CMC Nepal

CMC Nepal Commitment for Promotion of Mental Health in Nepal World Health Organisation has placed emphasis on mental health as a crucial component of overall health.

It has estimated that about 25-30% of global population are suffering from some kind of mental illness. It is also Vulnerability to psychosocial difficulties and mental illness is increased by socio-political conditions such as poverty, internal conflicts, unemployment, gender based and social discrimination and increased social isolation, stress, unhealthy life styles. The availability of trained health and psychosocial workers is inadequate to meet the need for mental health and psychosocial services and thereby people with mental health and psychosocial problems are not getting adequate service and support from the existing government system and society. INGO's & local organizations are showing interest to address this issue through different activities but they lack relevant skills. CMC-Nepal is recognized as a prominent skill building resource center for their staff or partners because of its work with different organizations. Support for conflict-affected people, social and gender based violence affected people and children with emotional and behavioral problems are the emerging areas of work.

मानसिक स्वास्थ्य स्वावलम्बन समूहहरूको मासिक बैठकमा सहभागिता तथा सहजीकरणCBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र ...
24/09/2026

मानसिक स्वास्थ्य स्वावलम्बन समूहहरूको मासिक बैठकमा सहभागिता तथा सहजीकरण

CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र नौमुले गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत मिति २०८३/०६/०७ र ०८ गते नौमुले गाउँपालिकामा रहेका मानसिक स्वास्थ्य स्वावलम्बन समूहहरूको मासिक बैठक सम्पन्न भएको छ।

नौमुले गाउँपालिका–१, दैलेखमा नौमुले मानसिक स्वास्थ्य स्वावलम्बन समूह तथा नौमुले गाउँपालिका–२ मा द्वारी झरना मानसिक स्वास्थ्य स्वावलम्बन समूहको मासिक बैठक सञ्चालन गरिएको थियो। दुवै बैठकमा गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो।

बैठकका क्रममा समूहको नियमित गतिविधि, आगामी कार्ययोजना तथा समूहको दिगोपनासँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा सहजीकरण गरिएको थियो। विशेषगरी निम्न विषयहरूमा छलफल गरी आवश्यक निर्णयहरू गरिएको थियो:

१. बीउपुँजी रकमको लगानी, व्यवस्थापन तथा सञ्चालन प्रक्रिया र वित्तीय अभिलेखीकरण (Financial Documentation)
२. परियोजनाको बहिर्गमन योजना (Project Exit Plan) तथा समूहको दिगोपनाका लागि आवश्यक तयारी
३. समूहको कर चुक्ता तथा नवीकरणसम्बन्धी प्रक्रिया

बैठकले समूहका सदस्यहरूलाई आर्थिक स्रोतको व्यवस्थित परिचालन, वित्तीय पारदर्शिता तथा अभिलेखीकरण, परियोजना बहिर्गमनपछिको निरन्तरता र समूहको संस्थागत दिगोपनाका विषयमा थप स्पष्टता प्रदान गरेको छ।

महिला स्वास्थ्य स्वयं सेविकाका लागि आधारभूत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी दुई दिने तालिम सम्पन्नCBM Glob...
24/09/2026

महिला स्वास्थ्य स्वयं सेविकाका लागि आधारभूत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी दुई दिने तालिम सम्पन्न

CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपालको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य परियोजना अन्तर्गत सिंजा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य शाखाको समन्वयमा महिला स्वास्थ्य स्वयं सेविकाहरूका लागि आधारभूत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। तालिम मिति २०८३/०६/०७ र ०८ गते सञ्चालन गरिएको थियो।

तालिममा सिंजा गाउँपालिका वडा नं. ३, ४, ५ र ६ का गरी जम्मा २२ जना महिला स्वास्थ्य स्वयं सेविकाहरूको सहभागिता रहेको थियो।

तालिमका क्रममा आधारभूत मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा जोखिमका संकेतहरूको पहिचान, मनोसामाजिक सहयोग, समुदायस्तरमा मानसिक स्वास्थ्य प्रवर्द्धन, आवश्यक परामर्श तथा सेवामा रेफरल गर्ने प्रक्रिया लगायतका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक अभ्यास गराइएको थियो।

तालिमको प्रभावकारी सञ्चालन तथा सिकाइको अनुगमनका लागि सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा तालिम सञ्चालन गरिएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुखले समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई समयमै पहिचान गरी उपयुक्त सेवासम्म जोड्न महिला स्वास्थ्य स्वयं सेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

