11/04/2026
🌸 दैनिक पुष्पमाला अर्पण सेवा — २८६औँ दिन 🌸
“गुरोराज्ञा गरीयसी” — गुरुको आज्ञालाई शिरोधार्य गर्दै, परम पूज्य अनन्तविभूषित परमाचार्य श्रीयोगिराज स्वामीजी महाराजको पावन निर्देशनअनुसार भूटानको माओगाउँस्थित श्रीलक्ष्मीनारायण मन्दिरबाट प्रारम्भ भएको दैनिक पुष्पमाला अर्पण सेवा अमेरिकाको ओहायोस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा निरन्तर अगाडि बढिरहेको छ।
यस पवित्र सेवाअन्तर्गत आज श्रीमती टीका भट्टराईज्यू तथा उहाँका सुपुत्रीहरू निरुषा, सारण्या र श्रेयाबाट भगवान् श्रीमन्नारायणको श्रीविग्रहको चरणकमलमा श्रद्धा, भक्ति र समर्पणभावपूर्वक पुष्पमाला अर्पण गरिएको छ।
श्रीमती टीका भट्टराईज्यूको मूल थलो भूटानको गेलेफु हो। भूटानको क्रूर तथा निरङ्कुश शासनद्वारा आफ्नो मातृभूमिबाट जबर्जस्ती विस्थापित हुनुभई उहाँको परिवार गोलधाप शरणार्थी शिविरमा बस्न बाध्य भएको थियो। त्यसपछि अमेरिकाको पेन्सिल्भेनियास्थित पिट्सबर्गमा पुनर्वास हुनुभई हाल ओहायोको प्याटास्कलामा सपरिवार बसोबास गर्दै आउनुभएको छ। उहाँले परम पूज्य श्रीयोगिराज स्वामीजी महाराजबाट दीक्षा तथा पञ्चसंस्कार ग्रहण गर्ने आध्यात्मिक सौभाग्य प्राप्त गर्नुभएको छ।
भगवान् श्रीमन्नारायणको दिव्य कृपा, श्रीमहालक्ष्मी माताको करुणा तथा गुरुजनहरूको मङ्गलमय आशीर्वादले टीका भट्टराईज्यू तथा उहाँका छोरीहरू निरुषा, सारण्या र श्रेयाको जीवनमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं भगवद्भक्तिको निरन्तर अभिवृद्धि हुँदै जाओस् भन्ने हार्दिक मङ्गलकामना गर्दछौँ।
यस पुण्यमय सेवामा सहभागी हुनुभएकोमा भट्टराई परिवारप्रति श्रीवैष्णव परिषद् अमेरिका हार्दिक कृतज्ञतासहित धन्यवाद तथा मङ्गलाशासन अर्पण गर्दछ।
जय श्रीमन्नारायण। 🙏🌸