Rising Nepal

Rising Nepal Rising Nepal
(1)

Rising Nepal ख्रीष्टयन लेख रचना तथा बाईबलिय सत्यतालाई उज्जागर गर्ने एउटा साझा थलो हो । तपाई यहाँ आफ्नो बिषय वस्तु र लेख बाईबल र त्यससँग सम्बन्धित भएर लेख्न पढ्न र आफ्नो विचार राख्न सक्नु हुनेछ ।

27/11/2024

पैसाको लागि येशूलाई बेच्ने यहूदा इस्करियोत, मण्डली बेच्ने पास्टर, र पवित्र आत्माका वरदान (अगमवाणी/चंगाई) बेच्ने अगमवक्तामा खासै भिन्नता छैन।

-भोजराज भट्ट

10/10/2024

पुलपिट मण्डलीलाई दोषित र बहिष्कृत गर्ने मञ्च होइन, यो मण्डलीलाई पोषित र शिक्षित गर्ने एउटा पवित्र वेदी हो!

झुठा शिक्षकहरूबाट मण्डलीलाई बचाउनका लागि प्रेरितहरूको विश्वासको सारलाई अझै विस्तृत रुपले परिमार्जन गरेको ख्रिष्टियन विश्...
25/09/2024

झुठा शिक्षकहरूबाट मण्डलीलाई बचाउनका लागि प्रेरितहरूको विश्वासको सारलाई अझै विस्तृत रुपले परिमार्जन गरेको ख्रिष्टियन विश्वासको सार नै नाइसिया विश्वासको सार हो। जुन 325 AD र 381 AD मा लेखिएको थियो।

313 AD मा रोमी सम्राट कन्स्टान्टिनले ख्रीष्टमा विश्वास गरे। त्यसपछि ख्रिष्टियन धर्म वैधानिक बन्यो र राज्यको धर्मका रूपमा स्वीकार गरियो। ख्रिष्टियनहरु माथि हुने गरेको रोमी सतावटको अन्त्य भयो। त्यसको १२ वर्षपछि अर्थात् चौथो शताब्दीको सुरुमा येशु ख्रीष्टमा ईश्वरीय स्वभावको विषयलाई लिएर मण्डलीमा झुटो शिक्षाले आक्रमण गर्न सुरु गऱ्यो। एरियस (Arius) नाउ गरेको व्यक्तिले फैलाएको झुटो शिक्षा एरियनवाद चर्चमा डढेलो झैँ फैलिरहेको थियो। उनको झुटो शिक्षा यस्तो थियो→ “येशु पूर्ण रुपले परमेश्वर हुनुहुन्न, किनभने येशुलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, यसर्थ उहाँ अनन्त हुनुहुन्न।”

एरियसले यसरी झुटो शिक्षा सिकाउन सुरु गरेको थाहा पाएर एलेक्जेन्ड्रियाका विशप एलेक्जेन्डरले उनलाई बोलाए र त्यसो नगर्न सम्झाए। एरियसले आफ्नो अडान छोडेनन। यो झुटो शिक्षकको कुरामा विश्वास गरेर धेरै विश्वासीले येशु ख्रीष्ट माथि शंका गरे। त्यसरी सुरुको मण्डलीको एकता जोखिममा पर्न गयो।

यसरी मण्डलीमा बढ्दै गरेको सैद्धान्तिक विवादको अन्त्य गर्नका लागि त्यो बेला रोमी सम्राट कन्स्टानटिनले नाइसिया (वर्तमान टर्की) भन्ने ठाउँमा सबै मण्डलीका विशपहरूको भेला गराए। त्यो भेलामा करिब ३१८ विशप सहभागी थिए। विशप, डिकन, एल्डर अन्य सबै मिली करिब २००० भन्दा धेरैजना सामेल भएका थिए।

प्रेरितहरूको विश्वासको सारले परमेश्वरको त्रिएकत्वको सिद्धान्तलाई स्थापित त गरेको थियो। तर यसले त्रिएक परमेश्वरका सदस्यहरु पिता, पुत्र र पवित्र आत्मा बीचको सम्बन्धका बारेमा स्पष्ट पारेको थिएन।

