NRNA VA Chapter

NRNA VA Chapter Non-Resident Nepali in America

https://www.gofundme.com/f/aid-for-mamta-thapas-family-after-tragic-incidentहार्दिक अपिल: तपाईँको सानो सहयोगले पनि यो पर...
02/28/2026

https://www.gofundme.com/f/aid-for-mamta-thapas-family-after-tragic-incident

हार्दिक अपिल:
तपाईँको सानो सहयोगले पनि यो परिवारलाई फेरि उभिन र जीवनलाई नयाँ दिशा दिन ठूलो बल पुग्नेछ। कृपया आफ्नो गच्छेअनुसार सहयोग गरी यो अभियानलाई आफ्नो समुदायमा सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। मानवता र समुदायको यो ऐक्यबद्धताका लागि यहाँहरू सबैमा हार्दिक धन्यवाद।

We respectfully request your generous support and kindly ask you to share this campaign within your community. Even a modest contribution can make a meaningful difference in helping this family to regain stability and move forward with renewed hope.
We extend our sincere gratitude to each of you for your compassion, solidarity, and commitment to supporting one another during this difficult time.

02/25/2026

नमस्कार सबैलाई,
आज दिउँसो 4:30 बजेपछि NRNA भवनमा Delegate Dr. Harry Bhandari तथा नेपाली समुदायका अगुवाहरूसँग हाम्रो समुदायमा भएको दुःखद घटनाबारे छलफलका लागि भेटघाट गर्ने योजना रहेको छ। हामीमध्ये धेरैलाई अनौपचारिक रूपमा जानकारी भए पनि, कृपया आधिकारिक निकायबाट औपचारिक सूचना सार्वजनिक नभएसम्म गोपनीयता कायम राख्न र विवरणहरू साझा नगर्न अनुरोध गर्दछौं।
साथै, पीडित हाल खतरामुक्त भई राम्रोसँग स्वास्थ्यलाभ गरिरहनुभएको जानकारी गराउन चाहन्छौं। तपाईंहरूको समन्वय र सहयोगको अपेक्षा गरेका छौं।
स्थान: 10520 Warwick Ave, Suite B6, Fairfax, VA 22030�सम्पर्क: 703-678-3317 / 703-409-9434 (NRNA Virginia Chapter)

धन्यवाद!

Venue: 10510 Bals Ford Rd (NACC Building)Date: September 08 MondayTime: 6 PMPlease try carpooling to avoid parking issue...
09/08/2025

Venue: 10510 Bals Ford Rd (NACC Building)
Date: September 08 Monday
Time: 6 PM
Please try carpooling to avoid parking issue.

09/08/2025

गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया च्याप्टरको वक्तव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया च्याप्टरले नेपालमा भ्रष्टाचारविरुद्ध “जेनरेशन–जी” नेतृत्वमा भएको आन्दोलनका क्रममा २० भन्दा बढी निर्दोष विद्यार्थीहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दछ।

शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्न गरिएको बल प्रयोग लोकतान्त्रिक मूल्य र मान्यताको गम्भीर उल्लंघन हो। यस दुःखद घटनाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार सुरक्षित गर्न सरकार असफल भएको स्पष्ट देखाएको छ।

एनआरएनए भर्जिनिया च्याप्टर मृतक परिवारप्रति हार्दिक शोक संवेदना प्रकट गर्दै राज्यद्वारा गरिएको दमनको भर्त्सना गर्दछ।

Address

10520 Warwick Avenue
Fairfax, VA
22030

Alerts

Be the first to know and let us send you an email when NRNA VA Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share