08/31/2026
दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली!
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!!
बेपत्ताहरूको सकुशल खोजीको कामना!!!
२०८३ भाद्र १० गते भोटेकोशीमा आएको अपत्यारिलो र अकल्पनिय बाढीका कारण ज्यान गुमाउनु भएका दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा शीघ्र सफलता मिलोस् भन्ने उद्देश्यले न्यू जर्सी नेपाली समाजले August 30, 2026 सॅाझ 7 देखि 9 बजेसम्म Edison को उमियाधाम हिंन्दु मंन्दिरको पार्किंङ लटमा क्यान्डललाइट प्रज्वलन (श्रद्धाञ्जली कार्यक्रम) को कार्यक्रम आयोजना गरिएको थियो।
उक्त क्यान्डललाइट प्रज्वलन कार्यक्रममा नेपाली तथा भारतीय मूलका अमेरिकन समुदायका सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सबैले एक मिनेट मौनधारण गरी बाढीमा ज्यान गुमाउनु भएका दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, अझैसम्म सम्पर्कविहीन तथा बेपत्ता रहेका व्यक्तिहरूको खोजी कार्यले शीघ्र सफलता प्राप्त गरोस् र उनीहरू सुरक्षित रूपमा भेटिन सकून् भन्ने हार्दिक प्रार्थना तथा कामना गरिएको थियो।
यस दुःखद घडीमा ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदना प्रकट गर्दै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण नेपाली तथा भारतीय मूलका अमेरिकन समुदायप्रति पनि न्यू जर्सी नेपाली समाज हार्दिक आभार व्यक्त गर्दछ।
हार्दिक धन्यवाद तथा कृतज्ञता
यस Candlelight 🕯️ प्रज्वलनका उत्कृष्ट तस्बिरहरू खिचेर कार्यक्रमलाई अभिलेखीकरण तथा प्रचारप्रसारमा सहयोग पुर्याउनु भएकोमा सुरज गुरूङ भाइप्रति न्यू जर्सी नेपाली समाज हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
साथै,यस दुःखद घडीमा ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदना प्रकट गर्दै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण नेपाली तथा भारतीय मूलका अमेरिकन समुदायप्रति पनि न्यू जर्सी नेपाली समाज हार्दिक आभार व्यक्त गर्दछ।