325 AD मा मण्डलीका विशपहरूको अगुवाइमा सुरुका चर्चका सन्तहरूले सिकाएका बाइबलीय सत्य शिक्षाको अनुसरण गरेर बाइबलीय सिद्धान्तलाई अनुमोदन गरे, सर्वसम्मत निर्णय गरे, एरियस झुटो शिक्षकको निन्दा गरे र ख्रीष्टियन विश्वासको सारको मसौदा तयार गरे। यसैलाई हामी नाइसिया विश्वासको सार भन्दछौं।

381 AD मा शुरूका प्रेरित सन्तहरूले सिकाएका सत्य शिक्षाको आधारमा पवित्र आत्माको ईश्वरीय स्वभाव स्पष्ट पारेर नाइसिया विश्वासको सारमा त्रिएक परमेश्वरको बारेमा स्पष्ट पार्न कन्स्टान्टिनोपलमा दोस्रो विश्वव्यापी चर्च परिषदको आयोजना गरियो।

त्यसैले यो विश्वासको सारलाई दुईवटा सहरको नाउँमा, “नाइसिया-कन्स्टान्टिनोपल विश्वासको सार” पनि भनिन्छ। किनभने यसलाई 325AD मा नाइसियामा र 381 AD मा कन्स्टान्टिनोपलमा गरी दुवै परिषदमा निर्णय गरिएको थियो। तर संक्षेपमा यसलाई नाइसिया विश्वासको सार नै भनियो।

397 AD मा प्रेरितहरूले लेखेका सुसमाचारको पत्र र अन्य 23 वटा पत्रहरूलाई नाइसिया विश्वासको सारको सिद्धान्तसँग दाजेर (नयाँ करार) पवित्र धर्मशास्त्रका रूपमा प्रमाणीकरण गरियो। नाइसिया विश्वासको सार नयाँ करारबाट आयो र नयाँ करारलाई नाइसिया विश्वासको सारद्वारा प्रमाणित गरियो। यी दुवै गहिरो रुपले एकअर्कासित अन्तरसम्बन्ध छ।

नाइसिया विश्वासको सारले हाम्रो परमेश्वर पिता, पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वर हुनुहुन्छ र त्रिएकत्वका तिनै व्यक्ति बराबर हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। परमेश्वरको वचनको आधारभूत सत्यता र सिद्धान्तहरूका बारेमा यति धेरै स्पष्टसँग बताउने अर्को कुनै ख्रिष्टियन विश्वासको सार छैन। मण्डलीमा सत्य र झुठो शिक्षा जाँच्ने साहुल नै यही हो।

कुनै मण्डली साँचो हो कि होइन भनेर जाँच्न उक्त मण्डलीले “नाइसिया विश्वासको सार” स्वीकार गर्छ कि गर्दैन भनी हेरेर थाहा पाउन सकिन्छ। यो एक पेजको दस्तावेज हो। यसलाई विस्तार गर्दा हजारौं पेज लामो हुन सक्छ र यसले हामीलाई सम्पूर्ण बाइबलको समस्त ज्ञान प्रदान गर्दछ।

 #धनगढी
31/07/2024

#धनगढी

19/07/2024

चंगाई येशूले गर्नुहुन्छ तर जब त्यसको ठेक्का मानिसले लिन्छ तब त्यहाँ परमेश्वरको नाम निन्दित हुन्छ, मानिस धोकामा पर्छन्, र सुसमाचार ओझेलमा पर्छ।

Bhojraj Bhatta

17/07/2024

मण्डली बिनाको घुमन्ते अगुवाहरूले दिएको कतिवटा गलत शिक्षाहरुको मण्डलीमा कति नराम्रो प्रभाव पर्छ भन्ने कुरा त मण्डलीका एक जिम्मेवार अगुवाले मात्र बुझ्नसक्छ।

- Bimal Chhetri

मेगा चर्चका पास्टर जेम्स तामाङले चर्च विरुद्ध गतिविधि बढाउँदै लगेको कारण गोरखा जिल्ला भरका सम्पूर्ण क्रिश्चियन समुदायहरू...
14/06/2024

