस्बिरमा राखिदिएको जुन रुप छ सिङ भएको , त्यहि हो लुसिफर।
तर यो सिङ भएको लुसिफर चाहिँ को हो त ? यसको लागि पुग्नुपर्छ श्रीमदभागवत , स्कन्दपुराण, महाभारत कथामा आउने एउटा इतिहाँसमा !
काश्यप ऋषिका छोरा थिए ऋषि “ कण्डू “ । एकदिन उनि कठोर तपस्या गरिराखेको बेलामा इन्द्रले तपस्या बिथोल्नकै लागी स्वर्गबाट अप्सरा पठाए जसको नाम थियो , “ प्रम्लोचा “
अत्यन्त सुन्दरी भएकै कारण ऋषिको तपस्या बिथोलियो र कामभाव प्रधान हुँदा उनीहरुले सयौं वर्ष संगै बिताए।
यसबेलामा ऋषि एकाएक झसंग भएर हेर्दा त ९०७ वर्ष पो बितिसकेछ।
यसरि ध्यान बिथोलिएको ऋषि झस्किदा जब प्रम्लोचाले पनि आफ्नो पाप महसुस गरिन् , तब उनि भाग्दै दौडदा उनको शरीरबाट उक्त पापको फलस्वरुप एउटि छोरी जन्मीइन जसको नाम थियो " मरिसा ! "
तिनै " मरिसा " ले जब नारदमुनिबाट ब्रह्मज्ञान पाएका प्रचेताहरु मध्येबाट " प्रचेता " ( दक्ष प्रजापतिको सन्तान, ध्रुव–पृथुको वंश ) संग बिहे गरिन् ।
पापबाट जन्मिएकी " मरिसा " बिहे गरेको कारण " प्रचेता " को बुद्धि भ्रस्ट भयो र उनी म्लेक्ष बन्न पुगे । यिनिबाट १०० छोराहरु जन्मिए जो म्लेक्षहरुका राजा भए ...
( यहाँसम्मको कथा हिन्दु धर्मशास्त्रमा भेटिन्छ ....यहाँपछिका कुरा यहुदी धर्ममा लगेर जोड्नुपर्ने हुन्छ ।।।। )
अब यहाँपछि यहुदिहरुको मान्यता, बाईबलको मान्यता र सैतानको जन्मसम्मका कुरा ......अब लागौं यहुदिको अब्राहमतर्फ !
यिनै प्रचेता भनेका यहुदिहरुले भन्ने गरेका र यहुदिले मान्ने अब्राहम हुन् भन्ने प्रमाणित हुन्छ तर यी अब्राहम मरिसा कै पति प्रचेता हुन पनि सक्छन् वा वेदब्यास जसरी यो एउटा पद मात्र हुनगई हजारौं वर्ष पछि पनि उनका सन्तान म्लेक्ष गुरुलाई पनि " प्रचेता " नै मानिएको पनि हुनसक्छ ।
तर ब्रह्मज्ञानि " प्रचेता " एकाएक बुद्धि भ्रस्ट हुन नसक्ने स्थितिलाई हेर्दा उनका सन्तान मध्येका कुनै एक ब्यक्ती यो " अब्राहम " हुनुपर्छ ।
यिनै प्रचेता (अब्राहम) लाई उनीहरुको भाषामा “ patriarch of the Jewish people “ भनिन्छ जसले यहुदी धर्मको स्थापना गरे।
यो धर्म वेदकै चिन्हहरुलाई वेद विरोधी धर्ममा प्रयोग गर्ने धर्म थियो।
प्रचेता र patriarch भन्ने शब्द मिल्न जानु, यहुदिले प्रयोग गर्ने चिन्हहरु र हिन्दु धर्मले प्रयोग गर्ने चिन्हहरु एउटै हुनुले पनि प्रचेता र अब्राहम एकै ब्यक्ति हुन् भन्ने प्रमाणित हुन्छ।
अब यिनै प्रचेताका १०० छोरा म्लेक्ष कहलिए जसले १०००० सन्तान जन्म दिई म्लेक्षहरुको संख्या बढ्न गयो।
संख्या बढ्दै जाँदा म्लेक्षहरुबीच नै जब विवाद उत्पन्न भयो तब यहुदी धर्मबाट नै ३ धर्मको जन्म भयो।
१) सैतान पुजक ( ANTI CHRIST )
२) मुसलमान ( मुहम्मदलाई मान्ने )
३) क्रिस्चियन ( यशुलाई मान्ने )
जसरि हिन्दु धर्मको कथामा दक्ष प्रजापति शिव विरुद्ध लाग्नाले शिर काटिएर बोकाको टाउको जोडियो ठिक त्यसैगरी यो सैतानको पनि बोकाको टाउको छ र यो इश्वर बिरोधि पनि हो।
( यसरी अब्राहमिक धर्मबाट नै मुसलमान र कृस्चियन धर्म उत्पन्न भएका हुन् )
अर्को एउटा जन्मियो सैतानी धर्म अर्थात, " नास्तिकता वा सैतान पुजा " ।
