06/13/2021
आज ३०/०२/२०७८ , जेष्ठ शुक्ल तृतीय महाराजा श्री छत्रसालजीको 372 जन्म जयन्ती अवसरमा वहाँको पवित्र चरण कमलमें कोटिशः दंडवत प्रेम प्रणाम एवं समस्त सुन्दरसाथजीहरुलाई श्री छत्रसाल महाराजजीको प्राकट्यको हार्दिक बधाई ।
महाराजा श्री छत्रसालजीकी संक्षिप्त जीवनी:
नरवीर केसरी महाराजा श्री छत्रसाल महाराजजीको जन्म वि.सं. 1706 जेष्ठ शुक्ल तृतीयको दिन भएको थियो । छत्रसालजीको पिता श्री चम्पदराय एवं माता सारदा एवं लालकुवरी थियो । श्री चंपतरायजीको पाँच पुत्र थिए, 1) सारीवाहन, 2) अंगदराय, 3) रतनशाह, 4) छत्रसालजी एवं 5) गोपाल ।
मुगल शासनका अत्याचारकको कारण सानै उमेरमा नै छत्रसालजीले आफ्नो माता पिता गुमाउनु परेको थियो । छत्रसालजीको लालन-पालन वहाँकै मामाको घरमा भयो । वहाँले 11 वर्षको छोटो अवस्थामा नै घोडा सवारी, अस्त्र-शस्त्रादि संचालनमा पूर्णता प्राप्त भयो । 12 वर्षको अल्पावस्थामै मुगलविरुद्ध मुठभेड़ गर्न प्रारम्भ गर्नुभयो । 18 वर्ष उमेरमा नै छत्रपति शिवाजीसंग को भेट पस्चात दृढ़ निश्चय लिएर बुन्देलखण्डबाट हिड्नु भयो। सिंहघड़मा गएर शिवाजीसंग भेट भयो । शिवाजीबाट युद्ध कौशल, राजनीति तथा राज्य व्यवस्थाको आवश्यक कुराहरु सिकेर छत्रसालजी पन्ना फर्किनु भयो।
धर्मान्ध क्रुर औरंगजेबको कुकृत्यको रोक्नको लागि वि.सं. 1728 ज्येष्ठ शुदी पंचमीको दिन स्वतन्त्रता संग्राम सुरु गर्ने दृढ संकल्प लिनुभयो ।
पावन आत्माको छटपटाहटको फल स्वरूप वि.सं. 1740 मा महामति श्री प्राणनाथजीले संग वहाँको भेट भयो । वहाँको संतत्पात्मालाई देखेर श्री प्राणनाथजीले वहाँमा चेतना भरिदिनु भयो । छत्रसालजीलाई महामति श्री प्राणनाथजीले शिष्य स्वीकार गर्नुभयो । श्री प्राणनाथजीले महाराजा छत्रसालजी लाई आशीर्वाद दिनुभयो।
छत्ता तेरे राजमें, धक धक धरती होय ।
जित जित घोड़ा मुह करे, तित तित फत्ते होय ।।
यस आशीर्वादलाई प्राप्त गरेर महाराजा श्री छत्रसालजीको आत्मामा नयाँ उमंग, नयाँ जोश उत्पन्न भयो । र त्यस पश्चात श्री छत्रसालजीले मुगल बादशाहहरुविरुद्ध लगभग 52 पटक युद्ध गर्नुभयो र सँधै विजयी हुनुभयो । फलतः मुगल बादशाह औरंगजेबको शासन कालमा नै बुन्देलखण्डलाई मुगल सत्ताबाट मुक्त गरेर एक स्वतन्त्र राज्यको स्थापना गर्नुभयो । महाराजा छत्रसाल 81 वर्षको उमेर सम्म लड़ाईको मैदानमा बराबार युद्ध गरिरहनु भयो । वहाँ एक असाधारण शौर्य पुञ्ज योद्धा तथा कुशल सेनापतिको साथ-साथै एक धार्मिक नेता हुनुहुन्थ्यो । र अन्त्यमा वि.सं. 1788 पौष वदी तृतीया शुक्रवारको दिन वहाँले नश्वर शरीरका परित्याग गर्नुभयो।
नरवीर केसरी महाराजा श्री छत्रसाल महाराजजी कि जय 🙏🙏