Ekata Nepal

Ekata Nepal Ekata Nepal is an emerging organization working for the rights of LBT people in the Far west province of Nepal.

We work for LBT people to ensure equal rights, economic empowerment, livelihood support, and protection.

17/06/2026

धनगढी, ३ असार / समाजमा स्वीकार्यता बढ्दै गएको दाबी गरिए पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै सम्मानित र स...

17/06/2026

धनगढी, ३ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सबै क्षेत्रमा चुनौती भोग्नु परेको एक कार्यक्रमा बताएका छन् .....

17/06/2026

शिवानी चौधरीधनगढी, ३ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायउप्पर सामाजिक पूर्वग्राह ओ विभेद जारी रहल बटागि....

17/06/2026

हेमा भट्ट, असार ३ धनगढी – लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सञ्चारकर्मीहरूको भूमिका, चुनौती र अवसरबारे केन्द्...

तालिम  (दोस्रो दिन)मिति: २०८३ असार २ गतेआज तालिमको दोस्रो दिन सामाजिक परिचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल तथा...
16/06/2026

तालिम (दोस्रो दिन)
मिति: २०८३ असार २ गते
आज तालिमको दोस्रो दिन सामाजिक परिचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल तथा अभ्यास गरियो। कार्यक्रम अन्तर्गत सामाजिक परिचालकमा हुनुपर्ने असल गुणहरू, दुई पक्षबीचको विवाद समाधानमा सामाजिक परिचालकको भूमिका, समुदाय विकासका लागि रोडम्याप निर्माण तथा बस्तीको चित्र (Community Mapping) मार्फत प्रस्तुति सम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरियो।
सहभागीहरूले सामाजिक परिचालकमा इमान्दारिता, निष्पक्षता, नेतृत्व क्षमता, समन्वय तथा सञ्चार सीप जस्ता गुणहरू आवश्यक हुने बारे छलफल गरे। साथै, विवादको अवस्थामा सामाजिक परिचालकले संवाद र सहमतिका माध्यमबाट मेलमिलाप गराउन सक्ने भूमिकाबारे सिकाइ प्राप्त गरे। समूहगत कार्यमार्फत बस्तीको चित्र तयार गरी समुदायका स्रोत, समस्या तथा अवसरहरूको पहिचान गर्दै प्रस्तुति समेत गरिएको थियो
तालिम सहभागीहरूको सक्रिय सहभागिता, अनुभव आदानप्रदान र व्यवहारिक अभ्यासका साथ सफलतापूर्वक सम्पन्न भयो।
एकता नेपाल

टेवाकाे बहुबर्ष अनुदानकाे सहयोग र एकता नेपालकाे आयोजनामा सामाजिक परिचालन सम्बन्धि 3 दिने तालिमकाे पहिलो दिन हाेटल के.आई....
15/06/2026

टेवाकाे बहुबर्ष अनुदानकाे सहयोग र एकता नेपालकाे आयोजनामा सामाजिक परिचालन सम्बन्धि 3 दिने तालिमकाे पहिलो दिन हाेटल के.आई. धनगढी, कैलाली

On 27 Jestha 2083 (B.S.), Ekata Nepal submitted a memorandum to Raju Tiruwa of Bhajani Municipality, advocating for the ...
11/06/2026

On 27 Jestha 2083 (B.S.), Ekata Nepal submitted a memorandum to Raju Tiruwa of Bhajani Municipality, advocating for the inclusion of the needs, rights, and priorities of the gender and sexual minority community in the municipality’s policies, plans, and budget programs. The memorandum emphasized the importance of ensuring meaningful participation, social inclusion, and economic empowerment of gender and sexual minority individuals through local government initiatives and resource allocation.

10/06/2026

🌈 Pride Month 2026
Pride भनेको आफू को हुँ भन्ने पहिचानलाई सम्मानका साथ स्वीकार गर्नु हो। यो महिना LGBTIQ समुदायका संघर्ष, उपलब्धि र योगदानलाई सम्झने अवसर हो।
सबैका लागि समान अधिकार, सुरक्षित वातावरण र सम्मानपूर्ण जीवन सुनिश्चित गरौं।
🏳️‍🌈 गर्व गरौं। 🤝 एकता बढाऔं। 💜 समावेशी समाज निर्माण गरौं।

ekata nepal

धनगढी उपमहानगरपालिकामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आर्थिक सशक्तीकरण कार्यक्रमको मागधनगढी, जेठ २५, २०८३एकता नेपा...
08/06/2026

धनगढी उपमहानगरपालिकामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आर्थिक सशक्तीकरण कार्यक्रमको माग
धनगढी, जेठ २५, २०८३
एकता नेपालले धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दाकला राना समक्ष लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनका अवसर विस्तार गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
एकता नेपालका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्रमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गर्न, सीपमूलक तालिम प्रदान गर्न तथा स्वरोजगारका अवसर सिर्जना गर्न माग गरिएको छ। साथै, समुदायका सदस्यहरूलाई आयआर्जनमूलक गतिविधिसँग जोड्दै उनीहरूको जीवनस्तर सुधार गर्न स्थानीय तहले आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
ज्ञापनपत्रमा समुदायका सदस्यहरूले रोजगारी तथा उद्यमशीलताका क्षेत्रमा विभिन्न प्रकारका विभेद र चुनौतीहरू भोग्दै आएको उल्लेख गर्दै उनीहरूको आर्थिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। विशेष गरी सीप विकास तालिम, साना उद्यम प्रवर्द्धन, व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण सहयोग तथा जीविकोपार्जनका अवसरहरू सुनिश्चित गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख रानाले समुदायका मागहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै स्थानीय सरकारको नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा समावेशी दृष्टिकोण अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको एकता नेपालले जनाएको छ।
एकता नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सामाजिक, आर्थिक तथा मानवअधिकार संरक्षणका क्षेत्रमा निरन्तर पैरवी गर्दै आएको छ। संस्थाले स्थानीय सरकारसँग सहकार्य गरी समुदायको आर्थिक सशक्तीकरण र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Ekata Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share