तालिमले महिला स्वास्थ्य स्वयं सेविकाहरूको मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्दै समुदायमा मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान तथा आवश्यक सेवामा समयमै रेफरल गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यकर्मीहरूका लागि बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी mhGAP Module 3 तालिम सञ्चालनबालबालिका तथा किशोरकिश...
24/09/2026

स्वास्थ्यकर्मीहरूका लागि बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी mhGAP Module 3 तालिम सञ्चालन

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवालाई स्थानीय स्तरसम्म विस्तार गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूका लागि mhGAP Module 3 (Child and Adolescent Mental Health) सम्बन्धी पाँचदिने तालिम सुर्खेतमा असोज ७ गतेदेखि सञ्चालन गरिएको थियो। कर्णाली प्रदेश तालिम प्रतिष्ठान, कर्णाली प्रदेशको आयोजनामा, CBM Global, Felm र UNICEF को आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (CMC-Nepal) को प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।

तालिममा रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका, दैलेख जिल्लाका भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिका, सल्यान जिल्लाका छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका तथा सुर्खेत जिल्लाका गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य स्थानीय स्वास्थ्य संस्थामै बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक व्यवस्थापन तथा आवश्यक परामर्श र थप सेवाका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्नु रहेको छ । तालिमले बालबालिका तथा किशोरकिशोरीका मानसिक स्वास्थ्य आवश्यकतालाई स्थानीय स्वास्थ्य प्रणालीमार्फत समयमै सम्बोधन गर्न स्वास्थ्यकर्मीहरूको क्षमता सुदृढ गर्ने अपेक्षा गरिएको छ।

CMC-Nepal team celebrating a successful Day 1 of the International Seminar of the FELM Asia Disability Rights Network 20...
23/09/2026

CMC-Nepal team celebrating a successful Day 1 of the International Seminar of the FELM Asia Disability Rights Network 2026, which brought together people with lived experiences, delegates, activists, and professionals from five countries. Kudos to the team for their tireless effort, creativity, and dedication. Many thanks for Felm for all trust and support.

CMC-Nepal र नलगाड नगरपालिकाको साझेदारी तथा CBM Global को आर्थिक सहयोगमा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम–मानसि...
21/09/2026

CMC-Nepal र नलगाड नगरपालिकाको साझेदारी तथा CBM Global को आर्थिक सहयोगमा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम–मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परियोजना अन्तर्गत नलगाड नगरपालिका–१, चिउरी समुदायमा मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।
अभिमुखीकरणमा परामर्श सेवा लिइरहेका तथा नयाँ मनोसामाजिक समस्या भएका व्यक्तिहरूसहित १२ जनाको साथी–संगी समूह गठन गरिएको छ, जसमा ३ पुरुष र ९ महिला रहेका छन्। कार्यक्रमको सहजीकरण FCHVs ले गर्नुभएको थियो।

#साथीसंगीसमूह

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी २ दिने आधारभूत तालिम सम्पन...
20/09/2026

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी २ दिने आधारभूत तालिम सम्पन्न

मिति २०८३/०६/०३ देखि २०८३/०६/०४ गतेसम्म CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र गुठीचौर गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत गुठीचौर गाउँपालिकाका वडा नं. १, ३ र ५ का १६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी २ दिने आधारभूत तालिम श्री खड्गदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा आवश्यक सहयोग र सेवामा पहुँचका विषयमा आधारभूत ज्ञान तथा सीप प्रदान गरिएको थियो।

तालिमको उद्घाटन कार्यक्रममा मणिसाँघु स्वास्थ्य चौकीका इन्चार्जज्यू तथा समापन कार्यक्रममा गुठीचौर गाउँपालिका वडा नं. १ का वडाध्यक्षज्यूको सहभागिता रहेको थियो।

यस तालिमले समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेका व्यक्तिहरूलाई प्रारम्भिक सहयोग तथा उपयुक्त सेवामा जोड्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका थप सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

📢 सामुदायिक मनोसामाजिक कार्यकर्ता आवश्यकतासी.एम.सी.–नेपालले नुवाकोट, रसुवा र धादिङ जिल्लाका बाढी प्रभावित तथा पीडित समुद...
20/09/2026

📢 सामुदायिक मनोसामाजिक कार्यकर्ता आवश्यकता

सी.एम.सी.–नेपालले नुवाकोट, रसुवा र धादिङ जिल्लाका बाढी प्रभावित तथा पीडित समुदायलाई मनोसामाजिक सहयोग प्रदान गर्न केही सामुदायिक मनोसामाजिक कार्यकर्ता का लागि आवेदन आह्वान गरेको छ।

