Regional Hotel Association Nepal Chitwan-RHAN

Call Website Contact the organization

Regional Hotel Association Nepal Chitwan-RHAN RHAN Cooperate with Hotels, Government body, Buffer Zone, National park and Local Community.

आज मिति २०८३ साल कार्तिक १० गतेका दिन भारतका विभिन्न शहरबाट पर्यटन व्यवसायी तथा टुर अपरेटर ज्यूहरु NRNA को आयोजनामा  Nep...
27/10/2026

आज मिति २०८३ साल कार्तिक १० गतेका दिन भारतका विभिन्न शहरबाट पर्यटन व्यवसायी तथा टुर अपरेटर ज्यूहरु NRNA को आयोजनामा Nepal-India Cross-Boarder Tourism Connect 2026 कार्यक्रमका साथ नेपालका मुख्य शहरहरुको भ्रमण तालिका बमोजिम आज सौराहामा स्वागत कार्यक्रम गरि सम्पन्न गरियो ౹

17/10/2026
मिति २०८३, असोज २३ गते, एक  कार्यक्रम गरि बजारको माग अनुसार सीपयुक्त, दक्ष जनशक्ति विकाश गर्ने उद्देश्यले प्राविधिक तथा ...
11/10/2026

मिति २०८३, असोज २३ गते, एक कार्यक्रम गरि बजारको माग अनुसार सीपयुक्त, दक्ष जनशक्ति विकाश गर्ने उद्देश्यले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम प्रदान गर्ने शिक्षालय र होटल उद्योगीबिचको सहकार्य एवं साझेदारीलाई सुदृढ गर्दै, शिक्षालयमा अध्ययनरत एप्रेन्टीशिप मोडलको डिप्लोमा र प्रि-डिप्लोमाका प्रशिक्षार्थीहरुलाई कार्यस्थलमा आधारित सिकाइमा सहभागी गराउने सन्धर्भमा बछौली माध्यमिक विद्यालय र होटलहरुबिच समझदारी भएको छ

Happy World Tourism Day
27/09/2026

Happy World Tourism Day

मिति २०८३ साल असोज ८ गते तदानुसार 24th September 2026 का दिन क्षेत्रीय होटल संघ नेपाल चितवन र Asian-African Chamber of C...
27/09/2026

मिति २०८३ साल असोज ८ गते तदानुसार 24th September 2026 का दिन क्षेत्रीय होटल संघ नेपाल चितवन र Asian-African Chamber of Commerce & Industry तथा World Trade Center Mumbai (WTC Mumbai) बीच व्यापारिक तथा आर्थिक सहकार्यका लागि Memorandum of Understanding (MoU) मा हस्ताक्षर भएको छ।
एक विशेष समारोहमा क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष श्री ओमप्रकाश पाण्डेले नेपालमा पर्यटन, जलविद्युत्, पूर्वाधार तथा अन्य क्षेत्रमा लगानीका प्रशस्त अवसरहरू रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो।
अध्यक्ष पाण्डेले BRICS International, दक्षिण अफ्रिकाका व्यावसायिक प्रतिनिधिहरू तथा World Trade Center Mumbai का अध्यक्षलगायत प्रतिनिधिहरूलाई नेपाल भ्रमण गरी लगानीका अवसरहरूको अध्ययन गर्न विशेष निमन्त्रणा गर्नुभयो।
यस समझदारीले नेपाल र भारतबीच व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सम्पर्क विस्तारका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। विशेषगरी चितवन तथा नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन, भारतीय तथा अन्य विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न, पर्यटन व्यवसायीबीच सहकार्य र व्यापारिक नेटवर्क विस्तार गर्न यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस पहलमार्फत आगामी दिनमा भारतका विभिन्न शहर तथा अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालमा चितवन, सौराहा र समग्र नेपालको पर्यटन गन्तव्यको प्रचार–प्रसार, पर्यटनसम्बन्धी व्यापारिक भेटघाट, B2B कार्यक्रम, पर्यटन प्याकेज प्रवर्द्धन तथा नेपाल र अन्तर्राष्ट्रिय व्यावसायिक समुदायबीच सहकार्य विस्तार, पर्यटन प्रवर्द्धन तथा विदेशी लगानी आकर्षित गर्ने दिशामा यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको यो पहलले चितवनको पर्यटनलाई अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटन बजारसँग जोड्दै नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिएका छौ ।

पर्यटन प्रवर्द्धन तथा आगामी कार्यक्रम सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्नमिति २०८३/०५/२४ गतेका दिन बागमती प्रदेश सरकारका मा...
10/09/2026

