Chitwan Chamber Of Commerce & Industry

Chitwan Chamber Of Commerce & Industry CCI Chitwan is a non profit making organization, works for business community. In addition it works for society and development of Chitwan too.

चितवन उद्योग वाणिज्य संघको अनुरोध ।अर्थतन्त्रको मापनका लागि आर्थिक गणना भन्ने मूल नाराका साथ २०८३ वैशाख २ गते देखि सुरु ...
17/06/2026

चितवन उद्योग वाणिज्य संघको अनुरोध ।
अर्थतन्त्रको मापनका लागि आर्थिक गणना भन्ने मूल नाराका साथ २०८३ वैशाख २ गते देखि सुरु भएको आर्थिक गणना कार्य अब मात्र ४ दिन बाँकी रहेकोले यसै साथ संलग्न गणकहरु संग सम्पर्क गरी दर्ता हुन सकिने भएकोले आवश्यक तथ्याङ्क उपलब्ध गराई व्यवसायिक दायित्व पूरा गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र चितवन उवासंघ विच छलफल कार्यक्रम सम्पन्न२५ जेठ, भरतपुर,चितवन उद्योग वाणिज्य स...
09/06/2026

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र चितवन उवासंघ विच छलफल कार्यक्रम सम्पन्न

२५ जेठ, भरतपुर,
चितवन उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । सोही कार्यक्रमममा बागमती क्षेत्रका उद्यमी व्यवसायीहरुका समस्या, वर्तमान बजेटले ल्याएका व्यवस्था, प्रभाव लगायत जिल्ला नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धि का विषयमा छलफल एवम् अन्तरक्रिया कार्य समेत सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठकोे नेतृत्वमा आएको कार्यसमितिको टोलीसँग उक्त कार्यक्रम आयोजना गरिएको हो । स्वागत एवम् छलफल कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवन जिल्लाको आर्थिक एवम् सामाजिक अवस्था र चितवन उद्योग वाणिज्य संघको आगामी रणनितिका बारेमा बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले बागमती प्रदेश संघीय राजधानी समेत भएको यद्यपी यस क्षेत्रका सम्भानाहरु अझै उजागर गर्न आवश्यक रहेको औंल्याउँदै निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायमा बुलन्द गर्नको लागि नेउवामहासंघ बागमति प्रदेशलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले बागमती प्रदेश उद्योग वाणिज्य संघ यस क्षेत्रको निजी क्षेत्रको छाता संगठन भएकोले निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन पुलको रुपमा काम गर्नु पर्ने बताउँदै यसको लागि महासंघको तर्फबाट आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले वर्तमान कार्यसमितिले निजी क्षेत्रका समस्याहरुलाई नजिक बाट नियालेको बताउँदै प्रदेशका सबै उद्योग वाणिज्य संघका समस्या र मागलाई एकितृत गर्दै नेतृत्व गर्ने बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला नगर उवासंघहरुलाई एकतावद्ध गराउँदै लैजाने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले नवनिर्वाचित कार्यसमतिमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई आमन्त्रीत सदस्यमा मनोनित गरेको घोषणा गर्नुभयो ।
सोही अवसरमा अन्तरक्रिया कार्यक्रममा सहभागित हुँदै चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जिल्ला तथा नगर उवासंघको सचिवालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि , सचिवालय व्यवस्थापन लगायतका विषयका कार्यक्रम ल्याउनु पर्ने भन्दै संघका आम्दानिका स्रोतहरु समेत पहिचान गरी लागु अनुरोध गर्नुभयो ।
स्वागत एवम् छलफल कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले नवनिर्वाचत कार्यसमतिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले सवै जिल्ला तथा नगर उवासंघहरु उस्तै उद्देश्यले स्थापित र सञ्चालित भएको हुनाले सबै उद्यमी व्यवसायीको आवाजलाई बुलन्द गर्न नेउवामहासंघ बागमति प्रदेश सफल हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, कोषाध्यक्ष रुद्र वहादुर खत्री लगायत पदाधिकारी एवम् कार्यसमति सदस्यहरु र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको धन्यवाद ज्ञापन एवम् संघका कार्यक्रम अधिकृत गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहभागिताको लागि अनुरोध ।
08/06/2026

