20/08/2025
🌺 तीज २०८२ — सफलतापूर्वक सम्पन्न! 🌺
🙏 आदरणीय बुवाआमा, दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण सहभागी महानुभावहरू,
विशेषतः Sunshine Coast का नेपाली निवासी तथा वरपरका क्षेत्रहरू — Brisbane, Gympie, Moreton Bay लगायतका स्थानहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका सदस्यहरू र हाम्रा गैर–नेपाली मित्रहरू,
Sunshine Coast मा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको हरितालिका तीज २०८२ कार्यक्रमलाई सफल बनाउन दिनु भएको अपार सहयोग, सहभागिता र सद्भावप्रति हामी हृदयदेखि आभारी छौँ। 🌿
यस कार्यक्रमलाई भव्य, अनुशासित र अविस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने —
✨ MC, DJ, स्वयंसेवक साथीहरू, कोर सदस्यहरू, नेपाली समुदायका बासिन्दा, सम्माननीय प्रायोजकहरू, नेपालबाट पाल्नुभएका राष्ट्रिय कलाकारहरू, फोटोग्राफर, सजावट टोली तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हामी विशेष धन्यवाद प्रकट गर्दछौँ।
यसपटकको तीजमा Sunshine Coast मात्र नभई वरपरका शहरहरूबाट नेपाली र गैर-नेपाली मित्रहरूले देखाउनुभएको उपस्थिति, आत्मीयता र सांस्कृतिक भावनाले हाम्रो समुदायलाई अझ सबल र गौरवान्वित बनाएको छ। ❤️
🎶 तपाईंहरूको माया, समर्थन र सक्रिय सहभागिताकै कारण यस वर्षको तीज साँच्चिकै भक्ति, संस्कृति र भव्यताको अनुपम प्रतीक बन्न सफल भएको छ।
अन्त्यमा, हामी सम्पूर्ण सहभागी, सहयोगी र समर्थक महानुभावहरूलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि तपाईंहरूको निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्दछौँ।
🌸 संस्कृतिको जगेर्ना, समुदायको एकता र साझा पहिचानलाई प्रवासमै उजागर गर्दै, हामी निरन्तर अघि बढ्ने प्रतिज्ञा गर्दछौँ।
🇳🇵 हाम्रो तीज — हाम्रो गौरव, हाम्रो पहिचान।
सादर धन्यवाद,
नेपाली सोसाइटी सनशाइन कोस्ट (NSSC)