Nepal Red Cross Society Nuwakot District Chapter

Nepal Red Cross Society Nuwakot District Chapter Humanitarian Organization
(1)

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा द्वारा संचालित नेरेसो रक्त संचार सेवा केन्द्र  नुवाकोट  को दिगो संचालन तथा ब्य...
11/11/2023

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा द्वारा संचालित नेरेसो रक्त संचार सेवा केन्द्र नुवाकोट को दिगो संचालन तथा ब्यबस्थापन सहित निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ रु.एक करोड कोषको स्थापनार्थ सहयोग संकलन अभियान अन्तरगत बट्टार-नुवाकोट उपशाखाको आयोजनामा बि न पा २ र ४मा (बट्टार बजारमा) देउसीभैलो कार्यक्रम-२०८० सम्पन्न भएको छ । जसमा नगद रु.६१,९२०। (अक्षरेपी एकसट्ठी हजार नौ सय बीस रुपैया मात्र) संकलन भएको छ । यस अभियान अन्य उपशाखाहरु , विभिन्न बिद्यालयको जुयुरेस सर्कलद्वारा समेत संचालन गरिने योजना रहेको छ । स्वेच्छाले सहयोग गर्नेहरुको सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक नमन 🙏।
आयोजक बट्टार-नुवाकोट उपशाखा र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछौ ।

ने.रे.सो. नुवाकोट जिल्ला शाखा परिवार ।

"बिरामी वा घाइतेको बचाउन ज्यान
निशुल्क रगत हाम्रो अभियान"

मिति:२०८०.०७.२५
जय रेडक्रस🙏

आज मिति २०८० मंसिर २४ गते "जोखिम बुझौं सजगता अपनाऔ" भन्ने मुल नाराकासाथ विश्व मधुमेह दिवसको अवसरमा प्रभातफेरी गरिनुका सा...
10/11/2023

आज मिति २०८० मंसिर २४ गते "जोखिम बुझौं सजगता अपनाऔ" भन्ने मुल नाराकासाथ विश्व मधुमेह दिवसको अवसरमा प्रभातफेरी गरिनुका साथै अन्तरकृया कार्यक्रम गरी सम्पन्न भएको छ । बिदुर नगरपालिकाको देवीघाट बजारमा प्रभातफेरी गरी देवीघाट जेष्ठ नागरीक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा भएको उक्त कार्यक्रम नेरेसो जालपादेबी उपशाखाको आतिथ्यतामा उपशाखाको सभापती मदन लाल चित्रकार को सभापतित्व र नेरेसो जिल्ला शाखाको सभापती हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेरेसो जिल्ला शाखाको उप सभापती सुशिला चित्रकार , मन्त्री उदब शर्मा , मधुमेह सङ्ग को सचिब कृस्न हरि गजुरेल , नागरिक समाज को सभापती बद्री त्रिपाठी लगायतको वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम को शुरुवात नागरिक समाज, मधुमेह संघ नुवाकोट, जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठान , सस्कृत विधालय देवीघाट, रेडक्रसकर्मी लगायत सबैको उपस्थितिमा प्रभातफेरी सहित भएको थियो । मधुमेहको बरेमा जिल्ला सामुदायिक आखा केन्द्र नुवाकोटका इन्चार्ज तारा बहादुर वाईवाले प्रकाश पार्दै नियमीत आखा जाच गर्ने र महुमेहको बारेमा आफ्नो स्वास्थ्य सन्दर्भमा चनाखो रखनु पर्ने बताउनु भयो। अहिले जिल्लाको बिभिन्न स्थानमा आखा जाँच शिविर संचालन भैरहेको र यहि मंसिर ४/५/६ गते नुवाकोट रेडक्रस को भवनमा निशुल्क मोतियाबिन्दुको शल्यक्रीया शिविर समेत रहेको छ ।
Hari Shrestha
Uddhav Sharma Rijal
Samundra Babu Adhikari

जय रेडक्रस 🙏।

हार्दिक अपिल ।
06/11/2023

हार्दिक अपिल ।

आँखा जांच तथा रक्तदान शिविरस्वास्थ्यको लाभ संगै पुण्यको काम एकै ठाउँमा  #रक्तदानजीवनदान Uddhav Sharma Rijal Hari Shresth...
03/11/2023

आँखा जांच तथा रक्तदान शिविर
स्वास्थ्यको लाभ संगै पुण्यको काम एकै ठाउँमा
#रक्तदानजीवनदान
Uddhav Sharma Rijal
Hari Shrestha
नेरेसो रक्त संचार सेवा केन्द्र नुवाकोट

29/10/2023

काठमाडौं । चाडबाडका बेला लामो समयसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द हुन्छन् । अस्पताल बन्द भएको बेला तुरुन्.....