सहभागिताको लागि अनुरोध ।

पिएचडिसीसीआई ईन्डिया, एफएनसीसीआई लगाएतको आयोजनामा मिति २०८३ जेट २१ गते तद्अनुसार ४ जुन २०२६ मा गाोरखपुरमा सम्पन्न भारत न...
05/06/2026

पिएचडिसीसीआई ईन्डिया, एफएनसीसीआई लगाएतको आयोजनामा मिति २०८३ जेट २१ गते तद्अनुसार ४ जुन २०२६ मा गाोरखपुरमा सम्पन्न भारत नेपाल द्धिराष्ट्रिय लगानी प्रवद्र्धन सम्बन्धि अन्तराष्ट्रिय फोरममा चितवन उद्योग वाणिज्य संघको सक्रिय सहभागिता रह्यो । कार्यक्रममा चितवनको पर्यटन प्रबद्र्धनका विविध आयामहरु र यस क्षेत्रमा विभिन्न सेक्टरमा भएका लगानीका सम्भावना, दुई देश विचको व्यापार प्रवद्र्धनका समस्या र समाधानका विषयमा संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रिय सदस्य सुमनकुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नु भएको थियो भने अध्यक्ष चिरञ्जीवी सुवेदी र कार्यकारी निर्देशक निलबहादुर केसी प्यानल छलफलमा सहभागि हुनुभएको थियो ।

यस चितवन उद्योग वाणिज्य संघको २०८३ जेठ १७ गते देखि २० गते सम्मको व्यवसायिक अध्ययन अवलोकन भ्रमणका क्रममा सिद्धार्थ उद्योग...
04/06/2026

यस चितवन उद्योग वाणिज्य संघको २०८३ जेठ १७ गते देखि २० गते सम्मको व्यवसायिक अध्ययन अवलोकन भ्रमणका क्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, सल्यान उद्योग वाणिज्य संघ, रुकुमकोट उद्योग वाणिज्य संघ, ढोरपाटन उद्योग वाणिज्य संघ, बागलुङ उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य संघ, पर्वत उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघले गरेको न्यानो स्वागत, उत्कृष्ट आतिथ्यता र सहजीकरणप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
अध्ययन अवलोकन भ्रमणका दौरान यहाँहरूले स्थानीय उद्योग, व्यवसाय र बजारको वस्तुस्थितिबारे गराउनुभएको जानकारी तथा उपलब्ध गराउनुभएको महत्वपूर्ण पृष्ठपोषण हाम्रा लागि अत्यन्तै फलदायी र मार्गदर्शक रह्यो । व्यस्त कार्यतालिकाका बावजुद पनि हामीलाई अमूल्य समय दिनु भई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न यहाँहरुको संघ र कार्यसमितिले खेल्नुभएको भूमिका सराहनीय छ । यस भ्रमणले संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाएको हामीले महसुस गरेका छौं । आगामी दिनहरूमा पनि आपसी हितका यस्ता रचनात्मक कार्यक्रमहरूमा सहकार्य जारी रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।

हार्दिक अपिल ।
01/06/2026

हार्दिक अपिल ।

सूचना ।  मिति २०८३ जेठ १५ गते
29/05/2026

सूचना । मिति २०८३ जेठ १५ गते

चितवन उद्योग वाणिज्य संघमा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न१४ जेठ भरतपुरचितवन उद्योग वाणिज्य संघको सभाहलमा आ...
28/05/2026

