23/08/2026
खै किन हो, मेरो श्रीमती रिसाइन् ...
श्रीमतीले सोधिन्, "यसपालिको एनिभर्सरी डेमा के गिफ्ट दिनुहुन्छ?"
मैले भने, "के रें? हाम्रो एनिभर्सरी डे आइसक्यो र?
त्यसपछि किन हो खै, श्रीमती रिसाइन्।
😡😡😡
(साच्चिकै मलाई त्यो दिन याद थिएनँ।)
🙄🙄🙄
श्रीमतीले भनिन्, "आज खाना बाहिर गएर खाँऔं।"
मैले खाना खाने टेबुल र कुर्सी बाहिर आगनमा लगेर राखें।
त्यसपछि किन हो खै, श्रीमती रिसाइन्।
😡😡😡
(हुन पनि बाहिर चिसो मौसम थियो।)
🙄🙄🙄
श्रीमतीले भनिन्, "यो गर्मीमा कतै घुम्न जाने ईच्छा छ।"
मैले भने, "ईच्छा राख्नुपर्छ,आफ्नो ईच्छालाई कहिल्यै मर्न दिनु हुँदैन्।"
त्यसपछि किन हो, श्रीमती रिसाइन्।
😡😡😡
(मैले त सकारात्मक कुरा र हौंसला दिएको थिएँ।)
🙄🙄🙄
किताबमा पढेको थिएँ, "श्रीमतीले पकाएको खानाको प्रसंसा गर।"
मैले भने, "ओहो,आज त खुबै स्वादिष्ट खाना पकाएछौं नि?"
खै किन हो, श्रीमती रिसाइन्।
😡😡😡
(छोरीले बताई, त्यो दिनमा तरकारी छिमेकी आन्टीले दिनुभएको भनेर।)
🙄🙄🙄
मैले तौल नाप्ने डिजिटल मेशिन लिएर आएको थिएँ। त्यहाँ इन्ट्रकशन बुकलेटमा लेखेको थियो,
"Step on it gently, otherwise the glass may break."
जब श्रीमती चढ्न लाग्दा मैले भने, "बिस्तारै चढ, नत्र मेशिन फुट्ला।"
खै किन हो, श्रीमती रिसाइन्।
😡😡😡
( के अब सावधानी गराउनु पनि गलत भयो र )
🙄🙄🙄
श्रीमती र म बजार घुम्दै थियौं। श्रीमतीले भनिन्,
"मेरो गलाको लागि केही त किनिदिनु।"
मैले ५ रुपियाँको ५ वटा भिक्स मिठाई किन्दिएँ।
खै किन हो, श्रीमती रिसाईन्।
😡😡😡
(गला साफको लागि भिक्स मिठाई किन्दिनु गलत हो र?)
🙄🙄🙄
अस्ति श्रीमतीले भनिन्, "तीज आउन लाग्यो, साडी हेर्न जाऔं न?"
मैले भनें, "त्यै आफ्नो दराजको साडी हेर्न पनि मलाई सोध्नुपर्छ र?"
खै किन हो उनी रिसाइन्।
😡😡😡
(उनको दराजमा एकदिन मात्रै लगाएका धेरै साडी छ्न।)
🙄🙄🙄
मेरी श्रीमती रिसाउनुको कारण के होला?🤔
#खित्कै_खित्का