09/05/2026
नीलकण्ठ बहुमुखी क्याम्पसमा विश्व रेडक्रस दिवस मनाइयो
विश्व रेडक्रस दिवस २०२६ को अवसरमा “United in Humanity” अर्थात् “मानवतामा एकजुट” भन्ने मूल नारासहित युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा शिक्षक नायक अर्जुन सिम्खडा, रेडक्रस सदस्यहरू तथा सक्रिय स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। मानवता, सहकार्य र सेवाभावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले मानवीय सेवाप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावप्रति आयोजक परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।