जुन उनिहरुको ग्रन्थमा व्याख्या गरिएको सैतानको स्वरुप र सैतानको कथा ठ्याक्कै हिन्दु शास्त्रको दक्ष प्रजापतिसंग मिल्छ र यसैलाई भनिन्छ ,
“ लुसिफर “
लुसिफर मान्नेहरुको मान्यता अनुसार यो लुसिफरले मानव बलि खान्छ तर यसले पशुबलि खाँदैन तर क्रिस्चियन र मुसलमान दुवै धर्ममा भने पशु बलि वा चराको बलि माग्छ तर मानव बलि भने माग्दैन।
यसरि हेर्दा म्लेक्षहरु पनि हाम्रै कण्डू ऋषिका १०००० सन्तानहरु हुन् तर उनीहरु वेद विरोधी हुन्।
उनीहरु मान्छे जन्मिदै पापी हुन्छ र पापको क्षमा प्रभुले गर्नुहुन्छ
भन्छन्
क्रिस्चियनहरुले जन्मिदै मान्छे पापी हुन्छ भन्नुको कारण चाहिं कण्डू ऋषि र प्रम्लोचाको काम वासना र तपस्या भंग भएको गलत कर्मबाट जन्मिएको हुनाले यो कुरा भनिएको हो।
तर यी धर्म नमान्ने लुसिफरले भन्छ, “ जन्मिदै मान्छे पापी हुँदैन , मेरो साथमा हुने कोहि पनि पापी छैन “
यसरि सनातन मान्यता भन्दा विपरित वेद बिरोधि म्लेक्षहरु हुन् भने म्लेक्ष मध्ये पनि मुसलमान र क्रिस्चियन समेत नमान्ने लुसिफर हो। म्लेक्ष मध्ये पनि अराजक , असभ्यता , धर्म बिरोधि यसको पहिचान हो।
त्यसैले त यसले सबै धर्मको बिरोध गर्छ र सबै इश्वरहरुको बिरोध गर्छ। यसले मुहम्मद र क्राइस्ट दुबैलाई मान्दैन तर अचम्म चाहिँ ,
- इशाईहरु पास्टर मान्छन्
- पास्टरहरु पोपलाई मान्छन्
- पोपले लुसिफर मान्छन्
अब यसको अन्य आधारहरु पनि हेर्नुस !
९०७ वर्ष प्रम्लोचा र कण्डू ऋषिले संगै बिताए त्यसैले त्यहि ७ अंकबाट म्लेक्षहरु हाम्रो सभ्यता विरुद्ध खेल्छन्। ९०७ वर्ष भनेको अंक ३ अंकको छ र ९ + ० + ७ जोड्दा १६ अर्थात १(६) हुन्छ त्यसैले उसको खेल्ने अंक भनेको ,
३ अंकको ६ अर्थात 666 हो। लुसिफरको र म्लेक्षहरुको तागत भनेकै ७ अंकमा खेल्ने र 666 हो।
अब बुझ्नुस लुसिफर मान्नेहरु कस्ता हुन्छन् ??
- कालो लुगा लगाउने
- संस्कार र धर्म नमान्ने
- वेद बिरोधि मात्र नभई क्रिस्चियन र मुस्लिम विरुद्ध समेत लाग्ने
- धर्म नमान्ने नास्तिक
- अश्लिलता , अराजकता र अपराधमा बिस्वास गर्ने
- रगत , दुर्घटना , अरुलाई दुख दिनमा रमाउने
- गरिब , दुखि , रोगि आदि देख्न नै नसक्ने
अहिले संसारभरि यसैको राज छ र यसको उद्देश्य नै संसार कब्जा गर्ने हो जसलाई भनिन्छ , " NEW WORLD ORDER "
यसको उपज हो यी सबै ,
- युद्ध , अपराध , विध्वंस
- कोभिड लगायत महामारी
- भ्याक्सिन आतंक
- डिजिटलाईजेसन ( राष्ट्रिय परिचयपत्र ! इम्बोस्ड नम्बर आदि )
- weather control
- प्राकृतिक दुर्घटना जस्तै देखिने हत्या आतंक
त्यसैले यो शक्तिको पराजय जब हुन्छ तब मात्र विश्वभर शान्ति आउँछ र यसको पराजय गर्नकै लागि आउनुहुनेछ , " कल्की अवतार "
" कल्की अवतार " को आगमन नभएसम्म ,
" भज गोविन्दम ! भज गोविन्दम ! भज गोविन्दम मुढमते "
यहि अवतारलाई अन्य धर्म मान्नेहरु चाहिँ, " न्यायको दिन " अर्थात " Judgement Day " भन्नेगर्छन भने सनातनीहरु चाहिँ, " कल्की अवतार " भन्छन् ।
यो दिनमा न्याय अवश्य मिल्नेछ, अधर्मको नाश हुनेछ, दुष्ट राजाहरुको अन्त्य हुनेछ र सत्य युग तथा धर्मको स्थापना हुनेछ ।
" धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे "