PRAYAS - NEPAL, Dhading

PRAYAS - NEPAL, Dhading PRAYAS Nepal is a non-governmental dedicated towards quality education, livelihood, good governance, inclusive and well-being of poor Nepalese people.

PRAYASH Nepal focuses on child, women, marginalized and rural communities. PRAYASH Nepal focuses on child, women, marginalized and rural communities by setting holistic development goals in creating transformed and interdependent society. PRAYAS Nepal is registered at District Administration Office (DAO) Dhading - Regd. No. 438 and affiliated with District Development Committee, Social Welfare Cou

ncil (SWC), Regd. No. 14121, NGO Federation, Non Government Organization Coordination Committee (NGOCC) and European Aid with ID number NP-2009-BTV-1206352221. Prior approval of every project is obtained from Social Welfare Council and respective District Development Committee by the organization. PRAYAS Nepal envisions a new Nepal by positive transformation of socio-economic aspect of society and individual through capacity enhancement and optimum utilization of local resources. From its inception, it works for Nepalese children for quality education to produce quality lives and families for safe environment with their dignity, food, income, health or security regardless of their gender, ethnicity and religion. PRAYAS Nepal has been established with a team of Nepalese nationals with intellect, experience and committed in quality; education, health and livelihood, social and community development.

प्लानेट इन्फान्ट तथा डेभलपमेन्ट फ्रान्सको सहकार्यमा प्रयास नेपालले गजुरी गाउँपालिकामा सञ्चालन गर्दै आएको प्रारम्भिक बाल ...
21/04/2026

प्लानेट इन्फान्ट तथा डेभलपमेन्ट फ्रान्सको सहकार्यमा प्रयास नेपालले गजुरी गाउँपालिकामा सञ्चालन गर्दै आएको प्रारम्भिक बाल विकास कार्यक्रम (IECD), चेपाङ किशोरी छात्रावास, तथा समुदायमा आधारित अभिभावक शिक्षा परियोजना अन्तर्गतका गतिविधिहरूको समाज कल्याण परिषद्‌को मूल्याङ्कन टोलीद्वारा स्थलगत अनुगमन गरिएको छ।
उक्त अनुगमनका क्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालय, समुदाय तथा चेपाङ किशोरी छात्रावासमा पुगेर कार्यक्रमको प्रभावकारिता, उपलब्धि र कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरिएको थियो।

गंगाजमुना र खनियाबास गाउँपालिकामा पशुपालन कृषक समुहमा बाख्रापालनका बिषयमा जलबायु कृषक पाठशाला संचालनमन छ । पाठशाला किसान...
18/04/2026

गंगाजमुना र खनियाबास गाउँपालिकामा पशुपालन कृषक समुहमा बाख्रापालनका बिषयमा जलबायु कृषक पाठशाला संचालनमन छ । पाठशाला किसानको खोरगोठमा नै कृषकहरुको पु्र्ण सहभागितामा संचालन गरिन्छ । पाठशालामा बाख्राको बिउ पाठी छनौट,खोर निर्माण ,खनिज ढिक्का निर्माण र प्रयोग,बाह्य र भित्री परजिवी नियन्रणका लागि अौषधी प्रयोग,पिपिआर भ्यक्सिन, कोसे र अकोसे घाँस प्रर्वधन तथा प्रयोग, नश्ल सुधार लगायतका बिषयमा प्रयोगात्मक सत्रहरु संचालित कृषक पाठशालाको ज्ञान,सीप र प्रविधिको प्रसारले कृषकहरु हर्षित भएका छन् । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत गंगाजमुना र खनियाबास गाउँपालिकाका ३७ वटा कृषक समुहहरुमा बाख्रापालनसँग सम्बन्धित जलवायु कृषक पाठशाला मार्फत ज्ञान,सिप र प्रविधि प्रसार कार्यहरु संचालन हुँदै आएको छ ।

खनियाबास गाउँपालिका वडा न ५ को परप्रगति कृषि तथा पशुपालन कृषक समुहमा जलबायु कृषक पाठशाला अन्तर्गतको उद्पादन भएको आलु बजा...
18/04/2026