👩 पद: सामुदायिक मनोसामाजिक कार्यकर्ता
🎓 न्यूनतम योग्यता: कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण
📍 कार्य क्षेत्र: नुवाकोट, रसुवा तथा धादिङका सम्बन्धित बाढी प्रभावित पालिकाहरू
📅 आवेदन दिने अन्तिम मिति: २ अक्टोबर २०२६ (असोज १६, २०८३)

सम्बन्धित जिल्लाका योग्य तथा इच्छुक महिला उम्मेदवारहरूलाई आवेदन पेश गर्न अनुरोध गरिन्छ। दलित, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

📩 आवेदन पठाउने इमेल: [email protected]

🔗 विस्तृत सूचना तथा आवेदनका लागि:
https://www.jobsnepal.com/aavashayakata-144252

ेपाल #सामुदायिकमनोसामाजिककार्यकर्ता #मनोसामाजिकसहयोग #बाढीप्रतिकार्य #नुवाकोट #रसुवा #धादिङ

नुवाकोट, रसुवा, र धादिंग जिल्लामा बाडी पिडित तथा प्रभावितको लागि मनोसामाजिक सहयोग गर्न केहि मानोसामाजिक कार्यकर....

📢 प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वानमानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.–नेपाल) ले बालबालिका तथा किशो...
20/09/2026

📢 प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.–नेपाल) ले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य (CAMH) सम्बन्धी सामाजिक सञ्जाल सचेतना अभियानको विकास तथा कार्यान्वयनका लागि योग्य तथा अनुभवी मिडिया हाउस/संस्थाहरूबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको छ।

यस अभियानअन्तर्गत बालबालिका तथा किशोरकिशोरीमैत्री, समावेशी तथा प्रमाणमा आधारित डिजिटल सामग्रीहरू विकास तथा प्रसार गरिनेछ।

📅 प्रस्ताव पेश गर्ने अन्तिम मिति: २४ सेप्टेम्बर २०२६
📍 कार्य क्षेत्र: लक्ष्मिनिया गाउँपालिका तथा गणेशमान चारनाथ नगरपालिका, धनुषा

📌 विस्तृत Terms of Reference तथा आवेदनसम्बन्धी जानकारीका लागि:
🔗 https://www.jobsnepal.com/terms-of-reference-144251

ेपाल #बालतथाकिशोरमानसिकस्वास्थ्य #मानसिकस्वास्थ्य #सामाजिकसञ्जालअभियान #प्रस्तावआह्वान

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य स्वास्थ्य प्रवर्द्धन (Pसम्बन्धी सामाजिक सञ्जाल सचेतना अभियान विकास ...

आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसन रोकथाम तथा तनाव व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नमिति २०८३ साल असोज १ ...
20/09/2026

आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसन रोकथाम तथा तनाव व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मिति २०८३ साल असोज १ गतेका दिन CBM Global को आर्थिक सहयोग तथा CMC-Nepal र गुठीचौर गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको श्री त्रिभुवन माध्यमिक विद्यालय, गुठीचौर गाउँपालिका–५, झारज्वालमा आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसन रोकथाम तथा जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक (D.S.P.)बाट आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसनको रोकथाम तथा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारी तथा सचेतनामूलक सन्देश प्रदान गरिएको थियो ।

कार्यक्रमका क्रममा आगामी दिनमा गुठीचौर गाउँपालिकाभित्रका विद्यालय तथा समुदायमा आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसन रोकथाम र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने विषयमा जिल्ला प्रहरी कार्यालय, जुम्लाका D.S.P.सँग छलफल तथा समन्वयसमेत भएको थियो।

CMC-Nepal र बारेकोट गाउँपालिकाको साझेदारी तथा CBM Globalको आर्थिक सहयोगमा सञ्चालित कार्णाली भूकम्प पुनर्लाभ परियोजना अन्...
19/09/2026

CMC-Nepal र बारेकोट गाउँपालिकाको साझेदारी तथा CBM Globalको आर्थिक सहयोगमा सञ्चालित कार्णाली भूकम्प पुनर्लाभ परियोजना अन्तर्गत बारेकोट गाउँपालिका–२, रोकायगाउँमा साथी–संगी समूहसम्बन्धी गठन भएको छ।
यस समूहले समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, आपसी सहयोग, समस्या पहिचान तथा आवश्यक सेवा र रेफरलमा पहुँचलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ।

#साथीसंगीसमूह

Address

Jitjung Marg, Thapathali
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714102037

Alerts

Be the first to know and let us send you an email when CMC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CMC Nepal:

Shortcuts

Share