14/03/2026
📢 दौतरी शिक्षक बन्ने अवसर!
नेत्रहीन युवा संघ नेपाल (BYAN), राष्ट्रीय बहिरा महासंघ नेपाल (NDFN), अपाङ्गता भएका महिलाहरूको महासंघ नेपाल (FWDN), र बहीरा–दृष्टि विहीन अभिभावक समाज (SDBP) सँगको साझेदारीमा सञ्चालन भइरहेको “Strengthening the Capacity of Organizations of Persons with Disabilities for Sexual and Reproductive Health and Rights (SCOPE for SRHR)” परियोजना हाल सञ्चालन भइरहेको छ। ।
यस परियोजनाले काठमाडौँ उपत्यका, धनुषा र रुपन्देहिमा बसोबास गर्ने विभिन्न अपाङ्गता भएका युवाहरूलाई दौतरी शिक्षक (Peer Mentors) का रूपमा विकास गरी विद्यालय र समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।
📌 मुख्य जिम्मेवारीहरू:
•
नेतृत्व, अपाङ्गता अधिकार, र SRHR सम्बन्धी ५ दिने आवासीय तालिम मा सहभागी हुने।
•
विद्यालय र समुदायमा अपाङ्गता प्रबर्धन, SRHR, CSE (बृहत् यौनिकता शिक्षा), MHM (महिनावारी स्वच्छता व्यवस्थापन), र Youth Friendly Health Services सम्बन्धी सत्रहरूको कार्ययोजना तयार गर्ने र सञ्चालन गर्ने।
•
सम्बन्धित जिल्ला/नगरपालिकाका विद्यालयहरूमा SRHR सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने।
•
अपाङ्गता भएका किशोरकिशोरी, युवाहरू र अभिभावकहरूलाई लक्षित सत्र सञ्चालन गर्ने।
•
स्थानीय तहमा समावेशी SRHR प्रवर्द्धनका लागि सरोकारवालासँग समन्वय र वकालत गर्ने।
•
परियोजनासँग सम्बन्धित सामाजिक सञ्जाल अभियान सञ्चालन गर्ने।
•
मासिक प्रगति प्रतिवेदन तयार पार्ने र समीक्षा बैठकहरूमा सहभागी हुने।
📌 योग्यता र मापदण्ड:
•
अपाङ्गता भएका युवा (बहिरा, दृष्टिविहीन/न्यून दृष्टियुक्त, श्रवन-दृष्टिविहिन, वा शारीरिक अपाङ्गता भएको वा अन्य अपाङ्गता)।
•
उमेर: १८–२९ वर्ष।
•
शैक्षिक योग्यता: माध्यमिक तह उत्तीर्ण वा सोभन्दा माथि अध्ययनरत।
•
अनुभव/रुचि: SRHR, अपाङ्गता अधिकार, नेतृत्व, सामाजिक अभियान वा समुदाय परिचालनमा अनुभव वा रुचि।
•
कौशल: राम्रो सञ्चार क्षमता र स्वयंसेवा/सामुदायिक सेवामा प्रतिबद्धता।
•
स्थान: काठमाडौँ, धनुषा वा रुपन्देही जिल्लामा बसोबास।
📅 आवेदनको अन्तिम मिति:
चैत्र ८, २०८२ (22 March 2026)
🔗 आवेदन दिनुहोस्: https://forms.gle/FMiSLJvpHMkfQrw96
National Federation of the Deaf Nepal - NDFN Fwdn Blindyouth Nepal