खनियाबास गाउँपालिका वडा न ५ को परप्रगति कृषि तथा पशुपालन कृषक समुहमा जलबायु कृषक पाठशाला अन्तर्गतको उद्पादन भएको आलु बजारिकरणको लागि ग्रेडिङ गर्दै, किसानको खेतबारीमा नै कृषकहरुको पु्र्ण सहभागितामा बिउ छनौट,जग्गा तयारी देखि हार्वेष्ट सम्मका प्रयोगात्मक सत्रहरु संचालित कृषक पाठशालाको ज्ञान,सीप र प्रविधि अपनाउँदा उत्पादन र उत्पादकत्व बृद्धिले कृषकहरु हर्षित । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत गंगाजमुना र खनियाबास गाउँपालिकाका ४० वटा कृषक समुहहरुमा सिजनल बिभिन्न बालिमा जलवायु कृषक पाठशाला मार्फत ज्ञान,सिप र प्रविधि प्रसार कार्यहरु संचालन हुँदै आएको छ ।

प्रयास नेपालले आड्रा नेपालको साझेदारीमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत ४ वटा बहु उप...
17/04/2026

प्रयास नेपालले आड्रा नेपालको साझेदारीमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत ४ वटा बहु उपयोगी पानी प्रणाली योजना सम्पन्न गरेको छ । योजनाबाट खनियावास र गंगाजमुना गाउँपालिकाका १५५ घरधुरीका कृषकहरुले बहु उपयोगी पानी प्रणाली बाट सेवा पाउनु भएको छ ।

शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको २०२६,२७ को लागि साझेदार संस्था चाईल्ड फण्ड जापानसँग सम्झौता सम्पन्न भएको छ । परियो...
03/04/2026

शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको २०२६,२७ को लागि साझेदार संस्था चाईल्ड फण्ड जापानसँग सम्झौता सम्पन्न भएको छ । परियोजनामा बेनिघाटरोराङ गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बिद्याथीहरुको सिकाई उपलब्धी बृद्धिसँग सम्बन्धीत क्रियाकलापहरु संचालन गरिनेछ ।

रिलिफ परियोजनाको बार्षिक समिक्षा सम्पन्न ।  आड्रा नेपालका  कन्ट्री डारेक्टर टोम, आड्रा क्यानडाका  कार्यक्रम मेनेजर शलिल ...
03/04/2026

रिलिफ परियोजनाको बार्षिक समिक्षा सम्पन्न ।
आड्रा नेपालका कन्ट्री डारेक्टर टोम, आड्रा क्यानडाका कार्यक्रम मेनेजर शलिल भट्टराई ,जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित ,बित्त मेनेजर सञ्जिव हुज्जार,ADRA Nepal का कार्यक्रम मेनेजर सुरज आचार्य ,कार्यक्रम अधिकृत माधव जंग महत र प्रयास नेपालका अध्यक्ष विर बहादुर श्रेष्ठ,पुर्व अध्यक्ष रेष्टन कडेल,कार्यकारी निर्देशक दामोदर अर्याल तथ RELIEF परियोजनामा आबद्ध सम्पूर्ण सहकर्मीहरूको उपस्थितमा “RELIEF बार्षिक समिक्षा सफलतापूर्वक सम्पन्न भएको छ । समिक्षामा २०२५/२६ अवधिमा हासिल गरेका उपलब्धिहरू, सिकाइहरू, चुनौतीहरू र आगामी रणनीतिहरूको बारेमा गहन छलफल गर्‍यौं। प्रस्तुतिहरू, समूहकार्य, अनुभव आदान–प्रदान तथा खुला छलफलबाट हामीले धेरै महत्वपूर्ण सिकाइहरू हाँसिल गरेका छौं ।
समिक्षाबाट जलबायु कृषक पठशाला, लैङ्गिक समानता,उत्पादन र उतपादकत्व बृद्धि,बजारिकरणको क्षेत्रको कामलाई अझ प्रभावकारी बनाउने, योजना कार्यान्वयनमा स्पष्टता ल्याउने र सरोकारवाला बीचको सहकार्यलाई अझ मजबुत बनाउने महत्वपूर्ण आधार तयार गरेको छ। विशेष गरी, समुदायमा दिगो जीविकोपार्जन र खाद्य सुरक्षाको क्षेत्रमा अझ प्रभावकारी परिणाम हासिल गर्न हामीलाई थप समन्वयात्मक रुपमा कार्य गर्न उत्प्रेरित भएका छौ ।
प्रयास नेपाल धादिङ सहयोगी संस्था ADRA Nepal तथा ADRA Canada प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मीहरू, व्यवस्थापन टिम, सहभागीहरू तथा आयोजक संस्था PRAYAS Nepal प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्रा नेपालको आर्थिक सहयोगमा  गंगाजमुना गाउँपालिकामा सञ्चालन गरेक...
29/03/2026