पर्यटन प्रवर्द्धन तथा आगामी कार्यक्रम सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न
मिति २०८३/०५/२४ गतेका दिन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री किरण थापा मगर ज्यू, भौतिक पूर्वाधार विकाश मन्त्री माननीय श्री भरत बहादुर के.सी. ज्यू, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री राजेन्द्र प्रजापती ज्यू सहित चितवनस्थित क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पदाधिकारीहरू, स्थानीय तहका प्रमुख तथा मेयरज्यूहरू लगायत सरोकारवाला प्रतिनिधिहरूको उपस्थितिमा पर्यटन प्रवर्द्धनका विविध विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
बैठकमा चितवन तथा समग्र बागमती प्रदेशको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, विगतमा सम्पन्न भएका पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनहरूमा सञ्चालन गरिने विभिन्न कार्यक्रम तथा योजनाहरूका विषयमा समेत छलफल गरिएको छ।
पर्यटन क्षेत्रको दिगो विकास, पर्यटक आगमन वृद्धि, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा चितवनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा अझ प्रभावकारी ढंगले प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहकार्य र समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
आजको बैठक अत्यन्तै फलदायी, सकारात्मक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।
सम्पूर्ण सहभागी महानुभावहरूमा हार्दिक धन्यवाद तथा आगामी दिनमा पर्यटन विकासका लागि निरन्तर सहकार्यको अपेक्षा गर्दछौं।

आज मिति २०८३, असार १५ गते अन्तराष्ट्रिय धान दिवसको अवसरमा, धान रोपाइँ कार्यक्रम सम्पन्न गरियो ౹
29/06/2026

आज मिति २०८३, असार १५ गते अन्तराष्ट्रिय धान दिवसको अवसरमा, धान रोपाइँ कार्यक्रम सम्पन्न गरियो ౹

मिति २०८३, जेष्ठ २७ गतेका दिन आन्तरिक पर्यटन प्रबर्धनको लागि "नेपाल बुझ्न गोरखा जाऔ" भन्ने अभियानका साथ गोरखा होटल संघ, ...
10/06/2026

मिति २०८३, जेष्ठ २७ गतेका दिन आन्तरिक पर्यटन प्रबर्धनको लागि "नेपाल बुझ्न गोरखा जाऔ" भन्ने अभियानका साथ गोरखा होटल संघ, गोरखा र क्षेत्रीय होटल संघ नेपाल बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो

मिति २०८३, जेष्ठ २१ गतेका दिन बागमती प्रदेश सरकारको वार्षिक योजनामा रहेको चितवनमा उच्च मुल्यको पर्यटन विकाशको सम्भाव्यता...
05/06/2026

मिति २०८३, जेष्ठ २१ गतेका दिन बागमती प्रदेश सरकारको वार्षिक योजनामा रहेको चितवनमा उच्च मुल्यको पर्यटन विकाशको सम्भाव्यता तथा त्यसको विकाशको लागि रहेको विविध चुनौतीहरुको विषयमा क्षेत्रीय होटल संघ नेपाल चितवनको तर्फ बाट सल्लाह सुझावका साथै यहाँको चुनौती तथा सम्भावनाहरुको बारेमा स्पष्ट योजना सहित आफ्नो धारणा प्रस्तुत गरेका छौ साथै अन्य संघ संस्थाहरुको पनि राय सुझाव सहित छलफल गरि कार्यक्रम सम्पन्न गरियो ౹

बछौली प्रहरी चौकीको नेतृत्वमा सफारी चालक, नेचर गाइड तथा पर्यटन व्यवसायीहरुको उल्लेखनीय उपस्थितिका  बिच सवारी जोखिम, लागु...
27/05/2026

बछौली प्रहरी चौकीको नेतृत्वमा सफारी चालक, नेचर गाइड तथा पर्यटन व्यवसायीहरुको उल्लेखनीय उपस्थितिका बिच सवारी जोखिम, लागु औषध दुर्व्यसनी तथा शान्ति सुरक्षाको विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ౹ उक्त कार्यक्रम आयोजनाको लागि ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी, बछौली लाई विशेष आभार प्रकट गर्दछौ ౹

Address

Sauraha, Chitwan
Tandi
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+9779855083063

Alerts

Be the first to know and let us send you an email when Regional Hotel Association Nepal Chitwan-RHAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Regional Hotel Association Nepal Chitwan-RHAN:

Shortcuts

Share

Nearby non profit organizations


Other Non-Governmental Organizations (NGOs) in Tandi

Show All