मेगा चर्चका पास्टर जेम्स तामाङले चर्च विरुद्ध गतिविधि बढाउँदै लगेको कारण गोरखा जिल्ला भरका सम्पूर्ण क्रिश्चियन समुदायहरूले २०८१ जेठ ३१ गते संयुक्त बैठक बसेर जेम्स तामाङलाई बहिष्कार गरेको प्रेस विज्ञाप्ति सार्वजनिक गरेको छ । विज्ञाप्तिमा तामाङको शिक्षाबाट सम्पूर्ण चर्च सचेत ,जागा र होसियार रहन अपिल गरेको छ । उक्त बैठकमा गोरखा जिल्लाको सम्पूर्ण इसाई समाजको सहभागितामा हस्ताक्षर रहेको छ ।

समृद्धिको सुसमाचार, “स्वास्थ्य र धनको सुसमाचार“ वा “विश्वासको वचन“ अभियानको रूपमा पनि चिनिन्छ । जो एक विवादास्पद धर्मशास...
31/05/2024

समृद्धिको सुसमाचार, “स्वास्थ्य र धनको सुसमाचार“ वा “विश्वासको वचन“ अभियानको रूपमा पनि चिनिन्छ । जो एक विवादास्पद धर्मशास्त्रीय विश्वास प्रणाली हो जसले सिकाउँछ कि परमेश्वरले सही प्रकारको विश्वास भएकाहरूलाई स्वास्थ्य र धन दिनुहुन्छ । समृद्धिका सुसमाचारका १० प्रमुख विशेषताहरू यस प्रकार छन ।

१.विश्वासको चिन्हको रूपमा धनः

समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले सिकाउछन कि भौतिक सम्पत्ति परमेश्वरको अनुग्रह र आशिषको दृश्यमय (देखिने ) चिन्ह हो । समृद्धिको सुसमाचारका प्रचारकहरु र यसमा विश्वास गर्ने यिनिहरुका अनुयायी (विश्वासी ) हरु विश्वास गर्छन् कि आर्थिक समृद्धि बलियो विश्वास र परमेश्वरसंगको सही सम्बन्धको प्रमाण हो ।

२.स्वास्थ्य र निको पार्ने प्रतिज्ञाहरूः

समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन । रोग र पीडालाई परमेश्वरको इच्छा विपरीतको रूपमा अर्थात श्रापको रुपमा हेर्दछन । अनी विश्वासले भरिएको विश्वासीहरूले प्रार्थना र सकारात्मक स्वीकारोक्ति मार्फत रोग निको हुने दाबी गर्दछन ।

३.सकारात्मक स्वीकार :

यी प्रचारकहरुले विश्वासीहरूलाई सकारात्मक रूपमा बोल्न र आफ्नो चाहानाहरु (स्वास्थ्य, धन, सफलता) घोषणा गर्न कारण यी गरेबापत स्वास्थ्य, धन, सफलता परिणामको रुपमा जिवनमा आउँछन भन्ने प्रोत्साहित गर्दछन । यो “यसलाई नाम दिनुहोस् र यसलाई दावी गर्नुहोस“ किनकी बोल्ने शब्दहरूमा शक्ति हुन्छ भन्ने शिक्षा दिदै विश्वाससाथ बोलेमा परिणाम आउँछ भन्ने कुरा सिकाउँछन ।

४.बीउ-विश्वासको दियाई :

यी प्रचारकहरुले आफ्ना अनुयायी ( विश्वासी ) हरूलाई तिनीहरूको चर्च वा सेवकाईमा पैसा (प्रायः “बीउ पैसा“ भनेर चिनिन्छ) दिन सिकाइन्छ कि यसो गरेमा परमेश्वरले यसलाई कयौँ गुणा गर्नुहुनेछ र यसलाई ठूलो मात्रामा तपाईलाई फिर्ता गर्नुहुनेछ । उदारता साथ विशेष गरी समृद्धि सुसमाचार प्रचारहरुमा यी बिउ छर्नुपर्दछ जहाँ बाट परमेश्वरको आशिषहरू तपाईमा बग्दछ भन्ने सिकाइन्छ ।

५.सूत्रको रूपमा विश्वासः

समृद्धिका प्रचारकहरूले अक्सर विश्वासलाई सूत्रीय प्रक्रियाको रूपमा प्रस्तुत गर्छन्, जहाँ निश्चित चरणहरू वा कार्यहरूले सधैं ईश्वरीय आशिषहरू प्राप्त गर्नेछन् । विश्वासलाई सुत्रको रुपमा प्रयोगद्धारा तपाईले आफूमा समृद्धी बर्साउन सक्नुहुन्छ भन्ने कुरा सिकाउँछन ।