हार्दिक शुभकामना 🙏Uddhav Sharma Rijal Hari Shrestha
17/10/2023

हार्दिक शुभकामना 🙏

Uddhav Sharma Rijal
Hari Shrestha

https://www.dabalikhabar.com/2023/10/23411/
11/10/2023

https://www.dabalikhabar.com/2023/10/23411/

विदुर – नुवाकोटमा एक हजार ३१६ जना आँखाका बिरामीको परीक्षण गरी मोतीविन्दुको शल्यक्रिया गरेको छ । जिल्ला सामुदायि....

09/10/2023

काठमाडौ महानगर बासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुने ।

काठमाडौ महानगरपालिकाले स्वास्थ्य सेवामा सबैको समान पहँच पुरयाउने कार्यमा निरन्तर सुधारात्मक कार्यहरु गदै आइरहेको कुरा आम नागरिकमा राख्न चहान्छौ । नागरिकले तिरेको करको उच्चत्तम उपयोग गर्दैै सेवा प्रवाहलााई नागरिक मैत्री बनाउन हामी प्रतिवद्ध रहेका छौँ । महानगरबासीलाई स्वस्थ राख्न र रोग लागेकालाई उपचारमा सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ मिति २०८०/०६/२२ मा हामीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्त सञ्चार सेवा सबै काठमाडौ महानगरवासिले जुनसुकै अस्पतालमा उपचारत गराउदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने प्रबन्ध मिलाएका छौ । यसबाट काठमाडौवासी सबै लाभान्वीत हुने आशा हामीले गरेको छौ। काठमाडौ महानगरवासी भएको प्रमाण खुल्ने ; नागरिकता वा वसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी,केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध गराउने छ। राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ । रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट रु २०० सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइनेछ । रक्तदान कार्यक्रमलाई थप प्रभावकारी र रत्तदाता मैत्री बनाइएको छ । नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट रु १३०० उपलब्ध गराउने छ ।
अति विपन्न नेपाल भरिका जुनसुकै नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने र सो समेतको खर्च काठमाडौ महानगरपालिकाले व्यहोर्ने गरी प्रवन्ध मिलाइएकोले यसबाट अधिकत्तम लाभ लिन सम्पुर्ण महानगरबासी र सरोकारवाला सबैलाई हार्दिक अपिल गर्दछौँ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको ४६ औं स्थापना दिवसको अवसरमा नेरेसो नुवाकोट  जिल्ला शाखामा अन्तरकृया कार्यक्र...
05/10/2023

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको ४६ औं स्थापना दिवसको अवसरमा नेरेसो नुवाकोट जिल्ला शाखामा अन्तरकृया कार्यक्रम सम्प्नन भएको छ । नुवाकोट जिल्ला शाखाबाट संचालित रक्त सन्चार सेवा केन्द्रको दिगो संचालनार्थ रु. एक करोड कोष स्थापनार्थ सहयोग संकलन अभियान बिषयक अन्तरकृया कार्यक्रममा नेरेसो नुवाकोट जिल्ला कार्यसमिती, उपशाखाका सभापतिहरु तथा प्रतिनिधिहरु, नेरेसो बागमती प्रदेस महासचिव रामजी पौडेलज्यु एवं केन्द्रिय सदस्य बिष्णु राज नेपाल सल्लाकार समिती को संयोजक तथा पुर्ब सभापती राम प्रसाद जोशीज्यु , म्यागङ गाउँपालिकाका उपाध्यक्ष तथा सल्लाकार समिती को सदस्य सीता तमाङज्यु , नागरिक समाजको अध्यक्ष बद्री त्रिपाठीज्यु लगायतको बिशेष उपस्थिती रहेको थियो। रु. एक करोडको कोष स्थपनाको लागी उपस्थित सम्पुर्णले आ-आफ्नो तहबाट ब्यक्ती एवं सस्थागत सहयोग र समन्वयको प्रतिबद्धता व्यक्त गर्न्नुभएको छ ।
मिति:२०८०.०६.१८
नेरेसो नुवाकोट जिल्ला शाखा
जयरेडक्रस ।❤️❤️

