29/10/2026
🎉🎂 जन्मदिनको हार्दिक शुभकामना 🎂🎉
रोटरी क्लब अफ भरतपुरका सदस्य रोटरीयन दिपक महासेठ ज्यूको धर्मपत्नी लालनी शाह महासेठ ज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🎂
यस विशेष अवसरमा तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछु । तपाईंका सम्पूर्ण इच्छा तथा आकांक्षाहरू पूरा हुँदै जाऊन् र आगामी दिनहरू अझ उज्ज्वल, सफल तथा सुखद बनून् । 🎂
समाजसेवा, मानवीय सहयोग तथा आवश्यकतामा रहेका व्यक्तिहरूको हितका लागि तपाईंले पुर्याउँदै आउनुभएको योगदान सधैं प्रेरणादायी र स्मरणीय रहिरहोस् । तपाईंको सेवाभाव र सकारात्मक सोचले समाजमा अझ धेरै परिवर्तन ल्याओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । 🙏
ईश्वरले तपाईंलाई दीर्घायु, निरन्तर सुस्वास्थ्य, पारिवारिक सुख तथा सफल जीवन प्रदान गरून् ।
🎂🎈🎁 पुनः जन्मदिनको धेरै धेरै शुभकामना । 🎁🎈🎂