६. व्यक्तिगत सशक्तिकरण ।

समृद्धिका सुसमाचार प्रचारकहरुले व्यक्तिगत सशक्तिकरणमा जोड दिन्छ, विश्वासीहरूलाई विश्वासद्वारा आफ्नो जीवन र नियतीलाई नियन्त्रण लिन सकिन्छ भनी प्रोत्साहित गर्दछन । यो प्रायः आत्म-सहायता सिद्धान्तहरू र प्रेरक प्रचार (Motivational Preaching ) सँग पङ्क्तिबद्ध हुन्छ ।

७. सफलता उन्मुख शिक्षा ।

समृद्धीका प्रचारहरुको सन्देशहरू प्रायः आर्थिक, करियर र सम्बन्धहरू सहित जीवनका विभिन्न पक्षहरूमा व्यक्तिगत सफलता हासिल गर्नमा केन्द्रित हुन्छन् । सफलतालाई परमेश्वरको आशिषको ठूलो प्रमाणको रूपमा चित्रण गर्दछन ।

८. कष्ट र परीक्षाहरु

समृद्धिको सुसमाचार प्रचारकहरुले दुःख, परीक्षा, र विश्वासको परिक्षा बेवास्ता गर्ने प्रवृत्ति राख्छन । अर्थात यी कुराहरु बाइबलीय हुन भन्ने कुरालाई इन्कार गर्छन । कठिनाइहरू प्रायः विश्वासको कमी वा गलत जिवनशैलीको कारणले गर्दा हो भन्ने कुरा गर्दछन । उनिहरु यी कुरालाई आत्मिक वृद्धी हुने अवसरहरूको रुपमा हेर्दैनन ।

९. सेलिब्रेटी प्रचारक र भव्य जीवन शैलीः

प्रख्यात समृद्धिका सुसमाचार प्रचारकहरू प्रायः भव्य जीवनशैली बिताउँछन् र आफूलाई विश्वासद्वारा हासिल गर्न सकिने सफलताको उदाहरणको रूपमा प्रस्तुत गर्छन् । तिनीहरूको धन र सफलता सबै विश्वासीहरूको लागि प्राप्त गर्ने रूपमा चित्रण गर्दछन ।

१०. बाइबलको गलत व्याख्याः

समृद्धिका सुसमाचार प्रचारकहरूले प्रायः आफ्नो शिक्षाहरूलाई समर्थन गर्न सन्दर्भबाट बाहिर रहेर प्रचार गर्दछन । अर्थात आफ्नो कुरालाई पुष्टी गर्न बाइबलका वचनहरुलाई सन्दर्भबाट बाहिर तानेर प्रचार गर्दछन । तिनिहरु परमेश्वरका आशिषसम्बन्धीका पदहरूलाई जोड दिन्छन । जबकि बलिदान, पीडा, र गरिबी बारे वचन खण्डहरूलाई प्रायः बेवास्ता गर्छन ।

निष्कर्ष : समृद्धिको सुसमाचार अबाइबलिय झुटो सुसमाचार हो । जसले महिमा र सङ्कष्टलाई विच्छेद गर्ने काम गर्दछ ।समृद्धीको सुसमाचार प्रचार गर्ने हाल नेपालीभाषी प्रचारकहरु शमूयल तामाङ, बोनी तामाङ, जेम्स तामाङ, केशब आचार्य, दानियल क्षेत्री, विनय भण्डारी, रोहित थापा, राजु सुन्दास, सिल्भराज तामाङ, सोलोमन राई, जोसेफ राई इत्यादी रहेका छन ।

- निशान घर्ति, सुर्खेत

21/05/2024

नेपालमा "धर्म बेच्ने" शब्दाबली निकै प्रयोग हुन्छ तर गलत अर्थमा !

के हो त धर्म बेच्ने भनेको ? वास्तवमा धर्मलाई कमाई खाने भाँडो बनाउनेहरुले धर्म बेच्छन् । धर्मलाई पेशा बनाउनेहरुले धर्मको किन्बेच गर्छन् ।

जस्तो कि ?