चतुरमाला युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हल्देबागेश्वरी उपशाखा र सुर्यगढी गाउँपालिकाको सयुक्त सह-आयोजनामा स...
30/09/2023

चतुरमाला युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हल्देबागेश्वरी उपशाखा र सुर्यगढी गाउँपालिकाको सयुक्त सह-आयोजनामा सुर्यगढी-३ चोकदे स्थित श्री बागेश्वरी मा.बि.मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३३ जना स्वयंसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रगतदान गर्नु भएको छ । आयोजक तथा सम्पुर्ण रक्तदाताहरुमा हार्दिक नमन 🙏
#रक्तदानजीवनदान
Ramesh Giri
Uddhav Sharma Rijal
Samundra Babu Adhikari

मिति:२०८०.०६.१३

#जयरेडक्रस

29/09/2023

२०८० असोज १३ गते
श्री बागेश्वरी मा.बि.
सुर्यगढी गाउँपालिका,चोकदेमा ।
Ramesh Giri
Hari Shrestha
Uddhav Sharma Rijal

27/09/2023
18/09/2023
"बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने नाराको साथ ५९ औ बालदिवसको अवसरमा आयोजित बालमैत्री समाज निर्माणमा जुन...
15/09/2023

"बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने नाराको साथ ५९ औ बालदिवसको अवसरमा आयोजित बालमैत्री समाज निर्माणमा जुनियर/युवाको भुमिका शीर्षकको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता बिन्दुकेशर मा बि म्यागङ ५ टक्सारमा सम्पन्न भयो | प्रतियोगितामा सहभागी बिध्यालय मध्ये सस्कृत माबि देविघाट प्रथम,बिन्दुकेशर माबि सामरी दित्तिय, गणेश माबि हल्देकालिका तृत्तिय्,महादेव माबि रातमाटे तथा बागेश्वरी माबि चोकदेले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ सबै बिध्यालयहरुलाई हार्दिक बधाई तथा अन्य सहभागी बिध्यालयहरुलाइ धन्यवाद,सो कार्यक्रममा सह आयोजक म्यागङ गाउपालिका,जुनियर रेडक्रस सर्कल बिन्दुकेशर माबि, देउराली उपशाखा धन्यवादको पात्र हुनुहुन्छ | कार्यक्रम सफल पार्न उपस्थित प्रमुख अथिति म्यागङ अध्यक्ष श्री आशा तामाङ बिशिष्ट अतिथि म्यागङ उपाध्यक्ष श्री सिता तामाङ,बिशेष अथिति रेडक्रस नुवाकोट सभापती लगायत पदाधिकारी एवं सदस्यहरु अतिथिज्यूहरु,शिक्षकनायकहरु, निर्णायक मण्डल,बिद्यार्थीहरु, बिन्दुकेशर माबि परिवार, सम्पुर्ण आयोजक कार्यक्रममा सहयोग गर्नुहुने स्वयंसेवकहरु जुनियर उपसमितिका सदस्यहरु तथा सम्पुर्ण रेडक्रसकर्मीहरुलाई हार्दिक आभार
🙏
जय रेडक्रस
मिति:२०८० भाद्र २९

11/09/2023
"First Aid in the Digital World""प्रबिधिको युगमा प्राथमिक उपचार" नाराका साथ बिश्व प्राथमिक उपचार दिवस नेरेसो नुवाकोट जिल...
09/09/2023

"First Aid in the Digital World"
"प्रबिधिको युगमा प्राथमिक उपचार" नाराका साथ बिश्व प्राथमिक उपचार दिवस नेरेसो नुवाकोट जिल्ला शाखा द्वारा दुप्चेश्वर उपशाखाको समन्वयनमा दुप्चेश्वर गाउँपालिका स्थित दुप्चेश्वर मन्दिर परिसरमा दर्शनार्थीहरुलाई लक्षित गरि प्राथमिक उपचार सम्बन्धी सीपको प्रदर्शन गरि मनाईएको छ ।
कार्यक्रममा जिल्ला शाखाका उपसभापती,मन्त्री,सदस्य लगायत प्राथमिक उपचारक स्वयंसेवक एवं रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
मिति:२०८०.०५.२३

