Tamu Pariwar NY

Call Directions Website Contact the organization

Tamu Pariwar NY Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamu Pariwar NY, Community Service, 24-27 96 Street 2nd floor , East Elmhurst, New York, NY.

छ्याजलो, नमस्कार यहाँहरू सम्पूर्णमा !!!संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत हाम्रा सम्माननीय चेली–बेटीहरूलाई विशेष रूपमा ...
09/29/2026

छ्याजलो, नमस्कार यहाँहरू सम्पूर्णमा !!!

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत हाम्रा सम्माननीय चेली–बेटीहरूलाई विशेष रूपमा समर्पित “खाना खुलाउने कार्यक्रम” निम्न विवरण अनुसार आयोजना हुन गइरहेको छ । यस विशेष अवसरमा न्युयोर्क, न्यु जर्सी तथा वरपरका राज्यहरूमा बसोबास गर्नुहुने सम्पूर्ण चेली–बेटीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति: Saturday, October 10, 2026
समय: साँझ 7:00 बजेदेखि बिहान 2:00 बजेसम्म
स्थान: United Sherpa Association (USA), Inc.
41-01 75th Street, Elmhurst, NY 11373
नोट: कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रत्येक आजीवन तथा साधारण सदस्य (दाजुभाइ) लाई यू.एस. डलर $१५०.०० (एक सय पचास मात्र) दस्तुर तोकिएको छ । संस्थाप्रतिको यहाँहरूको निरन्तर सहयोग र अपनत्वलाई मध्यनजर गर्दै उक्त तोकिएको दस्तुर कार्यक्रम स्थलमै वा तल उल्लेखित Zelle विवरणमार्फत बुझाइदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं ।
Payment Details:-
Zelle Name: Tamu Pariwar New York Inc.
Zelle Phone/Email: +1 551-349-5409
भवदीय,
तमु परिवार न्यूयोर्क

09/28/2026

छ्याजलो, नमस्कार यहाँहरू सम्पूर्णमा !!!
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत हाम्रा सम्माननीय चेली–बेटीहरूलाई विशेष रूपमा समर्पित “खाना खुलाउने कार्यक्रम” निम्न विवरण अनुसार आयोजना हुन गइरहेको छ । यस विशेष अवसरमा न्युयोर्क, न्यु जर्सी तथा वरपरका राज्यहरूमा बसोबास गर्नुहुने सम्पूर्ण चेली–बेटीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति: Saturday, October 10, 2026
समय: साँझ 7:00 बजेदेखि बिहान 2:00 बजेसम्म
स्थान: United Sherpa Association (USA), Inc.
41-01 75th Street, Elmhurst, NY 11373
नोट: कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रत्येक आजीवन तथा साधारण सदस्य (दाजुभाइ) लाई यू.एस. डलर $१५०.०० (एक सय पचास मात्र) दस्तुर तोकिएको छ । संस्थाप्रतिको यहाँहरूको निरन्तर सहयोग र अपनत्वलाई मध्यनजर गर्दै उक्त तोकिएको दस्तुर कार्यक्रम स्थलमै वा तल उल्लेखित Zelle विवरणमार्फत बुझाइदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं ।
Payment Details:-
Zelle Name: Tamu Pariwar New York Inc.
Zelle Phone/Email: +1 551-349-5409
भवदीय,
तमु परिवार न्यूयोर्क

https://streetnepal.com/tamu-pariwar-nrwyork/?amp=1
09/22/2026

https://streetnepal.com/tamu-pariwar-nrwyork/?amp=1

तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भए.....