१ भेटी सोहोरेर पुजारी पण्डाहरुले दुईचार सिक्काको मूल्यमा धर्मको व्यापार गरिरहेका हुन्छन् । नाफा कमाईरहेका हुन्छन् ।

२. विद्वान पण्डितहरुले देवताका कथा लेखेर धर्मको उन्नयन होइन आफ्नो व्यवशाय चलाइरहेका हुन्छन् ।

३. पुरेतहरुल्ले ग्रहशान्तिको नाममा धर्म बेचेर दक्षिणा बटुलिरहेका हुन्छन् ।

४.,पितृको उद्धारको गर्ने, पितृको भोक मेटाईदिने, मृत आत्मालाई यमराजबाट जोगाएर स्वर्ग पुर्‍याइदिने पण्डितहरुले गरुड्पुराण, श्रीमदभागवत पारायणको नाममा धर्म बेचिरहेका हुन्छन् ।

५.धर्मको नाममा राजनीति गरेर पदप्रतीष्ठा आर्जन गर्नेहरुले पनि धर्मको व्यापार गरिरहेका हुन्छन् ।

बेच्ने किन्ने शब्दहरु व्यापारिक प्रयोजनमा प्रयोग हुने हुन् । अरुलाई भ्रममा राखेर ठग्ने अनि आफ्नो दूनो सोझ्याउनेहरु असली व्यापारी हुन् । जसले व्यापार गर्छ उसैले वस्तु बेच्छ । आफूसंग जे छ त्यही बेच्ने हो । जसजसले आफूलाई धर्मात्मा, धर्मको ठेकेदार, धर्मको पक्षपाती, धर्मधुरन्धर, धर्मरक्षक, धर्म उन्नयनकर्ता भन्छ वास्तवमा धर्म व्यापारको आधिकारिकता (प्रमाणपत्र) प्राप्त गर्ने उसको एक मात्र चेष्टा हुन्छ। एकलव्य उद्देश्य हुन्छ ।

अब आफै भन्नुहोस असली धर्मको व्यापरी को हो ? कसले धर्म बेच्छ ? कसले धर्मलाई किनबेचको वस्तु बनाउँछ त ?
-चन्द्रप्रकाश बाँनिया
साधु, योगी, पादरी, पुजारी, मुल्ला, पण्डित, पुरेतहरु नभए को हो त धर्मबेचुवा ?!!

15/05/2024
नयाँगाउँ चर्चका एक संस्थापक अगुवा, नेपाल सुसमाचार केन्द्रका संस्थापक एवं वरिष्ठ प्रचारक आदरणीय रेशमराज पौडेल आज २०८१ वैश...
02/05/2024

नयाँगाउँ चर्चका एक संस्थापक अगुवा, नेपाल सुसमाचार केन्द्रका संस्थापक एवं वरिष्ठ प्रचारक आदरणीय रेशमराज पौडेल आज २०८१ वैशाख २० गते अपरान्ह करिब २ः३० बजे यस संसार छोडेर आफ्नो अनन्तको घरमा प्रस्थान गर्नुभयो । कृपया आदरणीय दिदी सिता पौडेल र छोराहरु अनुग्रह तथा आगमन पौडेलको लागी विशेष प्रार्थना गरिदिनु होला।
धन्यवाद ।