Uddhav Sharma Rijal
Ramesh Giri
Kumar Pathak

ेडक्रस🙏

रक्तदानको लागि सन्देश।
08/09/2023

रक्तदानको लागि सन्देश।


07/09/2023
नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसरमा नेरेसो  नुवाकोट जिल्ला शाखाले एक कार्यक्रम गरि दिवस मनाएको छ । नेरेसो...
05/09/2023

नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसरमा नेरेसो नुवाकोट जिल्ला शाखाले एक कार्यक्रम गरि दिवस मनाएको छ । नेरेसो नुवाकोट जिल्ला शाखाबाट संचालित रक्त संचार सेवा केन्द्रको दिगो संचालन तथा ब्यबस्थापन सहित निशुल्क रगत उपलब्ध गराउनका लागि रु. एक करोडको कोष स्थापनार्थ सहयोग संकलन अभियान शुभारम्भ कार्यक्रमको आज औपचारीक रुपमा ब्यानर पढेर र पानसमा दिप प्रज्वलन गरी गरीएको छ । प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेडक्रस दिवसको अवसरमा शुभकामना आदानप्रदान का साथै रु. एक करोडको संकलनका लागि तयार पारीएको योजना बारेमा प्रस्तुति गरिएको थियो। दिवसको अवसरमा जिल्ला त्रीशुली अस्पतालको लागि अक्सिजन कन्सन्टेटर लगायतको स्वास्थ सामाग्री समेत हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम मुलत: रक्त संचार सेवा केन्द्रको दिगो संचालन र ब्यबस्थापनमा केन्द्रित भएको थियो । जिल्ला शाखाका सभापति श्री हरि श्रेष्ठ ज्युको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा जिल्ला शाखाले संचालन गरिरहेको गतिबिधीको बारेमा कार्यालय प्रमुख समुन्द्र अधिकारीले प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक,पुर्व सभापति, म्यागङ गाउँपालिका उपाध्यक्ष,उध्योग बाणिज्य संघका बर्तमान एवं पुर्ब अध्यक्ष,जिल्ला अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष,जिल्ला कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु, उपशाखा सभापतिहरु, कर्मचारीहरु, जुरेस शिक्षक नायक तथा रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रेडक्रस अभियान तथा रक्तसंचारको लागि शुभारम्भ गरिएको रु. एक करोड संकलनको लागि प्रमुख जिल्ला अधिकारी लगायत बत्ताहरुले सकारात्मक उर्जा र शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम स्थलमा नेरेसो नुवाकोट जिल्ला शाखाबाट प्रकाशित विभिन्न पुस्तिका, सन्दर्भ सामाग्रीहरु साथै रक्तदानको लागि सन्देश एवं आवस्यक सामग्रीहरुको प्रदर्शन गरीएको थियो । जिल्ला शाखाका मन्त्री श्री उद्दव शर्मा रिजालले संचालन गर्नु भएको कार्यक्रममा उपसभापति शुशिला चित्रकार, कोषाध्यक्ष नवराज सुवेदी,सदस्य बिनोद पाठक,नागरिक समाज अध्यक्ष बद्री त्रिपाठी,उद्योग बाणिज्य संघका बर्तमान र पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं शरण उत्सुक सापकोटा, म्यागङ गाउँपलिका उपाध्यक्ष सीता तामाङ, Blood On Request In Nuwakot का संयोजक एवं सामाजिक अभियान्ता मछिन्द्र नरसिङ प्याकुरेल, पुर्व सभापति राम प्रसाद जोशी लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो ।


#मनैदेखिसेवा
ेडक्रस

मिति:२०८०.०५.१९
जय रेडक्रस ।
Hari Shrestha
Uddhav Sharma Rijal
Ramesh Giri

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री किरण थापा ज्यु जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरूवा भई जा...
17/08/2023

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री किरण थापा ज्यु जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरूवा भई जान लाग्नुभएकोमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको तर्फबाट विदाई तथा फेरी भेटौला कार्यक्रम गरी मायाको चिनो हस्तान्तरण साथै खादा लगाई विदाई गरियो । प्रमुख जिल्ला अधिकारी ज्यूको आगामी कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

मिति:२०८०.०४.३२
Hari Shrestha
Uddhav Sharma Rijal

देशब्यापी रुपमा डेंगु रोगको संक्रमण बढेको कारण रगत तथा रक्ततत्वको अभाव भएको अवस्थामा जालपा देवी उपशाखा एवं  लामी बगैँचा ...
13/08/2023

