21/10/2026
दुखद समाचार
Cairns Bhutanese Community Inc. का ज्येष्ठ सदस्य स्वर्गीय दुर्गा माया गुरुङको २१ अक्टोबर २०२६, बुधबार साँझ ७:५० बजे केन्स अस्पतालमा निधन भएको छ।
स्वर्गीय दुर्गा माया गुरुङको जन्म भुटानको गोशी ब्लकस्थित भाले गाउँमा भएको थियो। स्वर्गीय लालबहादुर गुरुङसँग विवाह भएपछि उहाँ राङ्गा गाउँमा बसाइँ सर्नुभएको थियो। उहाँका श्रीमान् स्वर्गीय लालबहादुर गुरुङको सन् १९९२ मा निधन भएको थियो।
उहाँले नेपालस्थित बेलडाँगी–१ शरणार्थी शिविरमा करिब दुई दशक बिताउनुभयो। नेपालमा शरणार्थीका रूपमा लामो समय बिताएपछि सन् २०२० मा उहाँ आफ्नो परिवारसँगै अस्ट्रेलियाको केन्स मा पुनर्वास हुनुभयो।
उहाँ एक अत्यन्तै माया प्रिय, दयालु, सहयोगी र धर्मप्रति आस्थावान महिला हुनुहुन्थ्यो। उहाँलाई परिवार र समुदायले सधैँ माया र सम्मानका साथ सम्झिरहनेछन्।
उहाँका परिवारका सदस्यहरू:
छोराहरू: अमर टङ्गी गुरुङ (केन्स) र कर्ण टङ्गी गुरुङ (अमेरिका)।
छोरीहरू: रणमाया (भुटान), निरमाया (स्वर्गीय), लीलावती गुरुङ (अमेरिका), बी माया (कायर्न्स) र धनमाया (अमेरिका)।
नातिनातिनाहरू: उहाँका धेरै नातिनातिनाहरू हुनुहुन्छ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारलाई भेट्न, समवेदना प्रकट गर्न तथा भावनात्मक साथ र सहयोग प्रदान गर्न सम्पूर्ण समुदायका सदस्यहरूलाई १४४ स्वालो स्ट्रिट, मुरुबुल, क्वीन्सल्यान्ड ४८७० मा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
फ्युनेरल सम्वन्धी जनकारी प्राप्त भए पश्चात सबैलाई स्म्प्रेषण गर्ने छौ ।
################################################XX
Obituary
One of the senior members of Cairns Bhutanese Community Inc., Late Durga Maya Gurung, passed away on Wednesday, 21 October 2026, at 7:50 pm at Cairns Hospital.
Late Durga was born in Bhalay Village, Goshi Block, Bhutan. Following her marriage to Late Laal Bahadur Gurung, who passed away in 1992, she moved to Ranga Village. Late Laal Bahadur was originally from Basayni Village, Nichula Block.
She spent almost two decades in Beldangi I refugee camp in Nepal before resettling in Cairns, Australia, with her family in 2020.
She was a much-loved, caring, kind-hearted and religious woman who will be remembered fondly by her family and community.
Her family includes:
Sons: Amar Tangi Gurung (Cairns) and Karna Tangi Gurung (USA).
Daughters: Ran Maya (Bhutan), Nir Maya (deceased), Lilawati Gurung (USA), Bee Maya (Cairns) and Dhan Maya (USA).
Grandchildren: She leaves behind numerous grandchildren.
Members of the community are kindly requested to visit the bereaved family at 144 Swallow Street, Mooroobool QLD 4870, and offer their condolences and emotional support during this difficult time.