ईसाई समुदायहरु अब रास्वपा चिन्नु भो होला है ।
13/04/2024

ईसाई समुदायहरु अब रास्वपा चिन्नु भो होला है ।

11/04/2024

१) धेरै प्रार्थना, संगती र उपवास बस्नेहरुले येशुलाइ त्यागेर पुरानै धर्म वा संसारमा फर्किएका छन ।
२) नेपाल, भारत, अमेरिका लगायत अरु देशमा बाइबल स्कुल पढेकाहरुले येशुलाइ त्यागेर पुरानै धर्म वा संसारमा फर्किएका छन ।
किन यति धेरै आत्मिक देखिने र बाइबल स्कुल पढ्नेहरु पनि येशुलाइ त्यागेर पुरानै धर्म वा संसारमा फर्किएका ? धेरै कारण होला एउटा मुख्य कारण उनिहरु पवित्र आत्माले भरिएका नै थिएनन् । जस्तै:-
१) येशुका चेलाहरुले लगभग साढे तीन वर्ष संगै बिताएका थिए ।
२) येशुले गर्नुभएको सबै आश्चर्यकर्म देखेका थिए ।
३) येशुको मृत्यु देखेका थिए ।
४) येशुको पुनरुत्थान देखेका थिए ।
५) येशुको पुनरुत्थानपछी चालीस दिन येशु संसारमै रहनु भयो
६)र पनि येशु यस संसारमा किन आउनुभयो वा पुरानो करारमा भविष्यवाणी गरिएको मसिह येशुनै हुनुहुन्छ भन्ने कुरा बुझिरहेका थिएनन् र येशुले रोमिको हातबाट छुटकारा दिलाउनुहुन्छ कि भन्ने आश गरिरहेका थिए अर्थात साढे तीन वर्षसम्म चेलाहरु रोमिको हातबाट छुटकारा दिलाउनुहुन्छ भनेर येशुको पछि लागेका थिए (प्रेरित१:६) ।
तर त्यही चेलाहरु पवित्र आत्माको बप्तिस्मा पछि येशुको लागि मर्न तयार भएका छन (प्रेरित २ अध्यायपछी) । हामी ख्रीष्टियानहरु पनि जबसम्म पवित्र आत्माले भरिदैनौ कुनैपनी बेला पुरानै धर्म वा संसारमा फर्किन बेर लाग्दैन ।

बुद्विराज तामाङ

02/04/2024

पास्टर, भोजराज ज्यू भन्नुहुन्छ ,

👉 यहाँ आजकल यसो भन्छन् विश्वासी - यो त सानो चर्च छ, परेको बेला सहयोग पाईन्दैन मानिस हरु थोरै छन्, केहिपनि सिकिन्दैन, पदीय जिम्मेवारी र अगुवा बन्न पनि पाईन्दैन, हाम्रो तिर ठुलो जनमासमा माईक मा बोल्न र देखाउन पाईन्छ रमाइलो हुन्छ ।

पाष्टर, एल्डर, डिकन जे बन्न मन लाग्यो तुरुन्तै भैहाल्छ, यस्तो सानो चर्चमा त ठुलो स्वरमा छटाउन, बौलाउन, थरथर काम्न, भुइँमा लड्न पाईन्दैन बरु आउनुसन यता हाम्रो तिर जाउँ धेरै जना छन् रे । 😜

मानीसको विचारको पछि लागेर मानिस सँग बाँधेको करार र प्रतिज्ञाले कदापि ख्रिष्ट कहाँ पुर्याउँदैन, नामको अगाडि पद झुन्याउने स्वघोषीत गुरु र बिभिन्न खाले मोटिभेसनल स्पिकर भनिनेहरुले आश्वासन दिदैमा कोहि आत्मिकी वा धनी हुदैन । जबसम्म परमेश्वर सँग ब्यक्तिगत सम्बन्ध कायम रहँदैन ।

उनिहरुले केहि समय पछि हाम्रो तिर त अर्को "प्रभु येशू" छन् भन्न बेर लाउदैनन् । येशू लाई पछ्याउनेले 'पक्का' जीवनको गन्तव्य भेट्टाउँछ। एक ठाउँमा रहेर ख्रिष्टमा सन्तुष्ट जीवन जीउन सिक्नुहोस् । मानीस र मानिसको विचारलाई पछ्याउने जीवन भरि "कईन" जस्तो विना चैनको 'डुलुवा' हुनुहुनेछ ।

म त यसो भन्दछु; नामधारि विश्वासीले बेला छँदै "मखुन्डो" उतारेर सक्कली हृदयमा 'केवल येशू' लाई पछ्याउनु । ❤️

त्यो चिहान हाम्रो आफनै- नकारात्मक शक्तिको भण्डार हुनसक्छ- चेतनाको निच स्तर हुनसक्छ- अहंको खानी हुनसक्छ- अनेक शारीरिक, आत...
31/03/2024

त्यो चिहान

हाम्रो आफनै

- नकारात्मक शक्तिको भण्डार हुनसक्छ
- चेतनाको निच स्तर हुनसक्छ
- अहंको खानी हुनसक्छ
- अनेक शारीरिक, आत्मिक, मानसिक दासत्वका बन्धनहरु हुनसक्छ
- अनेक अभिलाषा, इच्छाहरुका पहाड हुनसक्छ
- आदि ।

जबसम्म यी चिहानहरु भत्काउनु सकिदैन । हामी वास्तविक स्वतन्त्र हुनसक्दैनौ । नयाँ जीवन जिउन सक्दैनौ ।

happy resurrection day

हिमाल लिम्बु

ईस्टरको शुभकामना
28/03/2024

ईस्टरको शुभकामना

16/03/2024

religion धर्म र spirituality अध्यात्म बिच के फरक छ ? एसो हेरौं है !!!