देशब्यापी रुपमा डेंगु रोगको संक्रमण बढेको कारण रगत तथा रक्ततत्वको अभाव भएको अवस्थामा जालपा देवी उपशाखा एवं लामी बगैँचा युवा क्लब द्वारा साउन २७ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा साउन २८ गते आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा क्रमश: २७ जना र १३ जना स्वयंसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रगतदान गरी सहयोग गर्नुभएको छ।
आयोजक तथा सम्पुर्ण रक्तदाताहरुमा हार्दिक नमन🙏

"रक्तदान जीवनदान "
मिति:२०८०.०४.२८
ेडक्रस
Uddhav Sharma Rijal
Hari Shrestha
Ramesh Giri
Niranjan Prasad Acharya

सचेत रहौ ।
13/08/2023

सचेत रहौ ।

तिलगंगा आखा प्रतिष्ठान काठमाडौ मार्फत संचालित जिल्ला सामुदायिक आखा केन्द्र नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नु...
31/07/2023

तिलगंगा आखा प्रतिष्ठान काठमाडौ मार्फत संचालित जिल्ला सामुदायिक आखा केन्द्र नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको समन्वयमा नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहका विभिन्न स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि २ दिने "Basic Eye Care Training" नेरेसो नुवाकोट जिल्ला शाखाको हलमा सम्पन्न भएको छ । जसमा २१ जना स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो ।
मिति:२०८०.०४.१५
Nepal Red Cross Society Nuwakot District Chapter
Niranjan Prasad Acharya
Hari Shrestha
Uddhav Sharma Rijal

जय रेडक्रस🙏

25/07/2023
18/07/2023
10/07/2023
 #मोतियाबिन्दु_शल्यकृया_आखा_शिविरस्थान : जिल्ला  सामुदायिक आखा केन्द्र विदुर
04/07/2023

#मोतियाबिन्दु_शल्यकृया_आखा_शिविर
स्थान : जिल्ला सामुदायिक आखा केन्द्र विदुर

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा  केन्द्र नुवाकोटको प्राब...
20/06/2023

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र नुवाकोटको प्राबिधिक सहयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति नुवाकोट द्वारा आयोजित रक्तदान कार्यक्रममा ४१ जना स्वयंसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रगत दान गरी सहयोग गर्नु भएको छ।
आयोजक तथा सम्पुर्ण रक्तदाताहरुमा हार्दिक नमन🙏

रक्तदान जीवनदान ❤️
मिति:२०८०.०३.०५
#रक्तदानजीवनदान

जनजागृत युवा क्लब तुप्चे तथा नेरेसो तुप्चे उपशाखाको  आयोजनामा तुप्चेमाआयोजित रक्तदान कार्यक्रममा १३ जना स्वयंसेवी रक्तदा...
17/06/2023

जनजागृत युवा क्लब तुप्चे तथा नेरेसो तुप्चे उपशाखाको आयोजनामा तुप्चेमाआयोजित रक्तदान कार्यक्रममा १३ जना स्वयंसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गर्नुभएको छ ।
आयोजक तथा सम्पुर्ण रक्तदाताहरुमा हार्दिक नमन🙏
मिति:२०८०.०३.०२

#रक्तदानजीवनदान

बेलकोटगढी नगरपालिका वडा नं १ मा रहेको श्री बेलकोट भञ्ज्याङ मा.वी. मा रेडक्रस सर्कल गठन भएको छ । जसमा सहजीकरण नेरेसो नुवा...
15/06/2023

बेलकोटगढी नगरपालिका वडा नं १ मा रहेको श्री बेलकोट भञ्ज्याङ मा.वी. मा रेडक्रस सर्कल गठन भएको छ । जसमा सहजीकरण नेरेसो नुवाकोट युवा स्वयंसेवक सुरज भट्टले गर्नु भएको थियो ।
मिति:२०८०.०२.३२

विश्व रक्तदाता दिवस (१४ जुन) को अवसरमा मानव अधिकार तथा शान्ति समाज नुवाकोट शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त ...
14/06/2023

विश्व रक्तदाता दिवस (१४ जुन) को अवसरमा मानव अधिकार तथा शान्ति समाज नुवाकोट शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा ३४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । आयोजक र सम्पुर्ण रक्तदाताहरुमा हार्दिक नमन 🙏
मिति:२०८०.०२.३१
#रक्तदानजीवनदान

Address

Bidur
Nuwakot

Telephone

+977010560970

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Nuwakot District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Red Cross Society Nuwakot District Chapter:

Share