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्रा नेपालको आर्थिक सहयोगमा गंगाजमुना गाउँपालिकामा सञ्चालन गरेको रिलिफ परियोजना सामाजिक लेखा परिक्षण र स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ। परियोजनाले समुदाय स्तरमा एक वर्ष भित्र गरेको कार्यक्रमकाे सामाजिक लेखा परिक्षण र सरोकारवाला सहित अनुगमान गरिएको हो ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्रा नेपालको आर्थिक सहयोगमा  गंगाजमुना गाउँपालिकामा सञ्चालन गरेक...
29/03/2026

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्रा नेपालको आर्थिक सहयोगमा गंगाजमुना गाउँपालिकामा सञ्चालन गरेको रिलिफ कार्यक्रमको स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। परियोजनाले समुदाय स्तरमा एक वर्ष भित्र गरेको कार्यक्रमको समिक्षा र पृष्ठपोषण सहित बैठक सम्पन्न गरिएको छ । केहि तस्बिरहरू :

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्डा नेपालको आर्थिक सहयोगमा  खनियाँबास गाउँपालिकामा सञ्चालन गरेक...
25/03/2026

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले आड्डा नेपालको आर्थिक सहयोगमा खनियाँबास गाउँपालिकामा सञ्चालन गरेको रिलिफ परियोजना अन्तर्गत समुदायमा सञ्चालन गरिएको योजनाहरूको सरोकाररुको तर्फबाट अनुगमन गरिएको छ। केहि तस्बिरहरू

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले अड्डा नेपालकाे आर्थिक सहयोगमा  खनियाँबास गाउँपालिकामा सञ्चालन गरे...
25/03/2026

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले अड्डा नेपालकाे आर्थिक सहयोगमा खनियाँबास गाउँपालिकामा सञ्चालन गरेको रिलिफ परियोजना सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ। परियोजनाले समुदाय स्तरमा एक वर्ष भित्र गरेको कार्यक्रमकाे सामाजिक लेखा परिक्षण गरिएको हाे। केहि तस्बिरहरू :

20/03/2026

२५ औँ स्थापना दिवसको हार्दिक शुभकामना 🎉
आज चैत ६ गतेको यस गौरवपूर्ण अवसरमा, प्रयास नेपाल, धादिङ को २५ औँ स्थापना दिवस मनाउन पाउँदा हामी अत्यन्त हर्षित र गर्वान्वित भएका छौँ।

स्थापनाकालदेखि नै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित, प्रयास नेपालले शिक्षा, बालअधिकार, महिला सशक्तीकरण, खाद्य सुरक्षा तथा विपन्न समुदायको उत्थानका क्षेत्रमा निरन्तर रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। २५ वर्षको यो यात्रा समर्पण, प्रतिबद्धता र सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ।

यस महत्वपूर्ण अवसरमा, संस्थालाई यहाँसम्म पुर्‍याउन योगदान दिनु हुने सम्पूर्ण संस्थापक सदस्यहरू, पूर्व तथा वर्तमान कर्मचारीहरू, साझेदार संस्थाहरू, दातृ निकायहरू तथा स्थानीय समुदायप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा अझ प्रभावकारी, उत्तरदायी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ।

सम्पूर्णमा २५ औँ स्थापना दिवसको हार्दिक शुभकामना! 🙏

प्रयास नेपाल,धादिङ परिवार

Address

Neelkantha Municipality-3
Dhading

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97710520450

Alerts

Be the first to know and let us send you an email when PRAYAS - NEPAL, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PRAYAS - NEPAL, Dhading:

Share