- धर्म : अरू कसैको अनुभवमा विश्वास गर्नु
- अध्यात्म: तपाईंको आफ्नै अनुभव हो

- धर्म: डरमा आधारित
- अध्यात्म: स्वतन्त्रतामा आधारित

- धर्म: नर्क जान डराउने मानिसहरूको लागि हो।
- अध्यात्म: पहिले नै त्यहाँ पुगेका मानिसहरूका लागि हो।

- धर्म: अलग गर्छ (भिन्न विश्वास भएका मानिसहरूलाई बाहिर पार्छ)।
- अध्यात्म: एकताबद्धता हुन्छ (मानिसहरूलाई तिनीहरूको आस्थाको पर्वाह नगरी समावेश गर्दछ)।

- धर्म: ईश्वर तपाई बाहिर हुन्छ।
- अध्यात्म: ईश्वर तपाईं भित्र हुन्छ।

- धर्म: ईश्वरको आराधना गर्छ।
- आध्यत्म : ईश्वरसंग एक हुन्छ ।

- धर्म : संगठीत भएर सामुहिक अभ्यास गर्न सहमति ।
- अध्यात्म : व्यक्तिगत अभ्यास ।

- धर्म : अरुको सत्यलाई स्वीकार गर्छ ।
- आध्यात्म : आफूभित्र सत्य खोज्छ ।

- धर्म : ईश्वर र शास्त्रको अर्थ खोज गर्छन् ।
- अध्यात्म : आत्म-खोज र अर्थको खोजी गर्छ ।

- धर्म : ईश्वरसंग शक्ति छ ।
- अध्यात्म : शक्ति आफूभित्र छ ।

- धर्म : शास्त्रद्वारा सिक्नु ।
- अध्यात्म : अनुभवद्वारा सिक्नु ।

- धर्म : ज्ञानमा जोड दिन्छ ।
- अध्यात्म : बुद्धिमा जोड दिन्छ ।

- धर्म : आज्ञाकारिता र मुक्ति ।
- अध्यात्म : प्रेम र स्वतन्त्रता ।

- धर्म : विचार thought
- अध्यात्म : अनुभव feeling

- धर्म : आफू बाहिरको ईश्वरत्वमा आज्ञापालन गर्न अनि समर्पित हुन जोड दिन्छ ।
- अध्यात्म : आफू भित्रको ईश्वरत्वमा जोड दिन्छ ।

- धर्म : भविष्यमा आधारित हुन्छ । जस्तै : मरेपछि स्वर्ग पुगिन्छ ।
- अध्यात्म : वर्तमानमा आधारित । जस्तै: स्वर्ग तिमीभित्रै अहिले नै छ ।

- धर्म : द्वेधता duality
जस्तै : असल खराब । ठिक बेठिक । स्वर्ग नर्क । पबित्र अपवित्र । शुद्ध अशुद्ध ।
- अध्यात्म : एकत्व oneness
जस्तै : सबै कुरा एकै हुन् ।

- धर्म : औपचारिक
- अध्यात्म : अनौपचारिक

- धर्म : जवाफदेही उच्च हुन्छ
- अध्यात्म : जवाफदेही कम हुन्छ

- धर्म : सैद्धान्तिक
- अध्यात्म : प्रयोगात्मक

हिमाल लिम्बू

14/03/2024

अहिले चर्चमा धेरै जना बिस्वासीहरु Emotional blackmail" भैरहेको छ, यहाँ बक्ताले अरुको भावनालाई नियन्त्रण गरेर उनिहरुलाई रुवाउने, कराउने, ढाल्ने र उनीहरुको भावनालाई कब्जा गरिकन विभिन्न तरिकाले भावनाको दुरुपयोग गरेको पाइएको छ। Emotional Blackmail गर्ने वक्ता हरु देखि होसियार !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rising Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Our Story

Cultural diversity and leadership


Other Non-Profit Organizations in Kathmandu

Show All