सम्पुर्णमा नमस्कार/छ्याजालो ।         तमु परिवार न्यु योर्कलाई बिस्वास ,भरोसा र पुर्ण समर्थन गरेर रसुवाको भोटेकोसी नदीको...
09/22/2026

सम्पुर्णमा नमस्कार/छ्याजालो ।

तमु परिवार न्यु योर्कलाई बिस्वास ,भरोसा र पुर्ण समर्थन गरेर रसुवाको भोटेकोसी नदीको बाढी बाट अपुरणिया क्षति प्रति गहिरो दुख प्रकट गर्दै संस्थाले अबिलम्बन गरेको रहत र पुनस्थापनको अभियानमा छोटो समयमा यति धेरै रकम रु १३००,०००/- (तेह्र लाख रुपिंया) संकलन गरेर प्रत्यक्षरुपमा नेपाल सरकारको प्रधान मन्त्री रहतकोषमा नेपाल सरकारका बर्तमान अर्थमन्त्री माननिय श्री स्वार्णिम वाग्लेज्यु मार्फत हस्तान्तरण गर्न सफलरुपमा समन्वाय भुमिका निर्बहा गरिदिनु भएकोमा तमु परिवार न्यु योर्कका सुबेच्छुक सदस्या श्री कृष्ण गुरुंग र वहांलाई रहत हस्तान्तरणमा सहायोग गर्नु हुने तमु परिवारलाई माया गरि रहनु हुने प्यारी भान्जी यन्चुंग पुनेल अनि सम्पुर्णमा तमु परिवार न्यु योर्क हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ! यस महान कार्यमा पिडित परिवारलाई अर्थिक सहायोग गर्नु भएका ५२ जान अदरणिय तमु परिवारका सम्पुर्ण अजिवन सदस्य,सक्रिया सदस्य , सल्लहकार अनि कर्यसमितिका साथीहरु प्रति बिशेष धन्यबाद ! यसरि नै हरेक सुख दुखमा साथ र समर्थन रहोस भनि पुर्ण बिस्वास राख्दछु ॥

धन्यबाद 🙏🙏।।

बिन घले ॥
अध्यक्ष !
तमु परिवार !!

09/21/2026
"हामी जहाँ रहे पनि, हाम्रो मन सधैं जन्मभूमिको साथमा छ।"तमु परिवार न्यूयोर्क ईन्क., अमेरिका ले नेपालमा हालै भोटेकोसी नदीम...
09/21/2026

"हामी जहाँ रहे पनि, हाम्रो मन सधैं जन्मभूमिको साथमा छ।"

तमु परिवार न्यूयोर्क ईन्क., अमेरिका ले नेपालमा हालै भोटेकोसी नदीमा आएको बाढीपहिरोले रसुवा, नुवाकोट लगायतका विभिन्न जिल्लाहरूमा प्राकृतिक बिपतबाट भएको अपार जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको राहत, उद्धार र पुनस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १३,००,०००/- (तेह्र लाख रुपैयाँ) आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
संकटको यस घडीमा संस्थामा आबद्ध ५२ जना आदरणीय दाता महानुभावहरू बाट यस अभियानका लागि उक्त रकम उदारतापूर्वक संकलन गरिएको थियो । परदेशमा रहेर पनि जन्मभूमिको पीडामा मलम लगाउन आफ्नोतर्फबाट अमूल्य आर्थिक योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति संस्था हार्दिक आभार व्यक्त गर्दछ ।
यस राहत रकम हस्तान्तरण कार्यक्रम अन्तर्गत, नेपालमा संस्थाको तर्फबाट आदरणीय सदस्य श्री कृष्ण गुरूङ ज्यू ले अर्थमन्त्रालयमा पुगी माननीय अर्थमन्त्रीज्यूसँग प्रत्यक्ष भेटघाट गर्नुभई औपचारिक रूपमा उक्त संकलित रकम (चेक) हस्तान्तरणको महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गर्नुभएको छ । अर्थमन्त्रालयमा भएको यस उच्चस्तरीय भेटघाट र हस्तान्तरण कार्यक्रमले हाम्रो अभियानलाई अझ बढी सार्थक बनाएको छ । यस कार्यमा खटिनुहुने श्री कृष्ण गुरूङज्यू लगायत सबैलाई संस्थाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
विपद्को यस कठिन समयमा परदेशबाट जुटाइएको यो सानो सहयोगले पीडित परिवारहरूलाई राहत र पुनस्थापनामा केही हदसम्म भए पनि सहजता ल्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व र आपद्‌कालीन सहयोगका कार्यहरूमा तमु परिवार न्यूयोर्क ईन्क. अमेरिका सदैव अग्रपंक्तिमा रहेर हातेमालो गरिरहनेछ ।