चितवन उद्योग वाणिज्य संघमा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न
१४ जेठ भरतपुर
चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज बजार व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय, टोल विकास संंस्था लगायत सरोकारवालाहरुको सहभागीतामा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रियामा बोल्दै अधिकांश सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण मुख्य समस्याका रूपमा रहेको औंल्याए । व्यवसायीहरूले बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङ स्थलको व्यवस्था हुनुपर्ने माग राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बजारको विकास र व्यवस्थापनमा उद्योगी व्यवसायीहरू प्रशासनसँग सहकार्य गर्न सधैं तयार रहेको बताउनुभयो उहाँले बजार व्यवस्थित नहुँदा ग्राहक र व्यवसायी दुवैलाई सास्ती व्यहोर्नु परेको बताउँदै यसलाई सुधार्न हामी सबै सरोकारवालाहरुको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्य वाहक नगर प्रमुख चित्रसेन अधिकारीले बजार व्यवस्थापनका लागि नयाँ गुरुयोजना तयार भइरहेको र नियम मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले पनी पार्किङ्ग व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले बजार व्यवस्थापन टाक्स फोर्स गठन गरी बजार व्यवस्थापनका लागि गुरुयोजना सहितको प्रतिवेदन पेश अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बजार तथा पार्किङ्ग व्यवस्थापन गर्नका लागि मेरो घरको अगाडी गाडी पार्किङ्ग गर्छ भने व्यवस्थापन गर्ने जिम्मेवारी मेरो पनी हो भनेर आम नागरिक लाग्नुपर्ने बताउनुभयो । उहाँले बजार केवल किनबेच गर्ने थलो मात्र नभई यो समाजको सभ्यता, संस्कृति र चेतनास्तर झल्काउने ऐना भएको बताउनुभयो । उहाँले बजारलाई सभ्य र सुसंस्कृत, सफा, मर्यादित र अनुशासित बनाउनु केवल कानुन वा प्रहरीको बल मात्र पर्याप्त नहुने भन्दै यसका लागि राज्य, व्यवसायी र आम नागरिक तीनवटै पक्षको व्यवहार र सोचमा परिवर्तन आउनु जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले बजारमा भएको पार्किङ्ग व्यवस्थापन तथा ट्राफिकिङ्ग सम्बन्धीका हालका समस्या र समधानका उपायका बारेमा प्रस्तुतिकरण गर्नुभयो । सोही कार्यक्रममा भरतपुर महानगरीय प्रहरी प्रमुख कृष्णहरी ढकालले फुटपाथ व्यवस्थापन तथा बजारको सौन्दर्यकरण सम्बन्धी बजारमा देखिएका समस्याका बारेमा प्रस्तुतिकरण गर्नुभयो ।
आज बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट सरोकारवालाहरु बिच बजार क्षेत्रको व्यवस्थापन, सौन्दर्यकरण लगायतको कार्यका लागि गुरुयोजना तयार गर्न तथा कार्यान्वय गर्न चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको संयोजकत्वमा १३ सदस्यीय टाक्स फोर्स गठन गरेको छ । जसमा जिल्ला ट्राफिक कार्यालयको प्रमुख, भपरपुर महानगरीय प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय प्रमुख, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु सदस्य रहेको छन । उक्त समितिको संरक्षकमा भरतपुर महानगर प्रमुख र सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, उद्योग वाणिज्य संघको अध्यक्ष, भरतपुर महानगर वडा नं १, २ र ३ का वडा अध्यक्षहरु रहनुभएको छ भने टाक्स फोर्स समितिको सदस्य सचिवमा चितवन उद्योग वाणिज्य संघको कार्यकारी निर्देशक रहनुभएको छ ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् बजार व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओलीले चितवन र विशेषगरी नारायणगढ तथा भरतपुर क्षेत्र नेपालकै प्रमुख आर्थिक केन्द्रको रूपमा विकास भइरहेको र विकाससँगै बजार व्यवस्थापनमा थुप्रै चुनौतीहरू पनि थपिएको बताउँदै उहाँले अन्तरक्रियामा उठेका मुख्य विषयहरू चाहे त्यो अव्यवस्थित पार्किङको समस्या होस्, फुटपाथ अतिक्रमणको कुरा होस्, फोहोरमैला व्यवस्थापन होस् यी सबै बुँदाहरू हाम्रो बजारको प्रतिष्ठा र भविष्यसँग जोडिएको बताउँदै यस्ता समस्या समधानको गुरुयोजना निर्माण तथा कार्यान्वय गर्न मेरो नेतृत्वमा गठित टाक्स फोर्स निरन्तर लाग्ने बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, कल्याण जोशी, सहनलाल प्रधान, भरतपुर महानगरपालिका वार्ड १ का अध्यक्ष केशव महर्जन, ३ का वडा अध्यक्ष विकास थापा, वडा प्रहरी कार्यालय प्रमुख कुशराम कार्की, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, राजन पिया लगायत कार्यसमिति सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, भरतपुर महानगरपालिका वडा नं १, २ र ३ का टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता गर्नुभएको अन्तरक्रिया कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

28/05/2026

Interaction Program between stakeholders about Market Management.
District Police Office, Chitwan
भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office

Address

Narayanghat

Alerts

Be the first to know and let us send you an email when Chitwan Chamber Of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share