13/10/2026
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजार रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग
Health Equipment Support to Gajuri Primary Health Centre .
नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल, धादिङको सहकार्यमा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु. २८,७५,७७१ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ।
हस्तान्तरण गरिएका सामग्रीमा १०० लिटर क्षमताको बाफद्वारा निर्मलीकरण गर्ने मेसिन, सिरिन्ज पम्प, जैविक जोखिमयुक्त मेडिकल फोहोर व्यवस्थापन गर्ने डस्टबिन, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने डप्लर उपकरण, शव परीक्षण टेबल, नवजात शिशुको पुनर्जीवन तथा आपत्कालीन श्वासप्रश्वास सहायता सेट र बहिरङ्ग सेवा (ओपीडी) मा बिरामी जाँच्ने बेडलगायतका आवश्यक स्वास्थ्य उपकरणहरू रहेका छन्।
यस सहयोगसँगै एक जना प्राविधिक नर्स र दुई जना स्वयंसेवक परिचालन गरी तीन महिनासम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको छ। यसले बाढी प्रभावित नागरिकसहित स्थानीय समुदायलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीकी अध्यक्ष सिसिलिया दुर्गा श्रेष्ठ, वडाध्यक्ष गोविन्द लामिछाने, रेष्टन कँडेल, डा. राजेश कोइरालालगायतको उपस्थिति रहेको थियो।
Health Equipment Support to Gajuri Primary Health Centre
With the support of Nepal St. Joseph Cluny Society and in collaboration with PRAYAS Nepal, Dhading, medical equipment and supplies worth NPR 2,875,771 were handed over to Gajuri Primary Health Centre.
The equipment includes a 100-litre steam sterilizer, syringe pump, biomedical waste bins, fetal Doppler, autopsy table, newborn resuscitation and emergency respiratory support set, and an outpatient examination bed, among other essential medical supplies.
A technical nurse and two volunteers are also planned to be mobilized to provide free healthcare services for three months. This initiative aims to improve access to quality healthcare for flood-affected people and the wider local community.
सहकार्य, सहयोग र सेवामार्फत स्वस्थ समुदाय निर्माणमा हाम्रो प्रतिबद्धता!
Building healthier communities through partnership, support and service!
#प्रयासनेपाल #स्वास्थ्यसेवा