धन्यवाद !
तमु परिवार न्यूयोर्क ईन्क., अमेरिका

09/01/2026
08/31/2026

!!!सहयोगका लागि हार्दिक अपिल!!!

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
हाम्रो प्रिय जन्मभूमि नेपालमा अकस्मात् आएको विनाशकारी बाढी र पहिरोले पुर्‍याएको अकल्पनीय जनधनको क्षति, भौतिक विनाश र नोक्सानीले हामी सबैलाई मर्माहत बनाएको छ। यस कठिन र शोकको घडीमा पीडित परिवारहरूलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउन तमु परिवार न्यूयोर्क ईन्क. ले राहत स्वरूप आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ।
तसर्थ, देशलाई परेको यो बज्रपातमा मलम लगाउन र पीडितहरूलाई सहयोग पुर्‍याउन तपाईंहरू सम्पूर्णमा आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
हाम्रो सानो सहयोगले कसैको जीवन बचाउन र पुनर्स्थापनामा ठूलो राहत पुग्नेछ।
सहयोग गर्ने तरिका:
Zelle Account Name: Tamu Pariwar New York Inc.
Zelle ID/No.: (Zelle को विवरण भोलि update गरिनेछ)
विशेष द्रष्टव्य (Note):
सहयोग संकलनको अन्तिम मिति: September 6th, 2026 सम्म ।
संकलित सम्पूर्ण सहयोग रकम September 7th, 2026 मा सिधै "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" मा पठाइनेछ ।
आर्थिक पारदर्शिताका लागि सहयोगदाताहरूको नाम, विवरण र संकलन भएको कुल रकम संस्थाको आधिकारिक माध्यमबाट सार्वजनिक गरिनेछ।

जय जन्मभूमि ! जय नेपाल !

धन्यवाद,
तमु परिवार न्यूयोर्क ईन्क. अमेरिका
न्यूयोर्क, अमेरिका ।

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,हाम्रो जन्मभूमि नेपालमा अकस्मात् आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका व...
08/28/2026

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

हाम्रो जन्मभूमि नेपालमा अकस्मात् आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न बस्तीहरूमा ठूलो जनधनको क्षति भएको, थुप्रै भौतिक संरचना ध्वस्त भएको तथा सयौँ नागरिक बेपत्ता भएको हृदयविदारक घटनाले हामीलाई गम्भीर रूपमा स्तब्ध बनाएको छ। यस अकल्पनीय महाविपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र सकुशल उद्धारको कामना गर्दछौँ। देशमा आइपरेको यो गम्भीर राष्ट्रिय विपत्ति तथा शोकको घडीलाई ध्यानमा राख्दै हामीले भोली शनिबार, अगस्ट २९, २०२६ (Saturday, August 29, 2026) का दिन Flushing Meadows Corona Park, Queens, New York मा आयोजना गर्न तय गरेको "SUMMER FUN FAIR" कार्यक्रम पूर्ण रूपमा रद्द गरिएको जानकारी गराउँदछौँ।
कार्यक्रम रद्द भएका कारण हाम्रा सम्पूर्ण आदरणीय सदस्यहरू, संघ-संस्थाका प्रतिनिधिहरू, स्वयंसेवकहरू तथा शुभचिन्तकहरूमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ।

धन्यवाद ।

Address

24-27 96 Street 2nd Floor , East Elmhurst
New York, NY
11369

Alerts

Be the first to know and let us send you an email when Tamu Pariwar NY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamu Pariwar NY:

Shortcuts

Share