11/01/2026
🙏 NECC नोभेम्बर महिनाका धार्मिक कार्यक्रम तथा गतिविधिहरू 🙏
नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर (NECC) पशुपति–बुद्ध मन्दिरमा नोभेम्बर महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदैछन्।
यस महिनामा धनतेरस, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा, म्हः पूजा, भाइटीका, छठ पूजा तथा सामूहिक सत्यनारायण पूजा लगायतका कार्यक्रमहरू रहेका छन्।
साथै, मन्दिरमा दैनिक साँझको आरती, साप्ताहिक बुद्ध प्रार्थना तथा मन्त्रजप, शिव मन्त्रजप, हनुमान चालिसा पाठ र स्वास्थ्य योग कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
सम्पूर्ण भक्तजन तथा समुदायका सदस्यहरूलाई यी धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई हाम्रो संस्कृति र परम्परालाई सँगै जोगाउन हार्दिक निमन्त्रणा गर्दछौं। 🙏
📍 स्थान: पशुपति–बुद्ध मन्दिर, NECC
11650 Snowden Farm Parkway, Germantown, MD
📞 थप जानकारीका लागि:
NECC: 202-816-6322
पण्डित माधव पोखरेल: 240-789-7255
#नेपालीसंस्कृति #धार्मिककार्यक्रम